वीरगंज । फेसबुकमा नक्कली पेज बनाई अनलाइनबाट ठगी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका-११ खनार बस्ने २३ वर्षीय प्रसिन चौधरी रहेका छन् ।
चौधरीले सामाजिक सञ्जाल फेसबुकमा टि-मोबाइल स्टोर पेज खोली उक्त पेजको दुरुपयोग गरी अनलाई ठगी गरेको पाइएको हो । उनलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरमा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
चौधरीले उक्त पेजको दुरुपयोग गरी आईफोन १३ प्रो मोबाइल सेट सस्तो मूल्य १ लाख १५ हजार रुपैयाँमा बिक्री गर्ने भनी पीडितलाई भन्सार ट्याक्स, डेलिभरी चार्ज बापत बिभिन्न व्यक्तिहरूको ई-सेवा आईडी तथा बैंक खातामा रकम पठाउन लगाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई ठगी कसूरमा आवश्यक कारवाही एवं अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको नेपाल प्रहरीले जानकारी दिएको छ।