वीरगंज । नेपाल प्रहरीमा तालिमरत १ सय ४६ जना इन्स्पेक्टर आधारभूत तालिम सकेर दीक्षित भएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले दीक्षान्त समारोह आयोजना गरेर उनीहरुलाई दीक्षित गरेको छ ।
आइतबार पास आउट भएका निरीक्षकहरू १ सय ८१ औं समूहका हुन् । महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित समारोहमा गृहमन्त्री बालकृष्ण खाणले शान्तिसुरक्षा निर्वाचनको पहिलो शर्त भएको बताए ।
मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षामा सफलता हासिल गर्न मन्त्री खाणले सकल दर्जालाई शुभकामना दिए । उनले भने–‘शान्तिसुरक्षा निर्वाचनको पहिलो शर्त हो, निर्वाचनको सुरक्षामा प्रहरीलाई सफलता मिलोस् मेरो शुभकामना ।’