• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रचण्डका विश्वास पात्र बलदेवलाई गठबन्धनकै आश, कांग्रेसका बागीको उस्तै त्रास

  • वीरगंज संजाल
  • ६ कार्तिक २०७९, आईतवार १२:४५
  • १४६१

    वीरगंज । नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वमन्त्री चक्रपाणी खनाल (बलदेव) कपिलवस्तुको क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धन दलको साझा उम्मेदवार छन् । २८ हजार कांग्रेसको मत रहेको यो क्षेत्रमा ९ हजार मत रहेको माओवादीलाई छाड्नुपरेको भन्दै कांग्रेस नेता असन्तुष्ट छन् ।७४ सालमा एमालेसँगको गठबन्धनमा कांग्रेस नेता दीपकुमार उपाध्यायमाथि थोरै मतान्तरले जित निकालेका खनाललाई अहिले उनै उपाध्यायको पार्टीको मुख्य भर छ । तर, कांग्रेसबाटै प्रभावशाली नेता ललित गुरुङ गठबन्धनको बागी उम्मेदवार बनेकाले खनाललाई चुनौती थपिएको छ । बलदेवसँग चुनावी मैदानमा नेकपा एमालेले संविधानसभा सदस्य तथा केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज बलराम अधिकारीलाई अघि सारेको छ ।७४ मा बलदेव २९ हजार ७९९ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत पाएका थिए । त्यो बेलाका मुख्य प्रतिस्पर्धी बलदेव र उपाध्याय दुवैजना अहिले एउटै चुनावी मोर्चामा छन् । आफैँ टिकटको दाबी गरेका कांग्रेस नेता उपाध्याय अहिलेपनि गठबन्धनको विरोध गरिरहेका छन् ।स्थानीय तहको निर्वाचनमा कपिलवस्तु-१ मा वडाध्यक्षहरूको मतलाई आधार मान्दा कांग्रेस पहिलो पार्टी छ । यो क्षेत्रमा कांग्रेसको २८ हजार २७१, एमालेको २६ हजार ८२३, जसपाको १३ हजार ५१०, माओवादी केन्द्रको ९ हजार ३३८, एकीकृत समाजवादीको ३ हजार ७२२, लोसपाको ३ हजार ४२४, राप्रपाको २ हजार ४८० मत छ ।

    बलदेवलाई साथ दिने वाम लोकतान्त्रिक गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको मत जोड्दा उनलाई सहज देखिन्छ तर गठबन्धन दलको ठूलो पार्टी कांग्रेसबाट उनको उम्मेदारीप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदारी परेकाले चुनौती बढेको हो ।एमालेका बलराम ७० को दोस्रो संविधानसभामा विजयी भएका थिए । तर, अहिले बलियो गठबन्धन, नेकपा एसले काट्ने मत उनका लागि चुनौती छ । स्थानीय तहमा एमालेमा बढेको जनमत र दक्षिणी क्षेत्रका प्रभावशाली नेताहरूको प्रवेशले यसअघिका तथ्यांकलाई आधार मानेर भविष्यवाणी गर्न कठिन हुने प्राध्यापक वसन्तराज खनाल बताउँछन् ।अघिल्लो निर्वाचनमा प्रचण्ड आएर ‘बलदेवलाई जिताएर पठाए मन्त्री बनाउने जिम्मा मेरो’ भनी बोलेका थिए । नभन्दै पहिले प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकार र पछि कृषिमन्त्री भए पनि । आफ्नो जितमा सबैको मेहनत बराबर हुने उनी बताउँछन् ।‘गठबन्धन एक पार्टी र एक नेतालाई चाहिएर बनेको होइन, जुन आवश्यकताले गठबन्धन बनेको छ त्यो सबै दलका नेता कार्यकर्ताले पालना गर्नुपर्ने दायित्व हो, मेरो क्षेत्रमा गठबन्धदन दलका नेता कार्यकर्ताहरु प्रतिबद्ध हुनुहुन्छ, यसअघि मैले संसद र मन्त्री हुँदा के कति काम गर्न सकेँ भन्ने विषयमा सबै जानकार हुनुहुन्छ, मेरो जित गठबन्धनको जित बनाउन सबैलाई आग्रह गरिरहेको छु’, नेता खनालले भने ।

    कपिलवस्तु-१ मा बाणगंगा, मायादेवी, शुद्धोधन पालिकाका सबै र कपिलवस्तुको नगरपालिकाको ७, ८, ९, १० र ११ वडा गरी ३० वडा रहेका छन् भने कुल मतदाता एकलाख ४१ हजार १३ छन् ।स्थानीय तह निर्वाचनमा कपिलवस्तुमा एमालेको जनमत राम्रो आएको भन्दै एमाले कार्यकर्ता उत्तिकै उत्साहित देखिन्छन् । यो क्षेत्रबाट प्रदेश १ को १ मा कांग्रेसले डोलकराम घिमिरे र १ को २ मा सहसराम यादवलाई उम्मेदवार बनाएको छ ।२०७४ सालमा जसपाबाट चुनाव जितेका यादव मनोनयन गर्ने दिन नेपाली कांग्रेस प्रवेश गरेर कांग्रेसबाट मनोनयन दर्ता गरेका हुन् । नेकपा एमालेको तर्फबाट यसअघिकै सांसद तथा लेखासमिति पूर्वसभापति विष्णु पन्थी १ को १ मा र १ को २ मा मधुसुदनशरण चौधरीलाई उम्मेदवार बनेका छन् । पन्थी पार्टीको केन्द्रीय लेखा आयोगको उपाध्यक्ष छन् । चौधरी ०७४ को निर्वाचनमा थोरै मतले पराजित भएका थिए । लोसपाको केन्द्रीय सदस्य रहेका चौधरी केही समयअघि एमाले प्रवेश गरेर उम्मेदार बनेका छन् ।एमाले जिल्ला अध्यक्ष डम्बर शर्माका अनुसार दक्षिणी क्षेत्रमा अहिले एमालेको पक्षमा ठूलो जनलहर आएको छ । पूर्वमन्त्रीहरू वृजेश गुप्ता, दानबहादुर चौधरी, धर्मबहादुर लाल श्रीवास्तव, तथा प्रभावशाली नेताहरु मंगल गुप्ता, मधुसुधन चौधरी, नवराज लामिछानेलगायतको ठूलो समूह एमाले प्रवेश गरेको, उत्तरी क्षेत्रमा एमालेको बलियो संगठन रहेको, नेकपा एसमा गएका अधिकांश नेताकार्यकर्ताहरु एमालेमै समाहित भएका कारण एमालेको जित कसैले रोक्न नसक्ने शर्माले बताए ।

    के भन्छन् गठबन्धनको बागी उम्मेदार ?
    प्रतिनिधिसभामा कांग्रेस नेता ललित गुरुङ र तथा जसपाबाट फैजल खानजस्ता प्रभावशाली उम्मेदवार बागी रहेका छन् । जसपाबाट कांग्रेसमा लागेका शहसरामभन्दा फैजल नै बलिया देखिएका छन् । फैजलको मत संघमा सत्ता गठबन्धलाई नजाने निश्चित छ ।गठबन्धनको निर्णयविपरीत प्रतिनिधिसभा सदस्यमा कांग्रेसबाट उम्मेदवारी दिएका नेता ललित गुरुङले गठबन्धन देउवा र प्रचण्डको हितमा मात्र रहेकोले जनताको हितको लागि आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताएका छन् ।कांग्रेसको स्वाभिमान र अस्तित्व रक्षाका लागि आफ्नो उम्मेदवारी भएको बताउँदै उनले दशकौंदेखि पार्टीको त्यागी र इमान्दार कार्यकर्ता भएर काम गर्दा पार्टीले कुनै अवसर नदिएको साथै गठबन्धनका नाममा कति वर्ष अरुलाई बोक्ने भनेर मैदानमा गएको बताए ।नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य तथा पूर्वक्षेत्रीय सभापति भइसकेका गुरुङले कांग्रेसका ३० हजार मत संरक्षणका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएको र कांग्रेसका मत र अन्य शुभेच्छुक मतदाताको भोटले चुनाव जित्ने दाबी गरे ।‘म माओवादीलाई कुनै दोष दिन्नँ । कमजोरी कांग्रेसकै हो । किन भने जनाधार नै नभएको पार्टीलाई गठबन्धनका नाममा क्षेत्र छाड्न हुँदैनथ्यो’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑