वीरगंज । वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जनताले कामको मुल्यांकन गर्ने भएका कारण आफ्नो जित निश्चित भएको दावी गरेका छन् । पर्सा–१ को प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवले पाँच वर्ष सांसद्का रुपमा क्षेत्रको विकास र समृद्धिको लागि गरेको कामको मूल्याङ्कन जनताले गर्ने भएको हुनाले आफ्नो जित निश्चत भएको दाबी गरेका हुन् । जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार यादवले भने ,‘ मतदाताका बिचमा जादाँ पाइरहेको अपार समर्थन र उत्साह देख्दा पर्सा–१ मा मेरो प्रतिष्पर्धी कोही पनि देखिएको छैन , मतदाताले पुन मलाइ नै विजयी बनाउछन् भन्नेमा म ढुक्कछु ।
उनले भने , “पाँच वर्ष सांसद्का रुपमा मैले क्षेत्रको विकासका लागि हरेक सम्भव काम गरेको छु , जनताको आवश्यकता र चाहना अनुसार सडक देखि नाला, पुल, विद्यालय, टावर लाइट, धर्मशाला, मन्दिर, मस्जिद निर्माण गरेर क्षेत्रवासीलाई विकास र समृद्धि तर्फ अगाडि लिएर गएको छु । जनताले यसको मूल्याङ्कन गरेर मलाई जिताउने निश्चित छ,” । क्षेत्रवासी जसपाको निर्वाचन चिन्ह छाता छापमा मतदान गर्न आतूर रहेको बताउँदै यादवले भने, “सांसद् जितेदेखी जनताकै बीचमा छु , क्षेत्रमा हरेक हप्तामा पुग्ने गरेको छु , जनताको दुःख र सुखको सारथी बनेर सँगसँगै हिडेको छु , यसको मुल्यांकन जनताले गर्नेछन् ।”
पर्सा १ मा चुनाव लडेका अरु उम्मेदवारहरु मध्ये कोहि टुरिष्ट त कोहि जनताले पटक पटक अस्वीकृत गरिसकेका नेताहरु रहेकाले जनताको भरोसा उनिहरु माथि नभएको पनि उनले बताए । यादवले भने ,‘ जनताले विकास प्रेमी , सुखदुखमा साथ दिने जनप्रतिनिधी चाहन्छन् , त्यसका कारण पर्सा १ का मतदाता जसपाको चुनाव चिन्ह छाता छापमा मतदान गर्न आतुर छन् ।