• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    देउवासँग दिल मिलाएर ओलीतिर बोलचाल बन्द गरेका प्रचण्डबाट कांग्रेस कति ढुक्क ?

  • वीरगंज संजाल
  • ११ कार्तिक २०७९, शुक्रबार १४:४९
  • १४८९

    वीरगंज । आगामी मंसिर ४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको मुख्य सहयात्री बनेर गइरहेको सत्ता गठबन्धको मुल घटक नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अहिलेसम्म स्थिर राजनीतिका पर्यायको रुपमा हेरिएको छैन् । उनलाई अझैसम्म अस्थिर नेताको रुपमा नै हेर्ने गरिएको छ । उनको अस्थिरताकै कारण २०६४ को चुनावबाट पहिलो शक्ति बनेको माओवादी २०७० को चुनावपछि तेस्रो शक्तिका रूपमा स्थापित छ । अहिले तेस्रो शक्तिका रुपमा रहेको माओवादी आगामी निर्वाचनपछि पनि तेस्रो शक्तिकै रुपमा आउने निश्चित छ । यसले पनि आगामी निर्वाचनपछि बन्ने सरकारमा पनि माओवादीको मूल भूमिका हुने देखिन्छ । किनकी यो पार्टी हाल जुन दलसँग मिल्छ, त्यो बलियो हुने स्थिति छ भने आगामी दिनमा पनि यसमा परिवर्तन आउने देखिएको छैन् । अीसथर राजनीतिक पात्र मानिएका माओवादी अध्यक्ष प्रचण्डको नेकपा विभाजनपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँगको संम्बन्ध सुमधुर देखिएको छ । त्योभन्दा अगाडी देउवालाई धोका दिएर एमाले अध्यक्षसँग सुमधुर सम्बन्ध बनाएका प्रचण्डको लामो समयदेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बोलचाल छैन् । सत्ता र पार्टी नेतृत्वको विषयमा भएका खटपटले ओली र दाहालबीचको बोलचाल बन्द गराएको छ । संसद बैठक चलेका समयमा एकअर्काबीच घोचपेच भएपनि अन्य प्राय कार्यक्रममासमेत दुबै नेतालार्य एउटै मञ्चमा बोलाउन छाडिएको छ । यद्यपी उनको पार्टीका दोस्रो तहका नेताहरूबीच भने एमालेसँग समस्या देखिँदैन । ‘एमाले र माओवादी पदाधिकारीबीच चुनावीलगायत आगामी राजनीतिक कार्यदिशाबारे यसअघि पनि पटक पटक कुराकानी भइरहेको थिए । आगामी दिनमा पनि एमालेसँग सहमति गरेर जानसकिनेमा उनीहरुले अझैपनि कुरा चलाइरहेकै छन् ।

    एक्काइसौं शताब्दीको जनवादको कार्यदिशामा सहमत भई पार्टी एकता गरेर पछि अलग भएका ओली र दाहाल तत्काल एक ठाउँमा आउने सम्भावना देखिँदैन । तर,राजनीतिक विश्लेषकहरुले भने आसन्न निर्वाचनमा सोचेजस्तो परिणाम नआए माओवादीले कांग्रेसलाई छाडेर एमालेसँग सहकार्य जाने सम्भावना देखेका छन् । एमाले अध्यक्ष ओलीले लिएको नीतिका कारण भनेजस्तो परिणाम आएन भने पार्टीभित्र प्रश्न उठ्ने र फेरी बाम एक हुनसक्ने उनीहरुको ठम्याइ छ । पहिले माओवादीसँग मिल्दा एमाले बलियो थियो र कसैले चलाउन नसक्ने सरकार बनाउने मौका पायो, भलै ओलीका कारण त्यो टिकेन र कांग्रेससँग माओवादी मिल्दा ओलीको सरकार ढल्यो । तत्कालका लागि माओवादीसँग चुनावी गठबन्धन गरेपछि कांग्रेस पहिलेभन्दा बलियो स्थितिमा देखिएको छ । गत वैशाखको स्थानीय चुनावको परिणामले पनि यो कुरालाई पुष्टि गर्छ । गठबन्धनको बलमा माओवादीले पनि स्थानीय तहमा शक्ति बढाएको छ । २०७४ को निर्वाचनबाट पहिलो शक्ति बनेको एमाले पालिका नेतृत्वका हिसाबले दोस्रो हैसियतमा पुगेको छ । उसलाई सत्तारूढ गठबन्धनका कारण आसन्न निर्वाचनमा आफ्नो ‘किल्ला’ जोगाउनसमेत चुनौतीपूर्ण बनेको छ । संसद्को अन्तिम बैठकमा माओवादी अध्यक्ष प्रचण्डले संघ र प्रदेशको निर्वाचनपछि एमाले तेस्रो शक्ति बन्ने बताएका थिए । तर, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उनको भनाइ सही हुने कुनैपनि आधार छैनन् । माओवादीले थप शक्ति आर्जन गर्न सक्ला तर, एमालेलाई पछि पार्न असम्भव छ । पछिल्लो समयको राजनीतिलाई हेर्दा भेडा भेडा एकातिर र बाख्रा बाख्रा अर्कोतिर भन्ने भनाइलााई गलत सावित गरिदिएको छ । अहिले फरक विचार र शिदान्त बोकेका पाँच दल एक ठाउँमा उभिएका छन् । देशको आवश्यकताले माग्यो भने फरक विचारकाबीच पनि गठबन्धन चलाउन सकिने उदाहरण यो गठबन्धनले दिएको छ । यतिबेला ओली र दाहाल एकआपसमा भिड्दा यसको फाइदा कांग्रेस पार्टी त्यसका सभापति शेरबहादुर देउवालाई पुगिरहेको छ ।

    माओवादीले पनि कांग्रेसभन्दा करिब आधा सिट लिएर यसपालि चुनावी मैदानमा जाँदा पनि ०७४ मा भन्दा सुरक्षित महसुस गरिरहेको छ । ओलीको कार्यकालमा मन्त्रीमण्डलमै मन्त्रीहरुले असहज महसुस गरेका थिए भने देउवा नेतृत्वको मन्त्रिपरिषदमा मन्त्रीहरूलाई काम गर्न सहज भएको बताइन्छ । धेरैले ओलीसँगभन्दा देउवासँग काम गर्न सहज हुने पनि बताएका छन् । यसैले पनि यो मन्त्रीमण्डलमा फरक चिारका भएपनि विवाद देखिएको छैन् । पाँच वर्षअघि चुनाव जितेर प्रधानमन्त्री भएलगत्तै ओलीबाट धोका पाएका अध्यक्ष प्रचण्ड देउवाबाट धोका नहुने विश्वासमा कुदिरहेका छन् । तर, उनले देउवामाथि गरेको जति विश्वास प्रचण्डबाट कांग्रेसले गरेको छैन् । कांग्रेसलाई भोली तलमााथि भए प्रचण्ड फेरी ओलीसँग मिल्न सक्ने आशंका कायमै छ । यसको कारण हो राजनीतक सहमति र बचनमा प्रचण्डको अस्थिरता । अहिले देउवा र प्रचण्डबीच विश्वास बलियो हुनुको मुख्य कारण सत्ता साझेदारी पनि हो । सत्ता बाँडफाँटका धेरै विषयमा देउवा र दाहालको स्वार्थ मिल्दै आएका छन् । गत स्थानीय निर्वाचनका बेला तालमेलका लागि स्थानीय तह बाँडफाँटमा देउवा र दाहालबीच राम्रै सहकार्य भएको थियो । पार्टीमा असन्तुष्टि देखिएपनि आगामी आमनिर्वाचनका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको क्षेत्र भागबन्डा पनि उनीहरूले मिलेर नै व्वयवस्थापन गरे । देउवाले सरकार हाँकेको एक वर्षभन्दा बढी हुँदै गर्दा दुई शीर्ष नेताबीच कुनै पनि विषयमा मनमुटाव भएको सार्वजनिक भएको छैन । यसले सत्ता सञ्चालनमा उनीहरूबीच स्वार्थ मिलेको देखिन्छ । आगामी आमनिर्वाचनमा आफ्नो अनुकूल परिणाम आए आलोपालो प्रधानमन्त्री हुने विषयमा विवाद छैन तर पहिले को हुने भन्ने टुंगो लागिसकेको छैन । पहिलो सरकारको नेतृत्व प्रचण्डले अहिले पनि दाबी गरिरहेकै छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑