• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा – ३ मा राजकुमार गुप्ता र सुरेन्द्र चौधरीबीच महाभिडन्त, कसले मार्ला बाजी ?

  • वीरगंज संजाल
  • ६ कार्तिक २०७९, आईतवार १९:३४
  • ४२२५

    वीरगंज । प्रतिनिधिसभा अन्तर्गत पर्सा–३ मा नेकपा एमाले र जसपाका साझा उम्मेदवार राजकुमार गुप्ता र सत्ता गठबन्धनका साझा उम्मेदवार सुरेन्द्र चौधरीबीच चुनावी भिडन्त हुने देखिन्छ । एमालेका केन्द्रिय सदस्य एवंम पर्सा जिल्ला सह इन्चार्ज तथा संविधान सभा सदस्य समेत रहेका गुप्ता र कांग्रेसका केन्द्रीय सदस्य एवंम पूर्व मन्त्री रहेका चौधरी बीचको प्रतिस्पर्धालाई निकै चाखका साथ हेरिएको छ ।पर्सा –३ मा दुवैतर्फका उम्मेदवार जिल्लामा लोकप्रिय नेताका रुपमा परिचित छन् । ०७० मा पहिलो पटक पर्सा ३ मा एमालेको झण्डा गाडेका गुप्तालाई यसपटक सत्ता गठबन्धन चुनौतीको खासै बलियो बन्ने देखिँदैन । ०७४ को चुनावको एमाले प्रति भ्रम सृजना गरी जसपाले पर्सा ३ मा चुनाव जित्न सफल भएको थियो भने यस पालि त्यस्तो कुनै अवस्था नरहेको र सम्पूर्ण क्षेत्र बासीहरुले एमाले प्रति लागेकोले यस पालि एमालेले जित्ने पक्का पक्की भएको अवस्था देख्न थालिएको छ ।यस पालि जसपा पनि एमाले सँगै रहेको र पर्सा ३ मा जसपा जितेकोले समीकरणमा उलटफेर भएकोले एमाले नै जितको अवस्थामा रहेको क्षेत्र बासीहरुको अनुमान छ । सत्तारुढ गठबन्धनले यो क्षेत्रको प्रदेशसभा (क) तर्फ माओवादीका छोटेलाल यादव र (ख) मा नेपाली कांग्रेसका पर्सा जिल्ला सभापती जनार्धन सिंह क्षेत्रीलाई उम्मेदवार बनाएको छ । यस्तै एमाले र जसपाको गठबंधनबाट प्रदेशसभा (क) मा एमालेका मंजूर अंसारी र (ख) मा जसपाकी डा. मधु गुप्ता कुर्मीलाई उम्मेदवार बनाएको छ ।

    पर्सा – ३ को तेस्रो र चौथो शक्ति नेपाल सुशासन पार्टी र स्वतंत्र उम्मेदवार पनि एक्लाएक्लै चुनावी मैदानमा छन् । नेपाल सुशासन पार्टीबाट राजकुमार यादव र स्वतंत्रबाट ११ जना चुनावी मैदानमा छन् । अहिलेसम्म पर्सा –३ मा कांग्रेसले ३ , एमालेले १ र जसपाले १ पटक चुनाव जितेका छन् । एमालेले ०७० मा , जसपाले ०७४ मा र बाँकी चुनावमा कांग्रेसले विजयी हासिल गरेको हो । ०७० मा पर्सा – ३ बाटै एमालेका राजकुमार गुप्तासंग कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया पराजित भएका थिए ।पर्सा ३ मा पोखरिया नगरपालिकाको वडा नं ३ बाहेक सबै , बहुदरमाई नगरपालिकाको १,५,७,८ र ९ , बिन्दबासिनी गाउँपालिका , पकाहाँ मैनपुर गाउँपालिकाको वडा नं ५ बाहेक सबै , सखुवा प्रसौनी गाउँपालिका र पटेर्वासुगौली गाउँपालिका पर्छन् । पकाहाँमैनपुर गाउँपालिकामा कांग्रेसले प्रमुख , उपप्रमुख सहित ४ वटा वडा जितेको छ । बिन्दबासिनीमा प्रमुख लोसपा, उपप्रमुख एमाले , वडा नं १ जसपा , २ ,३ र ४ कांग्रेस र ५ माओवादी जितेको छ । बहुदरमाईमा नगरप्रमुख जसपा , उपप्रमुख एमाले , वडा नं १ , ८ र ९ कांग्रेस , ५ एमाले , ७ जसपा जितेको छ । पोखरियामा नगरप्रमुख , उपप्रमुख एमाले , वडा नं १ , २ र ५ एमाले , ४ , ६ , ७ , ८ र १० कांग्रेस र वडा नं ९ सुशासन पार्टीले जितेको छ । सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष एमाले , उपाध्यक्ष जसपा , वडा नं १ र ४ एमाले , २ र ६ जसपा र ३ , ५ कांग्रेसले जितेको छ । पटेर्वासुगौली गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस , वडा नं २,३,४,५ कांग्रेस र वडा नं १ एमालेले जितेको छ । यसरी समीकरण हेर्दा सात गठबन्धन तर्फ प्रमुख र उपप्रमुख काँग्रेसले २ पालिका अध्यक्ष र २ उपाध्यक्ष जितेको छ भने लोसपा १ गाउँपालिका अध्यक्ष जितेको छ । यसरी हेर्दा सात गठबन्धन तर्फ ५ जना प्रमुख उपप्रमुख छन् ।

    यता एमालेले १ नगरप्रमुख र १ गाउँपालिका अध्यक्ष , २ उपप्रमुख र १ पालिका उपाध्यक्ष जितेको छ भने जसपाले १ नगर प्रमुख र १ पालिका उपाध्यक्ष जितेको छ । यसरी हेर्दा एमाले र जसपा गठबंधनका ३ प्रमुख र ४ उपप्रमुख गरी ७ जना प्रमुख र उपप्रमुख छन् । यसरी नै हेर्दा एमाले बलियो रहेको अनुमान गरिएको छ । यस आधारमा सत्तारुढ गठबन्धनका उम्मेदवार चौधरीसंग एमालेका उम्मेदवार गुप्ता धेरै अगाडि रहेका क्षेत्र वासीहरु र बुद्धिजिवीहरुले अनुमान लगाएका छन् । स्थानीय निर्वाचनको मत परिणाम हेर्दा कांग्रेस पर्सामा कमजोर देखिन्छ । यहाँ एमालेको पक्षमा जनलहर रहेको देखिदै छ । पर्सा ३ मा हामीले तमाम काम गरेपछि मतदाता हाम्रो समर्थनमा उत्रिनु भएको छ । यहाँ विपक्षी पार्टीको खासै प्रभाव पनि छैन,’ नेता गुप्ता भन्छन् । ०७० मा जितेको भन्दै यसपटक तेब्बर मतले जित्ने उनको दाबी छ । आम निर्वाचनका लागि विपक्षीले दिएका उम्मेदवार हाम्राभन्दा निकै कमजोर छन् । गठबन्धनभित्र निकै ठूलो अन्तरविरोध छ,’ उनी भन्छन् । नेता गुप्ताले गठबन्धनले चुनाव जित्नेमा द्विविधा रहेको बताए । ‘गठबन्धनमा धेरै समस्या छ । तर हाम्रो पार्टी एकताबद्ध भएर अघि बढेको छ,’ उनी भन्छन्, ‘पर्सा क्षेत्र नं ३ का मतदाताले काम नलाग्ने नेतालाई प्रत्येक निर्वाचनमा सांसद परिवर्तन गर्नेछन् । यस पटक साता गठबन्धनबाट शानदार ढंगले चुनाव जित्छु नेता गुप्ताले बताए ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा
  • पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑