• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जुनसुकै अकाउन्ट ह्याक गरिदिन सक्ने यी १६ वर्षीय ह्याकर

  • वीरगंज संजाल
  • ५ कार्तिक २०७९, शनिबार ०७:३५
  • ८४९३

    वीरगंज । ह्याकर भन्ने बित्तिकै तपाईँको मनमा के आउँछ ? सायद तपाईँले ह्याकर भनेको त्यस्तो व्यक्ति भएको परिकल्पना गर्नु भएको होला, जसले धेरै पढेको छ, मुखमा अनौठो मास्क लगाएको हुन्छ र साथमा तीव्र गतिमा कम्प्युटरमा टाइप गर्दै ह्याक गर्छ । ह्याकरले अरूका विभिन्न अकाउन्टहरू आफ्नो कब्जामा पार्छन् भन्ने मनोभाव धेरैको हुनसक्छ । विशेषगरी संसारमा दुई प्रकारका ह्याकर हुने गर्छन् । एउटा ह्वाइट ह्याट ह्याकर र अर्को ब्ल्याक ह्याट ह्याकर । ह्वाइट ह्याट ह्याकर त्यस्तो ह्याकर हुन्, जसले कुनै पनि व्यक्ति वा संघ संस्थाबाट अनुमति लिएर उनीहरूको सिस्टममा भएको कमजोरी पत्ता लगाउँछन् । उनीहरूले पत्ता लगाएको कमजोरी वापत उनीहरूलाई ती संस्थाले सम्मान दिने गर्छन् । ह्वाइट ह्याट ह्याकरलाई इथिकल ह्याकर भनेर पनि बुझिन्छ ।

    त्यस्तै अर्को हुन्छन् ब्ल्याक ह्याट ह्याकर । यी त्यस्ता ह्याकर हुन्, जसले गोप्य रूपले सिस्टम वा अकाउन्ट ह्याक गरी सम्बन्धित व्यक्ति वा संस्थालाई नोक्सानी पुर्‍याउँछन् । ह्याकरको परिकल्पना गरिरहँदा हाम्रो मानसपटलमा युवा उमेरकाे व्यक्ति आउने गर्छ । वास्तवमा ह्याकर हुनलाई न पढाइले छेक्छ, न त उमेरले नै । यसको उदाहरण हुन् अमेरिकास्थित टेक्सासका यी १६ वर्षीय बालक । जसले तपाईँको पासवर्ड कसरी पाउन सकिन्छ भन्ने कुराको सबै जानकरी छ ।
    ‘रूबेन पाउल’ नाम भएका यी बालकले आफूलाई ११ वर्षको उमेरदेखि नै ‘साइबर निन्जा’काे नामबाट चिनाइरहेका छन् । उनी साइबर सुरक्षाको विषयमा जनचेतना दिन विभिन्न देशमा यात्रा गरिरहेका हुन्छन् । हामीले दैनिक रूपमा प्रयोग गरिरहने वाई-फाई तथा ब्लुटुथ कनेक्सनमा निकै ठूलो सुरक्षा कमजोरी रहेको उनको भनाइ छ ।उनी भन्छन्, “मलाई थाहा नभएको सार्वजनिक वाई-फाईमा म आफ्नो डिभाइस कहिल्यै कनेक्ट गर्दिनँ । जोकोहीले पनि उक्त वाई-फाई नेटवर्क ह्याक गरेर आफ्नो जालो फालेका हुनसक्छन् ।”

    उनले आफूसँग भएको ब्लुटुथ टेडी बियरलाई ह्याक गरेर गोप्य कुराहरू भण्डारण गर्ने डिभाइसमा परिणत गरेका छन् । “म यो टेडी बियरलाई आफ्नै कम्प्युटरबाट अन गरिदिन सक्छु ।”यी ‘साइबर निन्जा’लाई एनएसए वा एफबीआईका लागि काम गर्ने इच्छा छ । जसले गर्दा थुप्रै मानिसहरूलाई साइबर आक्रमणबाट बचाउन सकिने उनको विश्वास छ ।उक्त ब्लुटुथ विभिन्न स्वचालित कार, स्वचालित ड्रोन र मेडिकल डिभाइसमा समेत प्रयोग गर्न सकिने उनको भनाइ छ । निन्जाले विभिन्न ठाउँबाट अवसरहरू पाइरहेका छन् ।उनी भन्छन्, ”मैले नेदरल्याण्डको सरकारबाट अवसर पाइसकेको छु, त्यस्तै रक्षा विभागबाट समेत अवसर आइरहेका हुन्छन् ।”सानै उमेरमा साइबर सुरक्षा सम्बन्धी ज्ञान र सीप जानेका निन्जा कङ्फुमा दोस्रो श्रेणीका ब्ल्याक बेल्ट होल्डर पनि हुन् ।उनीसँग अन्तर्राष्ट्रिय सञ्चार माध्यम सीबीएस पत्रकार डेभिड बेगनाउडले अन्तर्वार्ता लिएका थिए । लाइभ अन्तर्वार्तामा नै निन्जाले डेभिडको आधिकारिक ट्वीटर अकाउन्टको पासवर्ड पत्ता लगाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
  • तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    News

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑