• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:मंगलबार ०७ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपासंग तालमेल गर्दा एमालेलाइ सबै भन्दा बढि फाइदा मधेसमा

  • वीरगंज संजाल
  • २२ आश्विन २०७९, शनिबार १३:३३
  • २०६१

    वीरगंज । नेकपा एमाले सत्तारूढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)लाई मागेअनुसार सिट दिएर आफूतिर तान्ने प्रयासमा जुटेको छ । एमाले नेताहरूका अनुसार केही घण्टाभित्रै सहमति हुनसक्छ । त्यसो भएमा सत्ता गठबन्धनमा चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा रहने छ भने एमाले नेतृत्वको गठबन्धनमा जसपा र राष्ट्रिय प्रजातन्त्र पार्टी रहनेछ । जसपालाई आफूतिर ल्याउँदा एमालेले गठबन्धन फुटाउने मात्र होइन, चुनावी अंकगणितमा समेत राम्रै लाभ पाउने देखिन्छ । स्थानीय निर्वाचन २०७९ मा वडाध्यक्षहरूले पाएको मतका आधारमा हेर्दा पाँचदलीय गठबन्धनसँग एकल रूपमा लड्दा एमाले देशभरका १६५ क्षेत्रमध्ये जम्मा ९ सिटमा अगाडि देखिन्छ । राप्रपा थपिँदा यो अग्रता १७ मा पुग्थ्यो । जसपा पनि जोडिँदा यो सिट संख्या ४९ पुग्छ । सत्ता गठबन्धन ११५ र नेपाल मजदुर किसान पार्टी एक सिटमा अगाडि देखिन्छ । ५ प्रतिशतभन्दा कम मतान्तर भएको क्षेत्र ५१ हुनेछ, जसमा कुनै पनि पक्षले जित्ने सम्भावना हुन्छ ।

    मधेसमा एमाले र जसपा दुवैलाइ लाभैलाभ

    जसपालाई आफ्नो गठबन्धनमा ल्याउँदा नेकपा एमालेलाई आगामी निर्वाचनमा सबभन्दा ठूलो लाभ मधेस प्रदेशमा हुने देखिएको छ । सत्ता गठबन्धनसँग एकल रूपमा लड्दा मधेस प्रदेशका ८ जिल्लाका ३२ वटै निर्वाचन क्षेत्रमा एमाले पछाडि पर्छ । राप्रपा थपिँदा मधेसको गणितमा ठूलो फरक पर्दैन । यद्यपि एमालेले पछिल्लो समय मधेसमा आक्रामक रूपमा पार्टी प्रवेश अभियान चलाएको छ । यसले केही क्षेत्रको गणित फेरबदल गरेको छ । जसपा र राप्रपालाई साथमा लिन सक्दा एमाले गठबन्धनले स्थानीय चुनावकै मतका आधारमा मधेसका ११ क्षेत्रमा अगाडि हुनेछ । पर्साको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १, २, ३ र ४ मा, बाराको २ र ३ मा, सप्तरीको १ र ३ मा , सिराहाको १, २ र ४ मा , महोत्तरीको ३ मा एमाले जसपा गठबन्धन अगाडि हुनेछ ।

    अरु प्रदेशमा पनि फेरबदल हुनेछ गणित

    एमालेले जसपा र राप्रपासँग तालमेल गर्दा प्रदेश १ को झापा, मोरङ, सुनसरीमा लाभ उठाउनेछ । झापामा जसपाभन्दा राप्रपाले एमालेलाई धेरै मद्दत गर्छ । एमाले र राप्रपा मिल्नासाथ पाँचवटै क्षेत्रमा सत्ता गठबन्धन पछाडि पर्नेछ । जसपा थपिँदा मोरङको २ र ४ तथा सुनसरीको २, ३, ४ क्षेत्रमा एमाले गठबन्धन अगाडि हुनेछ । प्रदेश १ कै ताप्लेजुङ र धनकुटामा पनि यो गठबन्धन हावी हुनेछ । बाग्मती प्रदेशको काठमाडौंको ४ र ९, ललितपुरको १, चितवनको २ मा सत्ता गठबन्धनभन्दा एमाले गठबन्धन अगाडि हुनेछ । गण्डकी प्रदेशको म्याग्दी, कास्कीको ३, तनहुँको १ र स्याङ्जा तथा लुम्बिनी प्रदेशको पाल्पा नवलपरासी पश्चिम, रूपन्देहीको १, २, ४ र ५, कपिलवस्तुको १, २ र ३, दाङ १ र बाँके ३ मा पनि एमाले गठबन्धन अगाडि हुने स्थानीय चुनावको मतले देखाउँछ । एमाले नेताहरू पनि राप्रपा र जसपासँग गठबन्धन गर्दा मधेस प्रदेशमा जसपा र देशभरमा एमाले पहिलो पार्टी बन्ने दाबी गर्छन् । साभार : अनलाइनखबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑