वीरगंज । बिना भिसाको एक जना विदेशी नागरिक पक्राउ परेका छन् । वीरगञ्जबाट रक्सौल नाका हुँदै भारत जाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा पोल्याण्डका नागरिक मिचल जेर्जी फिगुर्क्सी नामका व्यक्ति रहेका छन् । विगत १४ दिन देखि नेपालको विभिन्न स्थानमा भ्रमण गरेर उनि सोमबार वीरगञ्ज नाका हुँदै भारत जाने क्रममा पक्राउ परेका थिए ।
विदेशी नागरिकको मोटर साइकल पनि जफत गरिको छ । उनलाई आवश्यक कारवाही तथा अनुसन्धानका लागि अध्यागमन विभाग काठमाडौँ पठाईएको अध्यागमन कार्यालय वीरगञ्जका प्रमुख राज कुशवाहाले जानकारी दिए ।