वीरगंज । काठमाडौं सहित वीरगंजमा पनि भूकम्पको धक्का महसूस भएको छ।
काठमाडौंबाट १७ किलोमिटर उत्तर-पूर्व केन्द्रविन्दू भएर ४.४ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। अपराह्न ३ः९ बजे गएको भूकम्पको धक्का नेपालसँग भारत र चीनमा पनि महसूस गरिएको जनाइएको छ।
यस सम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको केन्द्रले जनाएको छ।