• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    साइबर क्राइमको निशानामा को ? प्रहरी भन्छ–फेसबुकमा कुरा गर्दा होस् पुर्‍याऔं

  • वीरगंज संजाल
  • ३ मंसिर २०७६, मंगलवार ०६:२५
  • ५२३५

    काठमाडौं । भक्तपुर सूर्यविनायक नगरपालिका–१ मा एकजना शिक्षकको १७ वर्षीया किशोरीसँग प्रेम सम्बन्ध थियो । प्रेम सम्बन्ध चल्दै गर्दा उनीहरुबीच शारीरिक सम्बन्ध भयो । त्यही सम्बन्धको भिडियो कैद गरे प्रेमी अर्थात् शिक्षकले ।

    अश्लील कार्यको भिडियो कैद गरिसकेपछि त्यही भिडियो आफ्ना साथी र शिक्षक, म्यासेन्जर, इमोलगायतमा पठाए । सुरुमा त ती किशोरीलाई आफ्नै प्रेमीले यतिसम्म के गर्ला र भन्ने लागेको थियो तर केही दिनपछि उनीहरुको सम्बन्धको भिडियोबारे चर्चा हुन थाल्यो । ती किशोरीकै जाहेरीका आधारमा महानगरीय अपराध महाशाखाले शिक्षकलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढायो ।

    केही समयअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा अर्को एउटा उजुरी आयो । जुन घटनालाई प्रहरीले पनि अनौठो भनेको छ ।  कालीमाटीमा बस्दै आएका भाउजु र देवरबीचको शारीरिक सम्बन्ध लामो समय चलेपछि भाउजु र देवरको दुरी बढ्दै गयो । दुरी बढ्दै गएपछि देवरले भाउजुको अश्लील तस्बिर आफ्नै दाजुको म्यासेन्जरमा पठाइदिए । दाजुले त्यो तस्बिर हेरे । आफ्नै भाइबाट त्यस्तो व्यवहारको कल्पनासम्म उनले गरेका थिएनन् । प्रहरीले उनलाई पक्राउ गर्‍यो ।

    सपना गुरुङ (नाम परिर्वतन) को स्नेहा कार्की (नाम परिर्वतन)सँग ललितपुरको मंगलबजारमा चिनजान भयो ।

    चिनजानकै क्रममा स्नेहाले सपनालाई जागिर लगाइदिने आश्वासन दिइन् । जागिरको कुरा आएपछि बेरोजगार सपनाले राम्रै सोचिन् । सपनाले जागिरकै लागि भन्दै नागरिकताको फोटोकपी र एकप्रति फोटो दिइन् । तर सपनाले जागिर पाइनन् ।  बरु स्नेहाले सपनाको नागरिकता र फोटो प्रयोग गर्दै एनसेलको सीमकार्ड प्रयोग गरेर फेक आइडी बनाइन् । त्यो आइडीमा सपनाको अश्लील–छाडा स्टाटस लेख्न थालियो । जागिरको लोभमा नागरिकता दिएकी पीडित महिलाको उजुरीका आधारमा स्नेहा पक्राउ परिन् ।

    वैदेशिक रोजगारीमा मलेसियामा रहेका केशव शाहले बाँकेमा रहेकी २३ वर्षीय युवती स्मृती रेग्मी (नाम परिर्वतन)लाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाए । उनीहरु दुवै फेसबुकमा जोडिए । नियमित कुराकानी पनि हुन थाल्यो । केही समयपछि केशव नेपाल आए ।

    नेपाल आएपछि स्मृतीलाई विवाहको प्रस्ताव गरे । तर स्मृतीले अस्वीकार गरिन् । आफ्नो प्रस्ताव अस्वीकार गरेपछि केशवले स्मृतीको आइडी ह्याक गरे । त्यसपछि स्मृतीको फेसबुक वालमा अश्लील भिडियो र तस्बिर पोस्ट गर्न थाले । पछि स्मृतीकै उजुरीका आधारमा उनी पक्राउ परे ।  सामाजिक सञ्जाल युट्युवको ‘सविन पोर्नहव’को साइटमा नेपाली मन्दिरा वेट शीर्षक राखेर काठमाडौं कपनकी एक युवतीको नामसँग मिल्दोजुल्दो भिडियो अपलोड भयो । त्यो भिडियोका कारण उनको पारिवारिक सम्बन्ध नै संकटमा पर्ने अवस्था आएपछि उनी प्रहरीको शरणमा पुगिन् ।

    महानगरीय अपराध महाशाखाले घटनाको अनुसन्धान गर्दै जाँदा ललितपुर महालक्ष्मी नगरपालिका–८ का २६ वर्षीय धिरज श्रेष्ठ पक्राउ परे ।  यसबाहेक महिला इमो, भाइबर र फेसबुकबाट ठगीमा पर्न थालेका छन् । नचिनेको आधारमा सम्बन्ध बढाउने र विश्वासकै आधारमा लाखौं रुपैयाँ दिएको पनि पाइएको छ । यस्तोमा श्रीमान् घरमा नभएको वा वैदेशिक रोजगारीमा रहेकाहरु बढी परेका छन् ।

    यी प्रतिनिधिमूलक घटनामात्रै हुन् । योबाहेक राष्ट्रपति, प्रधानमन्त्री दलका नेताहरुको चरित्रहत्या गर्ने काम पनि सामाजिक सञ्जालमार्फत् हुँदै आएको छ । बेलाबेला पक्राउ पनि परेका छन् । पक्राउ परेका सबैलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारवाही हुँदै आएको छ ।  महानगरीय अपराध महाशाखा, साइबर व्युरो र सीआईबीमा दैनिक यस्तै–यस्तै घटनाका पीडित भेटिन्छन् । कतिपयले त आत्महत्याको प्रयाससमेत गरेको पाइएको छ भने कतिपयले ज्यानै फालेका पनि छन् ।

    महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापा साइबर अपराध नियन्त्रण ठूलो चुनौती बन्दै गएको बताउँछन् ।  उनले भने,‘‘महाशाखामा आउने सबैभन्दा बढी उजुरी नै साइबर अपराध र आर्थिक अपराधको हो । प्रायःजसो घटनामा महिला नै बढी पीडित छन । सामाजिक रुपमा यसबारे चेतना फैलाउन जरुरी छ ।’’

    कानुन कार्यान्वयनको पाटो प्रहरीको भए पनि आफूले सचेतना पनि दिँदै गएको उनी बताउँछन् । एसएसपी थापा भन्छन्,‘‘सामाजिक सञ्जालको प्रयोग गर्नै नजान्ने, आक्रोशलाई अश्लीलतामा रुपान्तरण गर्ने, नचिनेको व्यक्तिलाई पनि सहजै साथी बनाएर विश्वास गर्ने कुराप्रति सचेत हुन जरुरी छ । सामाजिक सञ्जालमा गरिने सानो गल्ती एकचोटी संसारभर पुग्न सक्छ ।’’

    संसारको जुनसुकै कुनाबाट पनि साइबर अपराध गर्न सकिने भएकाले अप्रिय घटना भइसक्दा पनि सहजै प्रहरीको पहुँच पुग्न गाह्रो हुने गरेको एसएसपी थापाको अनुभव छ । नचिनेको व्यक्तिलाई सकेसम्म साथी नै नबनाउन, साथी बनाए पनि मर्यादाभित्र रहेर कुरा गर्न, आफ्ना महत्वपूर्ण कागजपत्र नदिन र शंका लागेमा प्रहरीलाई जानकारी दिन आग्रह गर्छन् एसएसपी थापा ।

    सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलमा खाता खोलेरै पैसा लुट्ने अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढ्दै जान थालेका छन् ।

    विदेशमा बसेर सामान पठाइदिन्छु पैसा पठाइदिनुहोस् भनेर लुट्ने गिरोह पनि उत्तिकै सक्रिय छ । महाशाखाको अध्ययनमा साइबर अपराधमा प्रायः युवाकै बढी संलग्नता देखिएको छ भने पीडित महिला, बालबालिका, युवती बढी छ । आफुले भनेको नमान्दा ब्ल्याकमेल गर्ने प्रवृत्तिसमेत बढ्दो छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑