• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बालबालिकामा इन्टरनेटको नकारात्मक असर बढ्दो

  • वीरगंज संजाल
  • २५ आश्विन २०७९, मंगलवार १७:१९
  • १७५७

    वीरगंज । पछिल्लो समय सूचना प्रविधिको विकाससँगै इन्टरनेटको प्रयोग पनि दिनानुदिन बढ्दै गइरहेको छ । इन्टरनेट प्रयोगकर्ता सचेत नहुँदा विभिन्न घटनाहरू समेत घट्ने गरेका छन् भने बालबालिकाले इन्टरनेट प्रयोग गर्दा सकारात्मक भन्दा नकारात्मक असर धेरै पर्ने गरेको मनोविद्हरू बताउँछन् । आफ्ना बच्चाहरू इन्टरनेटको प्रयोगका कारण पढ्न, खाना खान तथा अन्य काम समेत समयमा नगर्ने गरेको कतिपय अभिभावकहरूको गुनासो समेत सुनिने गरिन्छ । बालबालिका इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगका कारण समयमा कुनै पनि कार्य नगर्ने, भनेको नमान्ने, अटेरी र जिद्धि स्वभावका हुने र मोबाइलमै व्यस्त रहने गरेको काठमाडौँ तीनकुने बस्ने डिलाराम पौडेलले बताए । उहाँ भन्नुहुन्छ, “बच्चाहरू पढ्दै छन् मोबाइलमा चाहिने कुराहरू नै हेर्दै होलान् भन्यो युट्युबमा विभिन्न खालका भिडियोहरू हेर्ने, गेम खेल्ने गरेका हुन्छन् जसका कारण उनीहरूले समयमा आफ्ना कुनै पनि काम नगर्ने, भनेको नमान्ने गर्छन् ।” यो त एउटा प्रतिनिधि घटना मात्रै हो ।

    पछिल्लो समय प्राय धेरैजसो बालबालिका इन्टरनेटको प्रयोगबाट आफ्ना गृहकार्य समयमा नगर्ने, परिवार र आफन्तहरूसँग पनि घुलमिल नहुने, जिद्दी स्वभावका हुने गरेको पाइएको मनोविद्हरू बताउँछन् । आफ्ना बच्चा खाना समेत मोबाइल नभई नखाने र स्कुलबाट र्फिर्कनासाथै मोबाइलमा नै व्यस्त हुने र मोबाइल नपाए रिसाउने गरेको अर्का अभिभावक सरस्वती आचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “बच्चाहरू स्कुलबाट फर्केपछि डे«स समेत चेन्ज नगरी मोबाइलमा नै व्यस्त हुन्छन्, मोबाइल नपाए रिसाउने, खाजा समेत नखाने र भनेको नमान्ने गर्छन् । ”धेरै फाइदासँगै बेफाइदा पनि उत्तिकै लिएर आएको छ इन्टरनेटले । इन्टरनेट प्रयोगकर्ता सचेत नहुँदा कहिलेकाहीँ नकारात्मक असर देखिँदै आएका छन् भने पछिल्लो समय इन्टरनेटका माध्यमबाट बालबालिकाको दुरुपयोग हुने, दुर्व्यवहार र यौन शोषणमा पर्ने गरेका घटनाहरू पनि देखिने गरेका छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा अन्य क्षेत्रमा समेत नकारात्मक असर पर्नुका साथै परिवारका सदस्यहरु र आफन्तहरुसंग पनि घुलमिल नगरी इन्टरनेटमै धेरै रमाउने प्रवृत्ति देखिने गरेको छ । जसका कारण बालबालिका जिद्दी हुने, झनक्क रिसाउने स्वभावका हुने गर्दछन् । बालबालिकाको हकमा इन्टरनेटले सकारात्मक भन्दा पनि नकारात्मक असर बढी पार्ने गरेको मनोविद् गोपाल ढकालले बताउनुभयो ।

    उहाँ भन्नुहुन्छ, “सामाजिक सञ्जाल एवं इन्टरनेट बालबालिकालाई भुलाउने र मनोरञ्जनका नाममा प्रयोग गर्न दिनुले बालबालिका यसको लतमा पर्नसक्ने हुन्छन् भने बालबालिकाको चौतर्फी विकाससँगै उनीहरूको मनोविज्ञानमा नै यसले नकारात्मक प्रभाव पारिरहेको हुन्छ । ”मनोविद् ढकाल भन्नुहुन्छ पछिल्लो समय इन्टरनेट बालबालिकामैत्री नभएका कारण पनि बालबालिकालाई त्यसमा भुल्न दिन नहुने भन्दै बालबालिकाले कुन प्रयोजनका लागि प्रयोग गरिरहेको छ भन्ने जानकारी नराख्दा पनि यसले गम्भीर असर पार्न सक्छ । उहाँ भन्नुहुन्छ, इन्टरनेट तथा सामाजिक सञ्जालको विषयमा एकै शब्दमा भन्दा पछिल्लो समय इन्टरनेट बालबालिकाका लागि विष समान रहेको छ । बालबालिकालाई इन्टरनेटको प्रयोगबाट बाहिर ल्याउनका लागि अभिभावक स्वयंले पनि उनीहरूका अगाडी इन्टरनेटका साधनहरू कम प्रयोग गर्ने र उनीहरूसँग धेरै समय बिताउनुपर्ने हुन्छ । बालबालिकालाई इन्टरनेटको लत लागिसकेपछि बाहिर निस्कन गाह्रो हुने भएकाले इन्टरनेटको सही सदुपयोगका सम्बन्धमा विद्यालय स्तरबाट नै पठनपाठन र शिक्षाको आवश्यकता रहेको सरोकारवालाको धारणा छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑