वीरगन्ज । छठ पर्वको मुख्य दिन आज व्रतालुहरुले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएको छ । आज व्रतालुहरु नजिक पर्ने नदी, तलाउ, पोखरी, जलासयमा गइ साँझ अस्ताउँदो सूर्यलाई नियमनिष्ठापूर्वक पूजा आराधना गरी अर्घ दिइएको छ।
मान्निय लक्ष्मन लाल कर्णले आज विभिन्न छठ घाटमा भेटघाट तथा पुजा सम्पन्न गरेका छ्न।
भेटघाट तथा पुजा गर्ने क्रम्मा टेढा, भेडीयाही, लालपर्सा, परसवा आदि छठ घाटमा भेटघाट गरेका छन । भेटघाट गर्ने क्रममा त्यहाँका जनताको सकारात्मक प्रतिक्रिया आएको छ।
जनताले पढेलेखेका, नीतिनिर्माता ,जनताप्रेमि बिकासप्रेमी नेता खोजेको हुन्छन् र यो सब गुणसम्पन्न क्षेत्र नम्बर १ मा कोहि छ भने एकजनामात्र अधिवक्ता लक्ष्मन लाल कर्ण जस्ले बिगतमा पनि धेरैनीतिनिर्मान गरेका छ्न साथै अनुभवी छ्न । मधेसका मधेसीहरुको हितकोलागि कोहि सोचछ भने पहिलो नाम अधिवक्ता लक्ष्मन लाल कर्णको आउँछ भनि त्यहाँका स्थानीय हरुले बताएका छ्न ।
निरन्तर जनताको माझमा रहने लक्ष्मन लाल कर्णले प्रतिबद्धता जनाए । जनताको हित, जनताको बिकास , जनताको हकहितको लागि सधै लगिरहने कर्णले बताए ।