वीरगंज । “महिला नेतृत्व कार्यक्रम” अन्तर्गत बाराका २४ जना महिला जनप्रतिनिधिहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका लागि प्रशिक्षण दिइएको छ । प्रशिक्षण कार्यक्रम २८ असोज देखि ३१ असोज सम्म कलैंयाको एभेष्ट होटलमा सम्पन्न भएको हो ।
अष्ट्रेलियन एड (एसडीसी) को आर्थिक सहयोग र माण्डवी गौरको आयोजनामा संचालनमा रहेको कार्यक्रममा आइफेस नेपालको प्रविधिक सहयोग रहेको छ । प्रशिक्षण कार्यक्रममा महिला नेतृत्व कार्यक्रम संचालनमा रहेको बाराको ६ स्थानिय तहका महिला नेतृहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई निभा सिंह र अरविन्द चौधरीले नेतृत्व विकास तथा क्षमता अभिवृद्धि बारे प्रशिक्षण दिएका थिए ।
मधेश प्रदेशको बारा,रौतहट,सलार्ही,धनुषा र महोत्तरी गरी ५ जिल्लाका २८ स्थानिय तहमा कार्यक्रम संचालन हुने आयोजक संस्थाले जनाएको छ । कार्यक्रम अन्तर्गत ५ जिल्लाका ६१२ जना महिलाहरुलाई कार्यक्रममा सहभागी गराउने लक्ष्य राखिएको छ । कार्यक्रम बाराको ६ स्थानिय तहमा लागु रहेको छ । प्रशिक्षण कार्यक्रमको सम्मान कार्यक्रममा परवानीपुर गाउँपालिका रामक्षत्री प्रसाद पटेल,कार्यक्रका कार्यक्रम संयोजक मुनीलाल बैठा लगायतको उपस्थिती रहेको थियो ।