• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेसमा एमालेभित्र भाँडभैलो, कारक बन्यो जसपा

  • वीरगंज संजाल
  • ११ कार्तिक २०७९, शुक्रबार १५:२७
  • १७२१

    वीरगंज । निर्वाचनको पूर्वसन्ध्यामा एमालेको मधेस प्रदेशमा भाँडभलो शुरु भएको छ । मधेस प्रदेश र पहाडका केही जिल्लाहरुमा उपेन्द्र यादवको जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्य गरेकै कारण भाँडभैलो शुरु भएको हो । उम्मेदवारी दर्तादेखिनै मधेश र प्रदेश १ का धेरै जिल्लाहरुमा एमालेको मत जसपामा ट्रान्सफर हुने कम संभावना रहेको छ । एमाले एक्लैले जित्ने क्षेत्र पनि जसपालाई दिएको भन्दै एमालेभित्र असन्तुष्टि बढेको थियो । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू जित्नका लागि जसपासँग अनावश्यक गठबन्धन गरेपछि सबै मत जसपालाई दिन नसकिने सन्देश एमाले केन्द्रमा पठाइसकेका छन् । भुगोल र जिल्लाको राय, सल्लाहबिना क्षेत्र बाँडफाँड भएकाले पुनर्विचार गरिनुपर्ने पार्टी नेताहरुको मागलाई एमाले अध्यक्ष ओलीले वेवास्ता गरेकाले पनि पछिल्लो पटक जसपा पनि अप्ठेरोमा परेको छ ।

    एमालेले प्रदेश १ मा प्रतिनिधि सभातर्फ २ सिट जनता समाजवादी पार्टी र १ सिट राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिँदै २५ सिट आफूलाई राखेको थियो । त्यसमा सुनसरीको धरानमा अशोक राईलाई ल्याएपछि एमालेभित्रको मतलाई ट्रान्सफर गर्न असजिलो भएको धरानका एक नेताले बताए । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहसहितका जिल्लास्तरका केही नेता मधेस प्रदेशमा प्रतिनिधिसभा तथा प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएर अलग भएपछि जसपा र एमाले दुवैलाई अप्ठेरो परेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि साह समूहले २५ स्थानमा स्वतन्त्र उम्मेदवारी दिएको छ । जनता समाजवादी पार्टी (जसपा) सँग मधेसमा चुनावी तालमेल गर्न नहुने पक्षमा रहेका साहले आफ्नै पार्टीको टिकट अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् । स्वतन्त्र उम्मेदवारी दिनुअघि साहले माओवादीसँग छलफल गरेर उम्मेदवारी दिएको स्रोतको दाबी छ । ‘हाम्रो विचार मिल्छ, सँगै जाऔं भनेर कुरा भएको हो, मिलेर चुनाव लड्नेबारे टुंगो लागेन, एमालेबाट विद्रोह गर्नुभएको छ , उम्मेदवारी दिनुभएको छ अब थप कुराकानी होला ’, माओवादीका एक नेताले भने । माओवादीका मधेसका नेताहरूले साह समूहले स्वतन्त्र उम्मेदवारी दिने कुरा मनोनयन गर्ने अघिल्लो दिनै जानकारी पाएका दिएपनि त्यो बाहिर सार्वजनिक भएको थिएन । रौतहट–३ मा स्वतन्त्र उम्मेदवारी दिँदै साहले जसपासँग गठबन्धन गरेर एमाले अपवित्र भएको दाबी गरेका थिए । २०६४ सालदेखि उनले आफ्नो गृहनगर मौलापुरसमेत पर्ने त्यस क्षेत्रबाट चुनाव जित्दै आएका छन् । प्रतिनिधि सभाअन्तर्गत मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये ८ वटामा विद्रोह भएको छ भने प्रदेशसभातर्फ १७ जनाले स्वतन्त्र उम्मेदवारी दिएपछि जसपाले एकलौटी जित्ने अवस्था निकै कमजोर भएको छ । साहले पार्टीको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिँदा रौतहट–३ मा एमालेको उम्मेदवारी रिक्त भएको थियो । एमालेले अर्को व्यक्तिलाई उम्मेदवार बनाउने कोसिस गरेको थियो तर आइतबार निर्वाचन कार्यालय पुग्दा ढिला भइसकेको थियो । सर्लाही १ (१) मा उम्मेदवारी दिएका चन्द्रभूषण साहले प्रतिनिधिसभामा ८ वटा क्षेत्र र प्रदेशसभामा १७ क्षेत्रमा उम्मेदवारी परेको थियो । प्रभु साहले बनाएको आईटी आर्मीका प्रमुख साहले एक्लै चुनाव लडौंभन्दा एमालेले नमानेपछि आफूहरूले स्वतन्त्र उम्मेदवारी दिएको दाबी गरेको थिए ।

    प्रतिनिधि सभातर्फ रौतहट–३ बाट प्रभु साह, रौतहट–२ मा किरण साह, रौतहट–४ मा प्रदीप साह, महोत्तरी–३ मा रामआधार कापड, सर्लाही–१ मा मानवबहादुर खड्का, धनुषा–१ मा किशोरी साह कमल, धनुषा–४ मा कृष्णकुमार महतो र पर्सा–१ मा सन्तोष श्रेष्ठले उम्मेदवारी दिएका छन् । त्यसैगरी सर्लाही–३ (१) बाट रेणुका पौडेल, बारा–४ (२) बाट उमेश कुशवाहा, रौतहट–३ ९१० बाट केशव राय चौधरी, रौतहट–३ (२) बाट कुन्दन कुशवाहा, रौतहट–१ (२) बाट राजेश चौधरी, रौतहट–१ (२) बाट मनोज यादव, महोत्तरी–३ (१) बाट मुजिम राय, महोत्तरी–३ (२) बाट सुनील रोहित, सिरहा–३ (२) बाट गोपालप्रसाद यादव, सिरहा–२ (२) बाट योगेश सिंह, महोत्तरी–१ (२) बाट प्रमोद महतो, बारा–१ (१) बाट देवराज घिमिरे, बारा–१ (२) बाट जयन्त कुशवाहा, पर्सा–१ (२) बाट कदम रसुल, पर्सा–४ (२) बाट प्रह्लाद गुप्ता र पर्सा–२ (१) बाट विनोद लामाले उम्मेदवारी दिएका छन् । नेकपा विभाजनपछि माओवादीमा नफर्की एमालेमा बसेका साह पछिल्लो समय केन्द्रको निर्णयप्रति असन्तुष्ट देखिन्थे । मधेस प्रदेशबाट उनले अन्य दलका स्थानीय नेता–कार्यकर्तालाई ठूलो संख्यामा एमालेमा प्रवेश पनि गराएका थिए । साह निकट स्रोतका अनुसार आफूले एमाले प्रवेश गराएकालाई टिकट दिलाउन नसकेपछि उनले स्वतन्त्रमै भए पनि उम्मेदवारी दर्ता गराउदै एमालेकै नेताहरुलाई चुनौती दिएका थिए । मधेसको अस्थिर, साम्प्रदायिक शक्तिसँग गठबन्धन बनाइसकेपछि एमाले अपवित्र भएकोमा भन्दै उनीहरुले विद्रोह गर्दा एमाले र जसपा दुवैका लागि प्रतित्युपादक भएको छ ।साहकै पहलमा एमाले अध्यक्ष ओलीको हातबाट टीका लगाई एमाले प्रवेश गरेका कांग्रेसका जिल्ला सचिव राजेश चौधरी र स्थानीय तह निर्वाचनमा गुजरा नगरपालिकामा एकीकृत समाजवादीका प्रत्याशी केशव चौधरीले टिकट नपाएपछि प्रभु साह रुष्ट बनेकाले पनि उनी स्वतन्त्र हुन पुगेका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑