वीरगंज । मङ्सिर ४ को चुनावमा सुरक्षामा खटिने म्यादी प्रहरीले टिकटक बनाउन नपाउने भएका छन्।
जिल्ला प्रहरी कार्यालय लमजुङले प्रहरीको पोसाक दुरुपयोग हुने भन्दै म्यादी प्रहरीलाई टिकटक बनाउन रोक लगाएको हो। पोसाकको दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो, तस्बिर राख्ने र टिकटक बनाएमा कारबाही गरिने लमजुङ प्रहरीले जनाएको छ।
जिल्लामा एक हजार ९७ म्यादी प्रहरी निर्वाचनका लागि सुरक्षामा खटिने छन्। यसअघि स्थाीनय निर्वाचनको बेला म्यादीको ड्रेस लगाएर एक किशोरले टिकटक बनाएपछि विवादमा तानिएका थिए।