• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रत्येक मतदान केन्द्रमा १५ सुरक्षाकर्मी

  • वीरगंज संजाल
  • २५ आश्विन २०७९, मंगलवार १४:५८
  • २१६९

    वीरगंज । सरकारले निर्वाचनको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन सबै सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ। मनोनयन दर्ता भएपछि गृहमन्त्रालयले शीर्ष नेताहरु र उम्मेदवारहरुको सुरक्षामा विशेष ध्यान दिन र उनीहरु जाने स्थान सुरक्षित भए नभएको बारे चुस्त सूचना राख्न समेत निर्देशन दिएको छ।गृहमन्त्रालयले निर्वाचन अवधिभर परिचालन हुने सुरक्षाकर्मीको जिम्मेवारी बाँडफाँड गर्दै उम्मेदवारहरुको सुरक्षामा विशेष चनाखो हुन निर्देशन दिएको हो। यसका लागि मन्त्रालयले पुरानो र नयाँ सुरक्षा योजनालाई एक साथ राख्न र जोखिम स्थानको पहिचान गरेर सुरक्षाकर्मी खटाउने जनाएको छ। ‘उम्मेदवारको सुरक्षामा स्थानीय सुरक्षाकर्मी बढी चनाखो हुनुपर्ने निर्देशन दिइएको छ, जिल्लास्थित सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीको भूमिका र निर्देशन पनि यसमा सहयोगी हुनेछ, निर्वाचनलाई भड्किलो नबाउन सबैलाई आग्रह गर्ने, शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्ने दायित्व सबैको हो भन्ने कुराको चेतना जगाउने र राजनीतिक दलहरुलाई संयम अपनाएर चुनाव प्रचार प्रसारमा जान अनुरोध गर्ने विषयमा सबै जिल्लालाई निर्दैशन दिइएको छ’, गृहमन्त्रालयका एक अधिकारीले भने। मतदानको समयमा म्यादी प्रहरीले निर्वाचनमा सहभागी मतदातालाई लाइनमा राख्ने काम गर्नेछ।

    सशस्त्र प्रहरीलाई जिल्ला निर्वाचन कार्यालयको सुरक्षा, जिल्ला निर्वाचन अधिकृतको सुरक्षा, उम्मेदवारको सुरक्षा, निर्वाचनपछि विजयी उम्मेदवारको सुरक्षा, मतपेटिका ढुवानी र मतपेटिको सुरक्षालगायतको जिम्मा दिइएको छ।‘निर्वाचन अवधिभर खटिने सुरक्षाकर्मीको जिम्मेवारी पनि बाँडफाँट भएको छ। हामीसँग विगतकै कार्यविधि छन्। करिब-करिब सोही कार्यविधिका आधारमा सुरक्षाकर्मी निर्वाचनमा खटिनेछन् त्यही अनुसार उम्मेदवारको सुरक्षामा पनि खटिनेछन्। यसमा सबैको अन्डरस्ट्यान्डिङ छ,’ गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले भने। सुरक्षा योजनाअनुसार यसपटक पनि विगतमा झैँ संवेदनशीलताका आधारमा प्रतिमतदान केन्द्र कम्तीमा आठदेखि १५ सुरक्षाकर्मी परिचालन हुनेछन्। सुरक्षाका दृष्टिले सामान्य देखिएका केन्द्रमा प्रतिमतदान केन्द्र आठ सुरक्षाकर्मी खटिनेछन्। संवेदनशील मानिएका केन्द्रमा कम्तीमा ११ र अति संवेदनशील केन्द्रमा कम्तीमा १५ सुरक्षाकर्मी परिचालन हुनेछन्। परिचालित दस्तामा म्यादी र नेपाल प्रहरीका टोली सहभागी हुनेछन्। सशस्त्र प्रहरीले पनि संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गरेको छ। संवेदनशील र अति संवेदनशील क्षेत्र लक्षित गरेर सशस्त्र प्रहरीले एक सय ११ स्थानमा ‘रिजर्भ फोर्स’ पनि ‘स्ट्यान्डबाई’ राखेको छ।

    त्यसबाहेक नेपाल प्रहरीको ‘ब्याकअप फोर्स’का रूपमा सबै मतदान केन्द्रमा सशस्त्र प्रहरी तयारीपूर्वक रहनेछ। निर्वाचन सुरक्षाका परिचालित अर्को सुरक्षा दस्ता नेपाली सेनाले पनि संवेदनशीलताकै आधरमा सुरक्षाकर्मी परिचालन गरेको छ। निर्वाचन अवधिभर सेनाले विशेषगरी भिभिआइपी, भिआइपी र उनीहरूका निवास, मुलुकभरका सबै कारागार, विमानस्थल, सबै सामरिक महत्वका क्षेत्रको सुरक्षा गर्नेछ। मतपत्र, मतदानपछि मतपेटिका सुरक्षा, मतदान बक्सको ढुवानीमा पनि सेनाका सुुरक्षाकर्मी परिचालन हुनेछन्। यस क्रममा सेनाले हवाई तथा स्थलगत गस्तीसमेत गर्नेछ। ‘निर्वाचनलाई बढी सुरक्षित र शान्तिपूर्ण बनाउन, मतदाताहरुलाई मतदान स्थलसम्म सुरक्षित रुपले जाने फर्कने वातावरण तयार गर्न सुरक्षाकर्मीहरु सहयोगी हुनेछन्, साथै अप्रिय घट्ना घटेमा त्यसलाई तुरुन्तै रेस्क्यू गर्न हेलिकोप्टरको समेत प्रयोग हुनेछ’, मन्त्रालयका प्रवक्ता पोखरेलले भने। निर्वाचनमा नेपाल प्रहरीको ७१ हजार ६ सय ९३, नेपाली सेनाका ७४ हजार र सशस्त्र प्रहरीको ३५ हजार सुरक्षाकर्मी खटाउने गृहको तयारी छ। त्यसमा म्यादी १ लाख १५ हजार पनि सँगै खटिनेछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑