• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    म्याग्दी खोला जलविद्युतमा नेपाल बैंक मुख्य लगानीकर्ता

  • वीरगंज संजाल
  • २२ कार्तिक २०७९, मंगलवार १३:२६
  • १४२९

    वीरगंज । जलविद्युत् क्षेत्रमा करिब वर्ष दिनपछि आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। ऋण लगानीयोग्य पुँजीका कारण बैंकहरूले नयाँ ऋण लगानी गर्न सकिरहेका छैनन्। बैंकिङ क्षेत्रमा भएको तरलताका बाबजुद म्याग्दी खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको हो। आयोजना प्रवर्द्धक कम्पनी हाइड्रो भिलेजले सोमबार काठमाडौंमा एक कार्यक्रम गरेर ५७.३ मेगावाटको म्याग्दी खोलाको वित्तीय व्यवस्थापनमा सम्झौता गरेको हो। सरकारी बैंक नेपाल बैंक लिमिटेडको मुख्य वित्त लगानी, मेघा बैंकको सहवित्तीय लगानी तथा कृषि विकास बैंक, कर्मचारी सञ्चयकोष र नेपाल एसबीआई बैंकको सहवित्तीयकरणमा आयोजना ऋण लगानी हुने भएको छ। उक्त सम्झौतापत्रमा हाइड्रो भिलेजका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीबीच हस्ताक्षर भयो। ११ अर्ब १५ करोडको उक्त आयोजनामा ७५ प्रतिशतको ऋण लगानी उक्त बैंकहरूबाट भएको छ। उक्त आयोजना प्रवर्द्धनका लागि हाइड्रो भिलेजसँग हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीयल), सिम्रिक भेन्चर, ऊर्जा डेभलपर्स, आक्वा भेन्चर र विजबेलको सहकार्य रहेको छ।

    कार्यक्रममा एचआईडीसीयलका प्रमुख कार्यकारी अर्जुनकुमार गौतमले यो आयोजना सार्वजनिक निजी साझेदारी (पीपीपी) को नमुना भएको बताए। आयोजना निर्माणमा एक दिन ढिला हुँदा करिब ९० लाख घाटा हुने भन्दै गौतमले तोकिएको अवधिभित्रै सम्पन्न गर्ने गरी अघि बढ्न सुझाव दिए। हाइड्रो भिलेजका अध्यक्ष क्याप्टेन रामे˘वर थापाले आयोजनालाई यो अवस्थासम्म पुर्‍याउन भूमिका खेल्ने सबै निकायलाई धन्यवाद दिए। उनले सरकारी नीतिका केही झन्झटिला प्रावधानहरूको सुधार हुनुपर्ने जिकिर गरे। आयोजना निर्धारित समय २०८२ फागुन मसान्तसम्म सक्ने प्रतिबद्धता दोहोर्‍याउँदै अध्यक्ष थापाले यस क्षेत्रमा सहकार्य गर्दै नयाँ आयोजना अघि बढाउने र कुल गार्हस्थ्य उत्पादन बढाउने गरी काम गर्ने बताए। यस्तै ऊर्जा डेभलपर्सका अध्यक्ष विजयबहादुर राजभण्डारीले हाइड्रो भिलेजसँग सेयर लगानीकर्तासँगै आयोजना कार्यान्वयनको भूमिका जिम्मेवारी पाएकोले थप जिम्मेवारीको बोध भएको बताए। आयोजनाको मुख्य वित्त लगानीकर्ता नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतले आयोजना प्रवर्द्धकहरूको विश्वासिलो पृष्ठभूमिका कारण बैंकले यो जिम्मेवारी लिएको बताए। योसँगै अन्य जलविद्युत् आयोजनामा नेतृत्वदायी लगानी गरेको पनि उनले बताए। सन् २०१९ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गरेको यो आयोजना म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिकाको जेल्टिङ बगरमा छ।

    नदी प्रवाहमा आधारित (आरओआर) निर्माणाधीन आयोजनाको पावरहाउसबाट १७ किलोमिटर टाढा डाँडाखेतमा यसको सबस्टेसन रहेको छ। १३२ केभीको डबल सर्किटबाट विद्युत् उक्त सबस्टेसनसम्म पुर्‍याइने आयोजनाका प्रबन्ध निर्देशक सुशील पोखरेलले जानकारी दिए। भारतीय कम्पनी एलएनटीले सबस्टेसन निर्माणको काम गरिरहेको छ। त्यहाँबाट उत्पादित बिजुली राहुघाट हुँदै कालीगण्डकी करिडोरबाट राष्ट्रिय प्रसारणमा जोडिने पोखरेलले बताए।समयमा नै निर्माण सम्पन्न गर्ने भएर नै १८ करोड ७४ लाख प्रतिमेगावाट लागत रहने अनुमान आयोजनाको छ। आयोजनास्थलसम्म पुग्नका लागि २४ किलोमिटर बाटो पनि आयोजनाले नै निर्माण गरिरहेको छ। म्याग्दी जिल्लाको विकट गाउँमा निर्माण गर्न लागेको यस आयोजनाले त्यस गाउँमा शान्ति, सुरक्षा, स्वास्थ्य, सडक सञ्जाल विस्तारमा योगदान गर्ने प्रबन्धक निर्देशक पोखरेलले बताए। यसले त्यस गाउँपालिकाको जीवनस्तर सुधार्न मद्दत गर्ने अपेक्षा लिइएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑