• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / समाचार

    रक्सी धेरै पिएपछि ‘ह्याङओभर’ किन हुन्छ र कसरी जोगिने ?

  • वीरगंज संजाल
  • २० आश्विन २०७९, बिहीबार १९:२०
  • २१७३

    वीरगंज । मानिसहरु विभिन्न बहानामा रक्सी पिउने गर्छन। सुख, दुख, थकान आदि। अझ चाडपर्वको बेलामा त अधिकांश नेपालीलाई रक्सी नभई रमाइलो नै हुँदैन। थोरै थोरै भन्दा भन्दै रक्सी धेरै नै भइसकेको हुन्छ। अझ साथीभाईसँगको त झनै अनलीमिटेड… अधिक रक्सी पिएपछि प्राय: मानिसहरू ह्याङओभर भएको बताउँछन्। फेरि जो साथीले अघिल्लो दिन धेरै पिउन बल गरेको थियो उसैले भोलिपल्ट ह्याङओभर हटाउने उपायहरू पनि बताइरहेको हुन्छ। तर कुन उपायले तपाईँलाई ताजा बनाउला? त्यस्तो कुनै उपाय छ कि छैन? ह्याङओभरबाट कसरी छुटकारा पाउने भन्ने समस्या आजको होइन। इजिप्टमा भेटिएको १९०० वर्ष पुरानो एउटा भोजपत्रमा यसबाट मुक्ति पाउने उपाय लेखिएको थियो।

    अर्थात् उसबेला पनि मानिसहरू रक्सी धेरै पिएपछि त्यसले निम्तिने समस्याबाट हैरान थिए र त्यसको समाधान खोजिरहेका थिए। त्यो भोजपत्रमा जुन उपायहरू सुझाइएको थियो, त्यो आजको दिनमा व्यवहारमा लागु गर्न कठिन छ। तर आज पनि ह्याङओभर हटाउने अनेकौँ उपायहरू बताइन्छ। जस्तै क्यानरी भनिने चराको भुटेको मासु खानु, काँचो अण्डा खानु, गोलभेँडाको रस पिउनु, सस वा त्यस्तै चिज मिलाएर तयार पारिएको ओइस्टर खानु – आदि। रमाइलो कुरा के छ भने यीमध्ये कुनै पनि उपायले धेरै रक्सी पिएर तपाईँले भोगिरहनु भएको ह्याङओभर समस्याको समाधान गर्ने निश्चित छैन। निश्चित समयपछि यो समस्या आफै हराउँछ। त्यस अर्थमा समयसँगै ह्याङओभर हटेर जान्छ। यसको मुख्य कारण के हो भने आजको दिनसम्म ह्याङओभर किन हुन्छ भन्ने स्पष्ट थाहा भइसकेको छैन।

    किन हुन्छ त ह्याङओभर
    विज्ञानले के भन्छ भने जब अधिक रक्सी पिएर हामीलाई ह्याङओभर भएको अनुभव हुन्छ या भनौँ जब टाउको भारी भएर दुख्न थाल्छ, रिँगटा लाग्छ तबसम्म हाम्रो शरीरमा रक्सीको अंश बाँकी नै हुँदैन।

    त्यसो भए ह्याङओभर किन हुन्छ त?

    रक्सी इथानोलबाट बन्छ। यसलाई हाम्रो शरीरमा भएको इन्जाइमले विग्रह गरेर अन्य विभिन्न रसायनमा परिणत गरिदिन्छ। यीमध्यै सबैभन्दा महत्त्वपूर्ण एसिटेल्डिहाइड हो। यसलाई थप टुक्रा गरेर इन्जाइमले अर्को रसायन एसिटेटमा परिणत गरिदिन्छ। यही एसिटेट रसायन फ्याटीएसिड र पानीमा परिणत हुन्छ। केही वैज्ञानिकहरू ह्याङओभर यही एसिटेल्डिहाइडका कारण भएको विश्वास गर्छन्। तर केही अध्ययनहरूले यो रसायनको ह्याङओभरसँग प्रस्ट सम्बन्ध नहुने देखाएको छ। केही जानकारहरू भने रक्सीमा मिसाइने अरू नै रसायनका कारण ह्याङओभर हुने बताउँछन्। तिनलाई कन्जेनर्स भनिन्छ। ह्विस्की बनाउँदा अन्य धेरै किसिमका तत्त्व पनि निस्किन्छन्। धेरै पिएपछि मात्र मानिसहरूले तिनको उपस्थिति अनुभव गर्छन्। कडा रङ्गका रक्सीमा यसको मात्रा बढी हुन्छ। त्यसैले बर्बन पिउँदा उत्तिकै भोड्का पिएभन्दा बढी ह्याङओभरको अनुभूति हुन्छ। तर यसको असर व्यक्तिपिच्छे फरकफरक हुन्छ। साथै पिउनुको असर वा ह्याङओभर पनि पिउने मानिसको उमेर र पिएको मात्रा अनुसार भिन्न हुन्छ।

    थकाइ लागेको अनुभव किन हुन्छ

    वास्तवमा कुनै एउटा मात्रै कारणले ह्याङओभर हुँदैन। यसका विविध कारणहरू हुन्छन्। रक्सी पिउँदा हाम्रो शरीरमा हर्मोनको सन्तुलन खलबलिन्छ। यसबेला मानिसहरू अरुबेलाभन्दा धेरै पिसाब गर्न थाल्छन्। यसले उनीहरूको शरीरमा पानीको मात्रा कम हुन पुग्छ। टाउको भारी हुनु वा दुख्नु योसँग पनि सम्बन्धित छ।मदिरासेवनले निद्रामा पनि असर गर्छ। प्राय: मानिसहरू राति अबेरसम्म मदिरा पिउँछन्। जसको परिणामस्वरूप उनीहरू पर्याप्त सुत्न पाउँदैनन्। यसैकारण पनि उनीहरू थकान अनुभव गर्छन्।

    नेदरल्यान्ड्सको उत्रेख्त विश्वविद्यालयका प्राध्यापक योरिस सी वेर्सटर भन्छन्,”धेरै रक्सी सेवन गरेपछि हाम्रो शरीर त्यससँग लड्न थाल्छ ताकि त्यसले हाम्रो शरीरमा धेरै खराबी नगरोस्। त्यसै कारण पनि मानिसहरू धेरै पिएपछि अल्मलिएको जस्तो देखिन्छन्।” इन्टर्नेटमा ह्याङओभर हटाउने अनेकौँ उपायहरू लेखिएका भेटिन्छन्। कसैले केरा खाए राहत हुन्छ भन्छन्। किनकि रक्सी पिउनाले शरीरमा भएको पोटासियम नष्ट हुन्छ र केरा खाए त्यसमा भएको पोटासियमले शरीरमा त्यसको कमी पूरा हुन्छ। तर पोटासियमको कमी एक रात रक्सी खाँदैमा हुँदैन, जुन केरा खाएर तुरुन्तै पूर्ति होस्। कोही मानिसहरू ह्याङओभर हटाउन बिहान चिल्लोयुक्त नास्ता खानु पर्ने सुझाउँछन्। कोही भने पिउनु पहिल्यै पेटभरि खानु पर्ने बताउँछन्। केही मानिसहरू अण्डा खाने सल्लाह दिन्छन्। अण्डामा हुने एमिनो एसिड भनिने रसायन एसिटेल्डिहाइड टुक्र्याउन प्रयोग हुन्छ। त्यसैले अण्डा खाएर राहत मिल्छ भनिन्छ। तर त्यस्तो तत्त्व त अन्य खानामा पनि पाइन्छ। अहिलेको लागि भने रक्सी धेरै पिएर हुने समस्याबाट छुटकारा पाउने सबैभन्दा राम्रो उपाय भनेको आराम गर्नु, धेरै पानी पिउनु र एक चक्की एस्पिरिन लिनु हो। रक्सी पिउनुपूर्व राम्रोसँग खानेकुरा खानु र रक्सी पनि विस्तारै विस्तारै पिए ह्याङओभर कम हुन्छ। र, सबभन्दा राम्रो उपाय त धेरै रक्सी नपिउनु नै हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑