• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उपेन्द्र, सिके र जयप्रकाशमध्ये कसले मार्ला बाजी ?

  • वीरगंज संजाल
  • ३१ आश्विन २०७९, सोमबार १३:५७
  • २४०५

    वीरगंज । ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशको सप्तरी २ ले सबैको ध्यान तानेको छ । सो क्षेत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र लोसपा नेता जयप्रकाश ठाकुरबीचको प्रतिस्पर्धाले पनि सबैको ध्यान खिचेको हो । यादवलाई प्रमुख विपक्षी एमालेले समर्थन गरेको छ भने ठाकुरलाई सत्तारूढ गठबन्धनको सहयोग छ । तर, यादव र ठाकुरको दुवै गठबन्धनलाई कडा चुनौती दिएका छन् डा. राउतले । डा. राउतलाई जसरी पनि विजयी गराउनुपर्ने अभियानमा केही स्वतन्त्र युवाले सहयोग गरिरहेका छन् । जसपा र लोसपा मधेसको राजनीतिमा बलियो पकड बनाएका पार्टी हुन् । तर, मधेस राजनीतिमा पछिल्लोपटक सिके राउत नेतृत्वको जनमत पार्टी पनि उदाउँदै गएको छ । हालैको स्थानीय तह निर्वाचनमा उत्साहजनक परिणाम ल्याउन नसके पनि जनमत पार्टीको प्रभाव सप्तरी जिल्लामा रहेको छ ।

    सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष डा. राउत आफैं उम्मेदवार भएपछि यादवलाई २०७४ सालको निर्वाचनको जित दोहो¥याउन त्यति सहज छैन । २०७४ सालमा यादवलाई तत्कालीन राजपाले समर्थन गरेको थियो । तर, राजपाकै पछिल्लो रूप लोसपा आफैं अहिले चुनावी मैदानमा छ । लोसपालाई सत्ता गठबन्धनको समर्थन रहेको छ । २०७४ सालको निर्वाचनमा यादवले २१ हजार ६ सय २० मत ल्याउँदा वामगठबन्धनका उम्मेदवार उमेशकुमार यादवले ११ हजार ५ सय ८० मत ल्याएका थिए । राजपाका ठाकुरले भने यादवविरुद्व बागी उम्मेदवारी दिएका थिए । त्यसबेला उनले ९ हजार ४ सय ५९ मत पाएका थिए । राउत भने पहिलोपटक संसदीय निर्वाचनमा सहभागी हुँदै छन् ।

    मधेसमा भ्रष्टाचारविरोधी अभियान चलाएका राउतको पक्षमा केही जनमत छ । जनमत पार्टीले सप्तरीमा दुईवटा स्थानीय तह जितेको छ । सत्ता गठबन्धनको सिट बाँडफाँटमा कुरा नमिलेर एमालेसँग तालमेल गरेका यादवका लागि यो चुनावमा ठाकुर र राउत दुवै चुनौती बनेका छन् । सुरुदेखि नै सत्ता गठबन्धनमा रहेका यादव अन्तिम समयमा एमालेसँग तालमेल गर्न पुगेका थिए । गत निर्वाचनमा मधेसकेन्द्रित दल मिल्दा यहाँका ३२ मध्ये १९ निर्वाचन क्षेत्रमा मधेसकेन्द्रित दलकै नेता निर्वाचित भएका थिए । नेपाली कांग्रेसले ६, माओवादी केन्द्रले ५ र नेकपा एमालेले २ सिट मात्र जितेका थिए । तर, यसपटक मधेसकेन्द्रित दलभित्रको विभाजनले चुनावी परिणाममा अन्य दलको समेत उत्तिकै प्रभुत्व हुने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑