वीरगन्ज । हिन्दु धर्मावलम्बीहरुको महान् पर्व छठपर्वको अवसरमा मध्य तराई मधेशको बारा–पर्सा, रौतहट, मकवानपुर, सर्लाही, धनुषा लगायतको विभिन्न जिल्लाको बजारहरुमा निँकै नैं चहल–पहल बढेको छ ।
बिहान देखि बेलुका सम्मन् बजारमा किनमेल गर्नका निम्ती ब्रतालुहरुको भिड् निँकै नैं बढेको देखिएको छ ।
छठपर्वको तैयारीमा किनमेल गर्नका लागि यस क्षेत्रको बजारहरुमा अवस्थित कपडाको विभिन्न पसलहरुमा कपडा किन्नका निम्ति भिड् बढेको छ । एका तिर छठ ब्रतालु महिलाहरु साडी किनमेल गर्दै छन् , भने अर्का तिर बालबालिका र पुरुषहरु पनि नयाँ कपडको किनमेल गरिरहेका छन् ।
बजारमा बालबालिका, महिला, पुरुष तथा युवक र युवतीहरुको बढ्दै गएको भिड्ले गर्दा सड्क जामको समस्या समेत उत्पन्न भईरहेकोले सो समस्याको सामाधानका लागि हरेक ठाउँमा प्रहरी परिचालन गरिए पनि सड्क जामको समस्या भने हट्न सकेको छैन ।
बाराको कलैया बजार, जीतपुर स्थित गुदरी बजार, सिमरा बजार, निजगढ, परवानीपुर, गंजभवानीपुर, बरियारपुर, सिम्रौनगढ, नितनपुर, बिरगंजको माईस्थान बजार, पोखरिया लगायतको बजारमा छठ पर्वको अवसरमा भिड्–भाड् लागेको छ ।
विभिन्न स्थानहरुको बजारकाे सड्कको चौंडाइँ कम हुँदा पनि छठसँग सम्बन्धित आवश्यक सामग्रीहरुलाई सड्क छेउ किनारमा राखेर बिक्री गर्दा जामको समस्या समेत उत्पन्न भईरहेको पाईएको छ । तर , पनि जामको समस्यालाई सामाधान गर्नको निम्ति प्रहरी–प्रशासनहरु जुटेको भए पनि जामको समस्या भने हल हुँन सकेको छैन् ।
छठ पर्वसँग सम्बन्धित बाँसबाट बनाईएको दउरा ( टोकरी ), सुपली, नाङ्गलो, माटोबाट बनाईएको भाँडा बर्तन, फलफुल लगायतका विभिन्न सामग्रीको खरिदारी गर्नका निम्ति छठव्रतालुहरु बजारमा आउँने गरेका छन् ।
छठ पर्वको पहिलो दिन शुक्रबार छठ व्रतालु महिलाहरुले बिहानैं नहान खान गरेका थिए । शनिबार अर्थात् आज बेलुकी हुने खरना पूजाको लागी माटोको चूल्हो हिजो सम्ममा बनाएर तैयार गरिएको छ , भने छठपर्वको तैयारीको लागी छठव्रतालुहरुले गहूँ धोएर सुखाउँने काम गरेर पिठो पिधाउँने काम आज बेलुकी सम्मन् गरिसकेका छन।
छठपर्वको अवसरमा लौकाको मूल्यामा भने बृद्धि भएको छ । छठपर्वको पहिलो दिन नुहाई–धुवाई गरी शुरु हुँने पूजाको लागी लौकाको मूल्यमा बुधबार देखि नैं बृद्धि भएको छ । गोलो आकारको लौकाको मूल्य रु.१५० देखि दुई सय रुपैयाँ छ, भने लामो आकारको लौकाको मूल्य रु.१०० देखि १५० रूपैयाँ सम्ममा बिक्री भईरहेको छ ।
छठ पर्वमा बजारमा अहिले लौकाको साथै छठपर्वमा फलफुलको बढ्दै गएको माग सँगसँगै मूल्यमा समेत बृद्धि भएको छ ।
व्यापारीहरुका अनुसार स्याउ प्रतिकिलो रु.१२० देखि १८० , अनार रु.२ सय ५० देखि ३ सय २५ , सुन्तला रु.१०० देखि १२० , केरा रु.८० देखि १२० रुपियाँ दर्जनको दरले र सिंङ्गडा सय ५० रुपैयाँका दरले बिक्री बितरण भईरहेका छन् ।
शहरको विभिन्न बजारमा फलफुल पसलहरुमा काश्मीर , नासिक सहिँत बिदेशको विभिन्न स्थानहरुबाट भारी मात्रामा फलफुलहरु निर्यात गरिएका छन् ।
यसैबिच छठ पर्व गर्नाका लागि तराईको विभिन्न स्थानमा छठ घाटको निर्माण कार्य पनि तीब्र गतीमा गरिँदै छ । पूजाका लागि बाराको जीतपुर स्थित रातोपुल, खालकाटोला, बकुलिया, सदरमुकाम कलैया स्थित रामजानकी मठ, सिद्धेश्वर मंदिर परिसर, बरेवाको छठ घाट, बरियारपुर, सिम्रौनगढ, गंजभवानीपुर, सिमरा, बजनी, निजगढ, बिरगंजको घरियर्वा पोखरी, रानीघाट, केहुनियाको तिलावे नदी, पोखरिया लगायतको विभिन्न छठ घाटमा थरी थरीको पण्डाल, झालर बत्तीले दुलही झैं सिंङ्गारिने काम भईरहेको छ ।
छठ ब्रतालुले आज दिउँसो भरी उपवास बसी रातमा रसियाव रोटी बनाईए खरना गर्ने छन् । भने आइतबार अस्ताउँदै गरेको सूर्य भगवानलाई अर्घ दिने छन् र सोमबार बिहान उदाउँदै गरेको सूर्य भगवानलाई अर्घ दिएर छठ पर्व समापन हुँने छ ।
सन्तान तथा चम्र रोग निको हुँने धार्मिक मान्यता रहे अनुसार प्रत्योक वर्ष यसरी नैं यस क्षेत्रका ब्रतालुहरुले धुमधामका साथ छठ पर्व मनाउने गरेका छन् ।