वीरगंज । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँँले बढेर कारोबार भइरहेको छ ।
गत कारोबार दिन तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर कारोबार भइरहेको छ । आज चाँदी तोलाको १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।