वीरगंज। वीरगंजको कृषि औजार कारखाना सञ्चालका लागि सरसफाई शुरु गरिएको छ । कारखाना सञ्चालनको लागि नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएपछि केन्द्रका अध्यक्ष महाविर पुनले सबै पक्षलाई सहयोग गर्न अपिल गरेका थिए। सोही अनुसार वीरगंजको परिवर्तन नेपाल फाउण्डेशनका युवाहरुले कृषि औजार कारखानमा सरसफाई शुरु गरेका छन ।
फाउण्डेशनका युवाहरुले आज कृषि औजार कारखानामा रहेका सामानहरु व्यवस्थित स्थानमा राख्ने र कारखाना भित्र उम्रिएका झारपातहरु उखेलेर सफा गरेका छन् । वर्षो देखि बन्द रहेको वीरगंजको कृषि औजार कारखानाको सरसफाई साथै आ-आफनो क्षेत्र बाट सके श्रमदान गर्नको लागि परिवर्तन नेपाल फाउण्डेशनका युवाहरुले वीरगंजबासि लाइ आहवान गरेका छन। कुनै पनि ठाउँको बिकास त्यहाका युवा शक्तिको हांतमा हुन्छ र यो युवा शक्ति जागरुक भइ आफनो ठाउँको बिकाशमा हतो मालो गरि अगाडी बढ्नुपर्छ भने डा.महाविर पुनले बताएका छन। परिवर्तन नेपाल फाउण्डेशनका युवाहरुले सरसफाई गरेको फोटो राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनले सामाजिक सञ्जाल फेसबुमा पनि राखेका छन् ।