बिरगंज । पर्सा क्षेत्र नम्बर १ का पाच दलिय गठबन्धका साझा उम्मेदवारहरुलाई जिताउन पर्सा क्षेत्र १ का नेता कार्यकर्ताहरुको साथै मतदाताहरुले पनि कम्मर कसेका छन । पाच दलिय बाम लोकतान्त्रिक गठबन्धन बाट पर्सा क्षेत्र १ मा प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार लोसपा का लक्ष्मण लाल कर्ण र प्रदेशसभा सदस्य १ (ख) का काङ्ग्रेस का उम्मेदवार रामनारायण कुर्मी ,नेपाली काङ्ग्रेस का समानुपातिक उम्मेदवार अनिल रुङ्टा लगायत गठबन्धन का नेता महिला युवा कार्यकर्ताहरुको बक्लो सहभागिता मा आज क्षेत्र १ (ख) को बिरगंज महानगर वडा १६ को नगवा पोखरी बाट सुरु भएको सो घरदैलो कार्यक्रममा वडाको विभिन्न टोल टोलमा घर घरमा पुग्दै दुबै उम्मेदवार को पक्षमा मतदान गर्न अपिल गरेका छन ।
घरदैलो कै क्रममा गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार कर्णले आफु सदैव जनताको दुखसुख र विकासमा सकृय रहदै आएकाले जनताले त्यसको अवस्य मुल्यांकन गर्ने बताउदै काङ्ग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनकै कारण संविधान र लोकतन्त्र मासिनबाट जोगिएकाले जनताले यो कुरा पनि बुझिरहेको बताए । बिगतको नेकपा एमाले को ओलि सरकारलाइ नेपाली जनताले पाचै बर्ष को लागि दिएको २/३ बहुमतको सरकार समेत चलाउन नसक्ने , नेपाली जनता को बलिदानि ले ल्याएको लोकतन्त्र , संसद लाई दुई २ पटक आफ्नो स्वेच्छाचारी ढंगले समाप्त पारी आफ्नो कार्यकाल आफ्नै पार्टी को राष्ट्रपति द्वारा लम्ब्याउने गैरसंविधानिक कार्यहरु गरेको अनि मधेस र मधेसीलाइ सधै हेप्दै आएको एमालेसंग मधेसको मसिहा भनाउदा उपेन्द्र यादवले चुनावी स्वार्थका लागि अपबित्र साँठगाँठ गरेकोले जनताले तिनिहरुको चालबाजी बुझिसकेको र आउने मंसिर ४ को चुनावमा करारा जवाब दिने र देश जनताको सेवक नेपाली काङ्ग्रेस को नेतृत्व को पाच दलिय गठबन्धन का उम्मेदवार हरुलाई अत्यधिक बहुमतले जिताएर बिपक्षी दल लाई तिनिहरुको औकात बताइदिने उनले बताएका छन ।
प्रदेशसभा का उम्मेदवार कुर्मिले आफ्नो लागि जनता जनार्दन नै सर्बोपरी भएकोले जहिले पनि पुर्ण इमान्दारिताको साथ उहाहरुको सेवा सहयोग मा आफू लागि परेको छु । साथै बिगतमा जितेको जसपा का मुख्यमन्त्री ले ५ बर्ष मा जनचाहना बमोजिम बिकास नगरी झारो टार्ने कार्यहरु मात्र गरेको त्यस्मा पनि जानबुझेर अधुरो छोडेको र धेरै कार्य केवल र केवल आफना आसेपासे र कार्यकर्ता पाल्न भ्रष्टाचार गरेको सर्विदित नै रहेको र यस्को पीडा नगवावासिले नगवा पोखरी को ४ बर्ष देखि को अधुरो निर्माणले छठ जस्तो पबित्र पर्व पनि मनाउन गार्हो भैरहेको दुख साक्षत भोगी रहेका छन । साथै मधेश बिरोधी एमाले संग सत्ता को लोभमा ठगबन्धन गरेको बताउदै उनिहरुलाइ नगवा एवं क्षेत्रका जनता जनार्दनले करारा जवाब दियेर उनिहरुको नामोनिशान मिटाइदिने बताउनु भयो । वडा १६ का मतदाताहरुले दुबै उम्मेदवारहरुको भलाकुसारी आग्रह प्रती हर्षित भइ समर्थन जनाउदै आउने मंसिर ४ को चुनावमा पक्का जित को आशिर्वाद पनि प्रदान गरेका थिए ।