वीरगंज । प्रहरीले पर्साबाट साढे ३ लाखभन्दा बढी मूल्यको खाद्यान्न सामाग्री तथा मसाला बरामद गरेको छ । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ४ स्थित सडकखण्डबाट ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले मोटरसाइकलमा ओसारपसार गर्दै गरेको अवस्थामा खाद्यान्न सामाग्री र मसाला बरामद गरेको हो ।
५ वटा मोटरसाइकलमा भन्सार छली गरेर ओसारपसार गर्दै गरेको अवस्थामा चामल, आलु, तेल तथा मसलाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
उनका अनुसार सामाग्री ओसारपसारमा संलग्न ४ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ । बरामद सामाग्रीलाई मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी प्रवक्ता गिरीले बताए ।