• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:मंगलबार ०७ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लागुऔषध अमलीको फेरियो बाटो : सेवन गर्न सीमापारी कोठा भाडामा

  • वीरगंज संजाल
  • २१ आश्विन २०७९, शुक्रबार १३:२७
  • १८९३

    वीरगंज । लागुऔषध सेवन गर्न युवाहरुले महोत्तरीको सीमापारी कोठाभाडा लिने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ । पहिले युवाहरु सीमापारी गएर लागुऔषध सेवन गर्दै आएका थिए । तर, प्रहरी त्यसमा कडाई गरेपछि युवाहरु सीमापारी नै कोठा भाडा लिएर लागुऔषध सेवन गर्न थालेको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर रञ्जन मिश्रले बताए । ‘युवाहरु घरबाटै मोटरसाइकलमा सीमापारी जान्छन् । त्यहाँ उनीहरुले कोठाभाडा लिएका हुन्छन् । खाएर त्यही दिनभरी सुत्छन् । साँझ घर फर्किने गरेको अनुसन्धनबाट खुलेको छ,’ उनले भने । महोत्तरीको गौशाला–१२ स्थित सामुदायिक विकास युवा क्लब कान्तिबजार पडरियाले आयोजना गरेको ‘समाज र समाजिक चुनौति’ विषय अन्तरक्रिया कार्यक्रममा इन्स्पेक्टरले नयाँ तथ्य सार्वनिक गरेका हुन् । इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर रञ्जन मिश्रले सीमापारी कोठा भाडा लिएर युवा लागुऔषध सेवन गर्ने गरेको पाइएको बताए । उनले भने,‘यस्तो अवस्थामा दोषीलाई पक्राउ गरेर कारवाही गर्दा छुटाउनका लागि राजनीतिकर्मीहरुले प्रहरीलाई लाई दबाब दिने गरेको छ । प्रहरी कठोर भएर कारवाही गरिहेको छ ।’ गत आर्थिक वर्षमा इलाका प्रहरी कार्यालयले लागुऔषध ओसारपसार तथा सेवन शीर्षकमा ४४ वटा मुद्धा दर्ता गरेको थियो । जसमा ५२ जना युवाहरु पक्राउ गरेर कारवाही गरिएको इन्स्पेक्टर मिश्रले उल्लेख गरे । लागुऔषध दुव्र्यसनी न्यूनिकरणका लागि विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम सञ्‍चालन गरिएको छ । वैदेशिक रोजगारीहरुले पुरुषहरु पीडित भएको गौशाला प्रहरीले जनाएको छ । इन्स्पेक्टर मिश्रका उनका अनुसार गौशालमा सबैभन्दा बढी महिलासँग सम्बन्धित समस्या प्रहरीमा आउने गरेको छ । मधेश प्रदेशका गृह तथा सञ्‍चारमन्त्री भरतप्रसाद साहले लागुऔषधका अमलीहरुलाई अन्य कैदीसँग राख्दा जेलभित्र हिंसा बढाएको बताए । उनले लागुऔषधी अमलीहरुलाई छुट्टै राख्नु पर्नेमा उनले जोड दिए । लागुऔषध दुव्र्यसनीले परिवारको धनसम्पत्ति नासिदै गएको उनले बताए । ‘लागुऔषध दुव्र्यसनीमा बसेका युवाहरुलाई सुधार्नका लागि गौशालामा सुधार केन्द्र निर्माण भइरहेको छ ।

    लागुऔषध कारोवारलाई नियन्त्रणका लागि प्रहरीले काम गर्नु पर्छ,’ उनले भने । गौशाला नगरपालिका मेयर डा. दीपेन्द्र महतो लागुऔषध नियन्त्रणका लागि छिमेकी स्थानीय सरकार तथा सरोकारवाहरुसंग छलफल भइरहेको बताए । ‘लागुऔषध नियन्त्रणका लागि हामी कडा कदम चाल्छौं,’ उनले भने । समाजको विकृति न्यूनिकरणका लागि स्थानीय सरकारलाई सहयोग गर्न उनले सबैलाई सहयोग गरे । नगरपालिकामा हिंसा पीडित महिलाका लागि सेफ हाउस निर्माण गर्न लागेको बताए । वैदेशिक रोजगारीले पनि समाजमा महिला हिंसा बढाएको मेयर डा. महतोले उल्लेख गरे । युवा र वुद्धिजीविहरु पार्टीको गुलामा गरिरहेको छ । यो गलत संस्कार हो । यसलाई त्याग्नु पर्नेमा उनले जोड दिए । महिलाहरुलाई आत्मनिर्भर बनाए मात्रै समाज परिवर्तन हुने गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोले बताइन् ।अशिक्षाको कमीले समाजमा विकृति बढेको गौशाला नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नवीन साहले बताए । ‘लागुऔषध दुव्र्यसनीले समाजमा भयावहको रुप लिएको छ,’ उनले भने, ‘लागुऔषध दुव्र्यसनी नियन्त्रणका लागि सरकारले ठोस नीति लिनु पर्छ ।’ त्यस्तै उनले गाउँमा गरिने सडक अतिक्रम पनि एक प्रकारको विकृति रहेको उनले बताए । सडक अतिक्रमले सडक दुर्घटना बढाएकाले फराकिलो बनाउनु पर्नेमा उनले जोड दिए । गौशाला नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामनारायण महासेठले घरबाटै समाजिक कुरुती अन्तका लागि काम गर्नु पर्ने बताए । समाजिक कुरुतीविरुद्ध सबै मिलेर अघि बढ्नु पर्नेबारे बताए । छुवाछुत, बोक्सी प्रथा जस्ता कुप्रथाले समाजमा रहेका भुँइतहका मानिसहरु सबैभन्दा पीडित रहेको गौशाला नगरपालिका ११ का वडा अध्यक्ष रामपृत महतोले उल्लेख गरे । ‘समाजिक विकृतिले सबै भन्दा बढी महिलाहरु प्रताडित भइरहेका छन्’, उनले भने, ‘स्कूल शिक्षाबाट मात्रै समाजिक विकृति न्यूनीकरण गर्न सकिन्छ । ’गौशाला नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष कुशेश्वर महतो लागुऔषध समाजिक कुरुतिको रुप लिएको बताए । समाजिक संस्कार, संस्कृति र मूल्यमान्यताहरुलाई समरक्षण गरे मात्रै समाजिक कुरुतिहरुलाई निर्मूल गर्न सकिने उनले औंल्याए ।

    ‘पश्चिमा संस्कृतिलाई फेसनको रुपमा समाजमा भित्रिदा समाजिक चुनौतिहरु बढ्यो,’उनले भने, ‘ समाजिक कुरुति अन्त्यका लागि घरघरबाटै उठ्नु पर्छ ।’ समाजिक मञ्चमा समाजक चुनौतिहरुका बारे बहस चलाउनु पर्नेमा स्थानीय समाजसेवी रामचन्द्र सिंह कुशवाहाले औंल्याए । उनले स्कूल उमेरका १२ देखि २० वर्ष उमेर समूहका लागुऔषध दुव्र्यसनीमा फस्दै गएको बताए । ‘अबको १० वर्षपछि यो समाज कहा जान्छ त्यसको ठेगान छैन’, उनले भने, ‘हाम्रो युवा विनास तर्फ जाँदै छ त्यस बारे सबै पक्ष सचेत हुनुपर्छ ।’मिश्रित समाजले मात्रै विकासले फड्को मार्ने नेकपा एमालेका युवा नेता शंकर महतोले बताए । समाजले मान्दै आएको संस्कार र संस्कृति कुसंस्कार र संस्कृतिमा परिणत भइरहेको उनले बताए ।‘समाजमा अहंकार बढेको छ । यसले समाजमा विकृत्ति बढायो । यसलाई हामीले त्याग्नु पर्छ,’ उनले भने ।नेता महतोले समाजको समस्याहरुको ल्याबटेस्ट गर्नु पर्नेमा जोड दिए । ल्याबले दिएको रिपोर्ट अनुसार समाजिक समस्याहरुको उपचार गरिनु पर्ने उनले औंल्याए । विषादी खाद्यान्न उत्पादन प्रणाली समाजमा चुनौति थपेको नेता महतोले बताए । उत्पादन शिक्षा प्रणालीलाई विकास गर्नुमा समेत उनले जोड दिए । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रमेश महतो(राहुल)ले समाजबाट संस्कार र संस्कृति लोप हुँदै गएको बताए । संस्कार र सस्कृतिका राम्रा पक्षलाई जगर्ना गर्नुपर्नेमा उनले जोड दिए । ‘समाज रुपान्तरणका लागि सरोकारवालहरुको प्रतिबद्धता जरुरी छ । विकृति विरुद्ध सबै पक्ष उभिएपछि मात्रै समाजिक विकासले फड्को मार्छ,’ उनले भने । समाजमा विकृति फैलिनुको मुख्यकारण गलत राजनीतिक प्रवृत्ति रहेको उनले बताए । ‘दलहरुको दिशा स्पष्ट छैन । एनी हाउ सत्तामा कसरी जाऊ भन्ने मानसिकताले दलहरु ग्रसित छन्’, उनले भने, ‘राजनीतिको गलत संस्कारलाई सफा गर्ने अधिकार जनतामा छ । यसलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ ।’ दलहरुले सत्ता प्राप्तिको खेलमा रहेको उनले बताए । क्लबले पञ्चायतविरुद्धको आन्दोलनका घाइते, शिक्षासेवी, जनप्रतिनिधिहरुलाई सम्मान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑