वीरगंज । सप्तरीमा जवानबाट असइको हत्या भएको घटनाले सशस्त्र प्रहरीमा हलचल मच्चिएको छ । यो घटनापछि तराईमा कार्यरत घुस्याहा प्रहरीलाई तत्काल हटाउनुपर्ने मागहरु उठन थालेको छ । जवान होमबहादुर खत्री र असइ सत्यनारायण यादवबीच झगडा हुँदा यादवको हत्या गरिएको छानबिनमा खुलेको छ । दुवै जना संगठन भित्रका बदनाम थिए भने पटक–पटक कारबाही भोगेका प्रहरी थिए । सो घटनाको प्रमुख कारण सीमामा हुने तस्करी नै रहेको अनुसन्धानबाट खुलेको छ । यस्ता घटना रोक्नका लागि सशस्त्र प्रहरीले तराईमा जिल्लाहरूमा ‘स्वीप अप्रेसन’ चलाउने भएको छ । स्रोतका अनुसार तराईका जिल्लाहरुमा गोप्य टोली पठाएर तस्करीको लाइन खोल्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन लागिएको छ ।
सप्तरीका एसपी प्रदीप खड्काको कारण पनि सो घटना भएको बताइन्छ । उनले पहिलेदेखि नै लाइन खोल्दै आएको समाचार आए पनि कारबाही हुनसकेको थिएन । सप्तरीको घटनापछि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले घुस्याहा प्रहरीहरुको सूची उतारेर उनीहरुलाई डाँडा कटाउने तयारी गरेका छन् । तैपनि कतिपय बिओपीबाट तस्करी रोकिएको छैन । पूर्वको काँकडभिट्टादेखि पश्चिमसम्म तस्करीको विकृति छ । प्रचण्डको बडीगार्ड बसेकै आधारमा काँकडभिट्टा बिओपी गएका इन्सपेक्टर निर्मल बस्नेत र रानी मोरङ गएका इन्सपेक्टर बुद्ध श्रेष्ठले शक्तिको आडमा तस्करी धन्दा चलाइरहेको स्रोतको दावी छ । दुवै इन्सपेक्टरलाई एक नम्बर बाहिनीका डिआइजी कमल गिरीको संरक्षण रहेको स्रोतको भनाई छ । असइले ज्यान गुमाउँदा समेत सप्तरीका रामनगर, तिलाठीलगायतका बिओपीबाट हुने धन्दा रोकिएको छैन । नवलपरासीका बिओपीबाट हरियो केराउको तस्करी भइरहेको छ । नबलपरासीस्थित गणका एसपी रुपकुमार क्षेत्रीको संरक्षणमा भुजहवा, बलिनगर, महेशपुर, गुठीलगायत नाकाबाट तस्करी हुने गरेको छ । तस्करीमा संलग्न केही अधिकृतमाथि छानबिन चलिरहेको सशस्त्र मुख्यालय स्रोत बताउँछ ।
यत्ता बारा,पर्सा रौटहट लगायतको जिल्लाहरुको अवस्था पनि फरक छैन् । सशत्रका प्रहरी अधिकृतहरुका अनुसार जति कडाई गर्दा समेत सिमा तस्करी रोक्न सकिएको छैन् । सिमामा खटिएका सशत्रका बिओपीहरुका इपेक्टरहरुको संठन सिभत्रकै माथिल्लो निकाय अथवा नेताहरुको संरक्षण रहेको कारण गणपतिहरु पनि सिमाको तस्करी रोक्न निरिह देखिन्छ । देशको आर्थिक अवस्था दिन प्रति दिन कमजोर हुँदै गएको छ । सरकारले धेरै वस्तुको आयतमा रोक लगाएको अवस्था छ । तर नेपालबाट भारतमा तस्करी हुने हरियो केराव,कालो मरिच,सुपारी,छोकडा,अखरोट लगायतका आयतलाई सरकारले खुल्ला नै राखेको छ । यस्ता वस्तुको निकासीमा कडाई नगर्नुमा सरकारका शक्तिमान नेताहरु तथा कर्मचारहरु बिच तस्करहरुको पहुच तथा पकटको रुपमा तराईका जिल्ला हेरिन्छ ।