वीरगंज । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक सेक्युरिटी गार्डलाई प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-७ घर भएका सोही ठाउँस्थित टि गार्डेनको सेक्युरिटी गार्डको रूपमा काम गर्ने ५४ वर्षीय नन्द प्रसाद पौडेल रहेका छन्। उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।
पौडेलले ती किशोरीलाई गार्ड सुत्ने कोठामा लागेर जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएकाे छ।