• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जवासीकाे आक्राेश : राजधानी जनकपुर बनाउने मुख्यमन्त्री राउतलाई भाेट दिन्नाै

  • वीरगंज संजाल
  • १ कार्तिक २०७९, मंगलवार १२:१२
  • ५१४९

    वीरगंज । मधेस प्रदेशको राजधानी वीरगन्ज नबनेर जनकपुर बनेको विषय नै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका प्रतिद्वन्द्वीहरूले उठाउने प्रमुख एजेन्डा बनेको छ । पर्साको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निकटम प्रतिद्वन्द्वीलाई दुई हजार ९ सय ७५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका राउत प्रदेशको राजधानीका विषयमा मौन बस्नु यस क्षेत्रका जनताका लागि भोट नदिने कारण बन्ने देखिन्छ । राजधानीको विषयसँगै पछिल्लो समय व्यापक चर्चा चलेको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गतको साइकल वितरणमा भएको ‘अनियमितता’बारे पनि उनका विपक्षीहरूले निरन्तर प्रश्न गरिरहेका छन् । ०७४ सालको प्रदेश सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ (क) बाट एक हजार ४ सय २२ मतले पराजित भएका नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण प्रसाद कुर्मी यसपटक मुख्यमन्त्री राउतको प्रतिस्पर्धीका रूपमा उभिएका छन् । कुर्मी नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनका उमेदवार हुन् भने मुख्यमन्त्री राउत जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एमाले)को गठबन्धनका उमेदवार हुन् । ०७४ मा कुर्मी तत्कालीन संघीय समाजवादी फोरम हाल जसपाका जन्नत अन्सारीसँग पराजित भएका थिए । कुर्मीले सात हजार १ सय ७१ मत पाउँदा अन्सारी आठ हजार ५ सय ९३ मत पाएर निर्वाचित भएका थिए । यसपटक निर्वाचन क्षेत्र नम्बर १ (क) नेकपा (माओवादी केन्द्र)को भागमा परेपछि कुर्मीलाई १ (ख) को उमेदवार बनाइएको हो । सत्ता गठबन्धनबाट कुर्मी र जसपा–एमाले गठबन्धनबाट मुख्यमन्त्री राउतसँगै प्रतिस्पर्धा गर्न दुईजनाले स्वतन्त्र उमेदवारी दिएका छन् ।

    मुख्यमन्त्रीको विकल्पमा मेरो उमेदवारी : सर्राफ
    सामाजिक अभियानता एवम् लोसपा वीरगञ्ज महानगर समितिका अध्यक्ष ओमप्रकाश सर्राफ आफूले मुख्यमन्त्रीको विकल्पमा उमेदवारी दिएको बताउँछन् । उनी सामाजिक कार्यमा लामो समयदेखि सक्रिय छन् । वीरगञ्जले मुख्यमन्त्री पाएकोमा गर्व गर्नुपर्ने भएपनि मुख्यमन्त्रीले वीरगञ्जका लागि केही दिन नसक्दा अब उनलाई विस्थापित गर्नुपर्ने सर्राफको अडान छ । सर्राफले ०७४ मा पनि मुख्यमन्त्रीकै विरुद्धमा स्वतन्त्रबाट उमेदवारी दिएका थिए । त्यतिबेला ५७१ मत ल्याएर उनी चौँथो स्थानमा रहे । यसपटक पहिलो स्थानमा आफू नै हुने र जनताले आफ्नो मूल्यांकन गर्नेमा सर्राफ विश्वस्त देखिन्छन् ।राजधानी जनकपुर बनाउने, साइकल वितरणमा ‘अनियमितता’, मुख्यमन्त्री स्वच्छता अभियानलगायतका योजनामा पनि अपारदर्शीता मात्रै नभएर आफ्नो क्षेत्र अझ विशेषगरी वीरगञ्जका लागि विकासको सिन्को समेत भाँच्न नसकेका राउतलाई पुनः जिताउने कुनै आधार नभएको सर्राफ बताउँछन् ।

    गठबन्धनबाट जनता असन्तुष्ट छन् : मियाँ
    मधेस आन्दोलनका संस्थापक नेता शशिकपुर मियाँ पनि मुख्यमन्त्री राउतको ‘भ्रष्ट प्रवृति’विरुद्ध आफूले उमेदवारी दिएको बताउँनछन् । लोसपाका केन्द्रीय सदस्यसमेत रहेका मियाँले टिकट नपाएपछि राजीनामा दिएर स्वतन्त्रबाट उमेदवारी दर्ता गराएका छन् । भ्रष्टाचार, दलीय सिन्डिगेटविरुद्धमा उमेदवारी दिएको बताउँदै उनले शिक्षा, स्वास्थ्य र रोजगार आफ्नो प्राथमिकतामा रहने बताए । दलीय गठबन्धनले देशलाई निकास नदिने हुँदा जनता गठबन्धनदेखि आक्रोशित बनेको उनको भनाइ छ । एकातिर पाँच दलीय गठबन्धन र अर्काेतिर जसपा–एमालेको गठबन्धन हुँदा पनि आफ्नो जित सुनिश्चित रहेको उनी दाबी छ । “यो गठबन्धन हैन, ठगबन्धन हो । नेताहरूको टाउको मात्रै मिल्दैमा जनताले गठबन्धनलाई नै मत दिनुपर्ने भन्ने छैन । केन्द्रका नेताहरू मिलेर गठबन्धन गरेपनि जिल्लाका अधिकांश नेतादेखि कार्यकर्ता र आम जनता पनि यसबाट असन्तुष्ट छन्,” उनी थप्छन्, “विगतमा आन्दोलन गरेको र निरन्तर जनताकै माझमा रहेका कारण जनताले नै मलाई उमेदवार बनाएका हुन् अब जनताले नै जिताउँछन् ।” हिजोसम्म ‘केपी ओली हत्यारा हो’ भन्ने पार्टीले मनोनयन गर्नुभन्दा २४ घण्टा अघि ओलीसँगै घाँटी मिलाउनुले जनता र देशका लागि नभई आफ्नो कुर्सी र सिट जोगाउन गठबन्धन गरेको स्पष्ट हुने उनको जिकिर छ । मुख्यमन्त्री राउतले पदका लागि राजधानी बेचेको आरोप लगाउँदै उनले पर्सावासीको शिर झुकाउने काम गरेको मियाँको टिप्पणी छ ।

    जनताको आँखामा छारो हाल्ने योजना विफल हुन्छ : कुर्मी
    मियाँ र सर्राफजस्तै नेपाली कांग्रेस पर्साका उपसभापतिसमेत रहेका रामनारायण प्रसाद कुर्मी पनि मुख्यमन्त्री राउतको विकल्पमा आफूलाई उभ्याएको बताउँछन् । पर्सा जिल्लाबाटै मुख्यमन्त्री बन्दा जनताले धेरै आशा गरेपनि राउतले आशालाई पूरा गर्नुको साटो उल्टै निराशा बनाएको कुर्मीको बुझाइ छ ।यसअघिकै निर्वाचनमा जनताको माझमा गरिएको प्रतिबद्धता र एजेन्डाहरूमा केही विकास नभएको अवस्थामा अब फेरि जनताको आँखामा छारो हाल्ने योजनालाई विफल बनाउन जनता सचेत भइसकेको कुर्मीले बताए । उनले भने, “अवसर पाउँदा पनि जनताका लागि र आफ्नो ठाउँका लागि केही गर्न नसक्ने व्यक्तिलाई फेरी अवसर दिनुहुँदैन ।” यसअघि पराजित भएर पनि निरन्तर जनताकै माझमा रहेका कारण आफूलाई जनताले विश्वास गर्ने र मतदान गर्ने उनी बताउँछन् । देशको आवश्यक्तालाई मध्यनजर गरेर गठबन्धन भएको बताउँदै उनले पाँच दलीय गठबन्धनलाई कसैले हराउन नसक्ने दाबी गरे ।

    फेरि निर्वाचित हुनेमा मुख्यमन्त्री राउत विश्वस्त
    आफ्नो कार्यकालमा गरेका कामकै कारण आफू पुनः निर्वाचित हुने मुख्यमन्त्री राउत राउतको दाबी छ । मधेस प्रदेश नामकरण गरेर प्रदेशवासीलाई पहिचान दिलाउन सक्नु मुख्य उपलब्धि भएको उनको निष्कर्ष छ । आफ्नो कार्यकालमा ल्याएका लोकप्रिय एवम् प्रभावकारी कार्यक्रमकै मूल्यांकन गरेर जनताले फेरि आफूलाई नै मतदान गर्नेमा उनी ढुक्क छन् । आफूले मात्र चाहेर वीरगञ्ज राजधानी नबन्ने वास्तविकतालाई सबैले बुझ्नुपर्ने उनको भनाइ छ । “राजधानी बनाउने मुख्यमन्त्रीको काम हैन । मैले मात्रै चाहेर हुने भए म किन जनकपुर बनाउँथे ?,” उनले भने । कतिपय योजनाहरू ठेकेदार एवम् निर्माण कम्पनीको कारण अधुरा रहेपनि आफ्नो कार्यकाल समग्रमा सफल भएको उनको दाबी छ । साइकल वितरणमा भएको ‘अनियमितता’बारे उनले मुख्यमन्त्रीको काम खरिद गर्ने नभएको भन्दै न्यायलयमा गएको विषयमा धेरै नबोल्ने बताए । आफ्नै प्रहरी प्रशासन हुने जनलोकपाल विद्येयकलगायतका राम्रा कामहरू आफ्नै पालामा हुनुका साथै महिला तथा छोरीको क्षेत्रमा उल्लेख्य परिवर्तन आएको उनले जिकिर गरे ।संघीय सरकारको विरुद्धमा मधेस प्रदेशले आधा दर्जन बढी मुद्दा लगाएर पनि पाँच वर्षसम्म सरकार टिकेकोमा उनी इतिहास रचिएको बताउँछन् । यद्यपि वीरगञ्ज महानगरपालिकामा गर्नुपर्ने काम धेरै भएको उनी स्वीकार गर्छन् । वीरगञ्ज महानगरपालिका भएपनि महानगरका लागि आवश्यक पर्ने आधारभूत पूर्वाधारको कमी भएको बताउँदै उनले पहिलो कार्यकालमा नीति निर्माणदेखि केही अन्यौलताका बिच बितेपनि अबको समयमा विकासले तीव्रता पाउने उनको भनाइ छ । युवाहरूलाई स्वरोजगार बनाउने, दलित एवम् गरिबहरूको आवास निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, कृषिलाई बढी प्राथमिकता दिने उनले बताए । साभार : यात्रा डेली

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑