• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    जब डाक्टरले सफाइकर्मीलाई प्रेम प्रस्ताव राख्दा २ दिन त ज्वरो नै आयो

  • वीरगंज संजाल
  • २० आश्विन २०७९, बिहीबार २३:१९
  • ३१४५

    वीरगंज । पढेलेखेकी धनी परिवारकी केटी एउटा गरिब अनपढसँग मायामा परेको, मालिक्नीको छोरी घरमा काम गर्नेनोकरसँग मायामा परेको, कम्पनी मालिकी छोरी र कम्पनीको कामदारबीच प्रेम भएको जस्ता कथा हामी सिनेमाहरुमा धेरै देख्छौँ। यस्तो आदर्श वास्तविक जीवनमा विरलै भेटिन्छ। पाकिस्तानका एक जोडीको यस्तै खालको प्रेम चर्चामा छ। एक डाक्टरले र अस्तापलका सरसरफाइकर्मीले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेपछि यो जोडी चर्चित भएको हो। उनीहरुको विवाह केही महिनापहिल्यै भएको भएपनि चर्चा भने अहिले पनि भइरहेको छ। पाकिस्तानको ओकारा जिल्लाको दिपालपुर सहरस्थित एक अस्पतालमा एमबीबीएस डाक्टर किश्वर साहिबा काम गर्थिन्। दिपालपुरकै शहजाद नाममा युवा पनि सोही अस्पतालमा काम गर्थे। शाहजादको काम अस्पतालमा चिया पकाउने र सरसफाइ गर्ने थियो। अस्तपालमा किश्वर साहिबासहित ३ जना डाक्टर थिए अन्य दुई जना पुरुष थिए । शाहजाद हरेक दिन सबै डाक्टरको कोठा सफा गरिदिन्थे। आफ्नो दैनिक रुटिनअनुसार उनी सफा गर्न डाक्टर साहिबाको कोठामा पनि जाने गर्थे।

    एकदिन डा.साहिबाले शाहजादसँग फोन नम्बर मागिन्।उनीहरुले फोन नम्बर साटासाट गरे। राम्रो डाक्टर भएको र परिवारलाई आवश्यक पर्दा काम लाग्ने भनेर शाहजाद खुसी भए। त्यसपछि ह्वाट्सएपमा कुराकानी हुन थाल्यो। डा.साहिबाले शाहजादका हरेक स्टाटसमा लाइक गर्ने गर्थिन्। उनीसँग कुरा गर्न खोजिरहेकी हुन्थिन्। शाहजादले यसलाई सामान्य रुपमा लिने गर्थे। यसको केही महिनापछि एकदिन साहिबाले शाहजादलाई आफ्नो कोठामा बोलाइन्। केही काम थियो होला भनेर उनी गए। ‘हजुर म्याडम के थियो ? शाहजादले सोधे। उनी साहिबालाई कहिले म्याम, कहिले म्याडम, कहिले डाक्टर भनेर सम्बोधन गर्ने गर्थे। साहिबाले भनिन्–म तिमीलाई माया गर्छु, ६ महिनादेखि ह्वाट्सएपमा पछ्याइरहेकी छु। कुनै रेस्पोन्स गर्दैनौ ?’ यो कुरा सुनेपछि शहजाद आश्चर्यमा परे। डाक्टरले आफूसँग ठट्टा गरेको ठाने। उनले भने–‘म्याडम मसँग यस्तो मजाक नगर्नु न। तर डाक्टर साहिबाले आफूले साच्चिकै प्रेम गर्ने र जवाफ दिनका लागि भनेर २ दिनको समय दिइन्। अरुदिन ५ बजेसम्म अफिस बस्ने शहजाद त्यसदिन २ बजे नै घर गए। २ दिनसम्म अस्पतालमै आएनन्। २ दिनपछि अस्पताल आएपछि उनले डाक्टरलाई भने–‘म्याम मेरो हालत खराब भयो। मलाई ज्वरो आयो।’ डा.साहिबाले सोधिन्–‘के कारण ज्वरो आयो त ? म उपचार गर्छु।’शाहजादले भने–‘तपाईको कुराले ज्वरो आएको हो। मलाई अहिले ठीक भइसक्यो।’ शाहजाद हरेक दिन आफ्नो कोठामा आउने गरेकाले विस्तारै प्रेम भएको साहिबा सुनाउँछिन् ।आफ्नो सामु आएर उभिँदा उनको व्यक्तित्व डा.साहिबालाई धेरै राम्रो लाग्थ्यो । डाक्टरको अगाडि शहजाद सधैँ मुन्टो तल गरेर उभिन्थे। मिठो बोल्थे। उनले म्याम भनेर बोलाउँदा साहिबालाई निकै खुसी लाग्ने गर्थ्यो।

    दायाँबायाँ केही नसोची उसलाई प्रेम प्रस्ताव राखेको साहिबा सुनाउँछिन्। त्यो दिन साहिबालाई लाग्यो कि–अहिले भनिन् भने उसलाई पाउन सक्दिन। त्यसपछि उनीहरुको प्रेम यात्रा अघि बढ्यो तर शहजादसँग बिहे गर्ने कुरा साहिबाका परिवारले मान्दै मानेनन्। उनीहरुको प्रेममा अर्को रोचक कुरा पनि छ। एक बाबाले तन्त्रमन्त्रबाट साहिबाको परिवारलाई मान्ने बनाइदिन्छु भन्ने विश्वास दिलाएका कारण शहजादले तिनलाई २० हजार दिए।१५ दिनमा काम हुन्छ भनेका थिए। तर ३ महिना भयो। साहिबाको परिवार मान्न तयार भएन्। खैत कामै गरेन भनेर शाहजाद पैसा फिर्ता माग्न गए। ती बाबाले ५ हजार मात्रै फिर्ता दिए। त्यसपछि बाँकी पैसा एक, दुई हजार गर्दै ६ महिना लगाएर फिर्ता चाँही दिए। टीभीतिर विज्ञापन गरेको देखेर आफूले त्यही नम्बर टिपेर उसँग गएको शहजाद बताउँछन्। परिवारलाई बल्लतल्ब मनाएर बिहे भयो। सहकर्मीहरुले कुरा काट्ने, खिल्ली उडाउने गर्न थालेपछि डा.साहिबाले अस्पतालको जागिर छाडिदिइन्। अब आफैँ क्लिनिक खोल्ने तयारी भएको साहिबा र शाहजादले मेरा पाकिस्तान नामक युट्युब च्यानलसँग कुरा गर्दै बताएका छन्। यो जोडीले बेहेपछि आफ्नो दैनिक कसरी अगाडि बढिरहेको छ, प्रेम भनेको कस्तो हुन्छ भनेर देखाउन Kishwar village vlog नामको युट्युब च्यानल खोलेको छ। यसमा उनीहरुले आफ्ना दैनिक गतिविधिको भिडियो बनाएर सेयर गर्ने गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने
  • सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान नियंत्रणमा
  • कपडाको मूल्य घटाउने विषयमा विवाद हुँदा ग्राहकले गरे पसल सञ्चालकमाथि कुटपिट
  • जसपा नेपालका मधेस प्रदेश सांसद कुशवाहा पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान नियंत्रणमा

    कपडाको मूल्य घटाउने विषयमा विवाद हुँदा ग्राहकले गरे पसल सञ्चालकमाथि कुटपिट

    जसपा नेपालका मधेस प्रदेश सांसद कुशवाहा पक्राउ

    वीरगञ्जमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    वीरगञ्जको श्री पशुपति स्पाइसेसमा प्रहरीको छापा

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

    भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान नियंत्रणमा

    कपडाको मूल्य घटाउने विषयमा विवाद हुँदा ग्राहकले गरे पसल सञ्चालकमाथि कुटपिट

    जसपा नेपालका मधेस प्रदेश सांसद कुशवाहा पक्राउ

    वीरगञ्जमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

    News

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान नियंत्रणमा

    News

    कपडाको मूल्य घटाउने विषयमा विवाद हुँदा ग्राहकले गरे पसल सञ्चालकमाथि कुटपिट

    News

    जसपा नेपालका मधेस प्रदेश सांसद कुशवाहा पक्राउ

    News

    वीरगञ्जमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑