वीरगंज । रोल्पामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको गंगादेव गाउँपालिका ७ आराखोलाका २२ वर्षीय अमर बिकको मंगलबार बेलुका साढे ६ बजे भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी प्रमुख डीएसपी बिनोद घिमिरेले मुचुल्का बनाइ शव उठाउन बुधबार बिहान प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ पठाइएको जानकारी दिए ।