• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दोहोरो नागरिकता प्रकरण : सप्तरी प्रहरीले प्रमाण जुटाए, मुद्दा अघि बढाएन

  • वीरगंज संजाल
  • ३ कार्तिक २०७९, बिहीबार १५:५६
  • २२४१

    वीरगंज । प्रतिबन्धित लागूऔषध खैरो हिरोइन कारोबार प्रकरणमा कारागार जीवन बिताइरहेका भारतीय नागरिक राजकुमार सिङलाई बयान लिन जिल्ला प्रहरी कार्यालय सप्तरीले आलटाल गरिरहेको छ । खेरो हिरोइनसहित पक्राउ परेका सिङसँग दोहरो नागरिकता रहेको तथ्य बाहिर आएपछि सप्तरीले दोहोरो नागरिकता लिएको मुद्दा दर्ता गरेको थियो। भारतबाट सबै प्रमाण जुटाएर सप्तरी प्रहरीले एक वर्ष अगाडि जिल्ला अदालत सुनसरीसँग भारतीय नागरिक सिङ बयान लिन अनुमति समेत लिएका थियो। तर, हालसम्म बयान लिएको छैन। सुनसरीको धरानबाट २०७८ मंसिर १९ गते ७७ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका सिंहमाथि दोहोरो नागरिकता लिएको प्रमाण सप्तरी प्रहरीले फेला पारेको थियो।उनले नेपाली नागरिकता बनाएको प्रमाण सप्तरी प्रहरीले भारतबाट ल्याएको थियो। त्यसपछि दोहोरो नागरिकताका विषयमा अनुसन्धान गरी प्रहरीले मुद्दा दर्ता गरेको थियो।प्रहरीले २०७८ असार १३ गते सिंहलाई सुनसरी जिल्ला अदालतले बयानका लागि सप्तरी ल्याउन अनुमति लिएको थियो। तर, अदालतबाट अनुमति लिएको वर्ष दिनभन्दा बढी बित्दा पनि अहिलेसम्म उनको बयान हुन सकेको छैन। सिंहको ससुराली सत्तारूढ दल नेपाली कांग्रेसनिकट भएका कारण पनि मुद्दा प्रभावित भएको प्रहरी स्रोतले जनाएको छ। स्रोतका अनुसार सप्तरी प्रहरीले दोहोरो नागरिकता लिएको प्रमाण संकलन गरेर मुद्दा दर्ता गरी अघि बढ्न खोजेको थियो। तर, राजनीतिक दबाबका कारण उनको मुद्दा अघि बढ्न सकेको छैन। त्यसबेला सप्तरीमा एसपी राजेन्द्र धमला थिए। धमलाले कोरोना महामारीको बहाना देखाउँदै सिंहलाई सप्तरी ल्याउन नसकेको बताउँदै आएका थिए। सोही बेला उनको सरुवा भयो। ‘सप्तरी प्रहरी प्रमुख फेरिए पनि लामो समयदेखि प्रमाण संकलन गरेर दोहोरो मुद्दा अघि बढ्न नसक्नु राजनीतिक दबाब नै हो,’ प्रहरी स्रोत भन्छ, ‘प्रक्रिया अघि बढाउन लाग्दा ब्याक हुनु परेको छ।’

    धमला सरुवा भएर गएपछि सप्तरी प्रहरी प्रमुखका रूपमा अभिनारायण काफ्ले आए। दोहोरो नागरिकताको प्रमाण प्रहरीले भारतबाट ल्याएको बुझेर काफ्लेले मुद्दा अगाडि बढाउने तयारी गरे। यसैबेला राजनीतिक हस्तक्षेप भएपछि पुनः मुद्दा जहाँको तहीँ छ।प्रहरी स्रोतका अनुसार दोहोरो नागरिकता मुद्दा चले सिंह धरौटीमा रिहा हुन नसक्ने भएकाले राजनीतिक दबाब दिएर दोहोरो नागरिकताको मुद्दा चलाउन नदिइएको हो। दोहोरो नागरिकता लिएका सिंह सुनसरीको भण्टाबारीकी कांग्रेस नेतृ तारा पौडेलका ज्वाइँ हुन्। सिंह सप्तरीको तत्कालीन पकरी गाविस-२ निवासी भनिएको छ। उनको नेपाली नागरिकता किर्ते रहेको रहस्य बाहिर आएपछि सप्तरी प्रहरीले सुरु गरेको थियो। अनुसन्धानमा उनी भारतीय नागरिक रहेको प्रमाण फेला परेको थियो।सप्तरीको पकरी गाउँविकास समितिबाट बनाएको नागरिकतामा बुवा बनेका ठाकुरप्रसाद सिंह पनि भारत बिहारको राज जिरोगा ग्राम पञ्चायतअन्तर्गत भरफोरी ग्राम र थाना आन्द्रामण्ड र जिल्ला मधुवनी निवासी भएको प्रमाण फेला सप्तरी प्रहरीले पारेको थियो।ग्राम पञ्चायत राज जिरोगाका मुखिया नुतन कुमारीले राजकुमारका नेपाली बुवा पनि भारतीय रहेको भन्दै सप्तरी प्रहरीलाई पत्र लेखेर दिएकी छन्। ठाकुरप्रसाद भारतीय नागरिक भएको उनका भारतमा दुई छोरा रहेको प्रमाणित गरेर दिएकी छन्। झुम्का कारागारमा रहेका सिंहलाई उच्च अदालत विराटनगरले पनि जिल्ला अदालतको निर्णयलाई नै सदर गरेको छ। सप्तरी प्रहरी स्रोतका अनुसार राजकुमार सिंहको भारतीय नागरिक भएको प्रमाण फेला परेपछि नक्कली बुवा बनाएकाले ठाकुरप्रसाद सिंहको नागरिकताको छानबिन सुरू गरेको थियो।नागरिकताको छानबिन गर्न सप्तरी प्रहरीको एक टोली वीरपुर थाना पुगेर थानका एसएचओ (सिनियर हाउस अफिसर) राजेशकुमार मण्डललाई उनका बारेमा छानबिन गर्न अनुरोध गरेको थियो। भीमनगरस्थित थानाका सब-इन्सपेक्टर शत्रुधनप्रसाद साहको नेतृवमा गएको टोलीले उनको गाउँमा पुगेर सोधपुछ गरेको थियो।

    सप्तरीका प्रहरी नायब निरीक्षक जयप्रकाश साहको नेतृत्वमा सिंह भारतीय नागरिक भएको प्रमाण जुटाउन वीरपुर पुगेको थियो। राजकुमार सिंह स्वर्गीय रामबालक सिंहका चार छोरामध्ये कान्छो छोरा भएको र भारतमा समेत नागरिकता भएको सबै प्रमाण भेटिएको थियो।सिंह भारतीय नागरिक हुनु र भारतमा पनि उनको आपराधिक पृष्ठभूमि नै रहेको अनुसन्धानबाट खुलेपछि सप्तरी प्रहरीले भारतीय प्रहरीसँग सहयोग मागेको थियो। पक्राउ परेका सिंहको साथबाट बरामद भएको उनको सवारीचालक अनुमति पत्रमा र नेपाली नागरिकता प्रमाणपत्रको नम्बरका आधारमा उनको नागरिकता किर्ते भएको खुलेको थियो।नेपाली नागरिकता नम्बर २-०७३९३११३ उल्लेख रहेको छ भने ठेगाना सप्तरी जिल्लाको तत्कालीन पकरी गाविस वडा नम्बर २ रहेको छ। तर उक्त नम्बरको नेपाली नागरिकता प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी नै नभएको देखिन्छ।जिल्ला प्रशासन कार्यालय सप्तरीमा २-०७३९३११३ नम्बरको नेपाली नागरिकता सप्तरीबाट जारी नभएको पाइएपछि प्रहरीले भारतीय प्रहरीको सहयोग लिएको हो। सवारी चालक अनुमति पत्रमा ठेगाना तत्कालीन पकरी गाविस-२ सप्तरी रहे पनि उक्त ठाउँमा सिंह थरका एक जना पनि नरहेको स्थानीयको भनाइ छ। लागूऔषध सहित सिङ सवार सवारी साधनलाई समेत जिल्ला अलालत लिलामी गर्न दिएको आदेश दिएको थियो। तर हालसम्म गाडि समेत लिलामी नभएको बताइएको छ । उता सप्तरी प्रहरीका प्रवक्ता नरेश सिङले चाडै नै बयान गर्न सप्तरी ल्याउने बताए। लागूऔषधमा विदेशी नागरिक कारोवारीका रूपमा प्रमाणित भए अदालतले कडा सजाय दिने प्रावधान भएकाले दोहरो नागरिकताको मुद्दा प्रहरीलाई चलाउन राजनीतिक दवाव बढ्दै गएको प्रहरी स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑