• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    डुङ्गा चलाएर दसैँ खर्च

  • वीरगंज संजाल
  • १९ आश्विन २०७९, बुधबार १४:३३
  • १४८५

    पोखरा । पोखराका चिजमान गुरुङले फेवातालमा डुंगा चलाउन थालेको २३ वर्ष भयो । ६२ वर्ष पुगेका उनले जीन्दगीको आधा उमेर त फेवाको पानीसँगै बिताएका छन् । बहाना खियाउन थालेको यतिका वर्ष भयो तर गएको २ वर्ष उनलाई ठूलो संकट पर्‍यो । कोरोना कालमा न उनले डुंगा चलाउन पाए, न चाडपर्व नै राम्रोसँग मनाएन भ्याए । गएको २ वर्ष निकै कष्टमा बितेको उनी सम्झन्छन् । ‘यतिका वर्ष भयो डुंगा चलाउन थालेको कोरोनाको बेलामा जस्तो दुख त कहिल्यै भोगिएन्,’ उनले भने, ‘अरु बेलाभन्दा चाडबाड आउँदा साह्रै मन दुख्ने ।’ हुन त उनले कोरोनाभन्दा अघि भूकम्पको समयमा पनि डुंगामा चढ्ने यात्री भेटेका थिएनन् । तर, त्यो बेला केही दिनपछि चहलपहल बढिहाल्यो । दुई वटा दसैँ ऋण खोजेरै मनाएका गुरुङले यसपालाको दसैँ आफ्नै कमाईले मनाउने भन्दै कस्सिएका छन् । वर्षायाम सकिएसँगै कोरानापछि उनी पहिलेभन्दा अलि व्यस्त हुन थालेका छन् । जसले गर्दा उनमा केही आशा पलाएको छ । ‘दुई वर्ष यता उता मागेरै दसैँ तिहार धाने,’ उनले भने, ‘यो वर्ष त पहिला पहिलाको जस्तो नभए पनि केही भएपनि पाहुनाहरू आउनुभएको छ, अलि अलि त कमाइएला नि ।’ आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै उनी चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन् ।

    कोरोना मत्थर भएसँगै पोखरामा पर्यटकहरूको संख्या बढेपछि आफूसँगै अरु डुंगा चालकहरू पनि व्यस्त हुन थालेको डुंगा चालक गुरुङले बताए । पोखरा आएका पाहुनाहरू एकपटक फेवाताल पुगेर डुंगा सयर गर्ने उनको भनाइ थियो । यसरी फेवातालमा डुंगा चढ्नुहुने पाहुनाका कारण आफ्नो आम्दानी बढेको गुरुङले जानकारी दिए । ‘कोरोना घटेपछि पाहुनाहरू आएर डुंगा चढ्नुहुन्छ अलि अलि भएनि कमाइएको छ,’ उनले भने । पहिले दैनिक पन्ध्र सयसम्म आम्दानी गर्ने गुरुङले अहिले दैनिक आठ सय सम्म कमाउँछन् । पानी पर्न छाडेपछि फेवातालमा डुंगा सयर गर्ने र तालबाराही दर्शन गर्नेको संख्या बढेको फेवा डुंगा व्यावसायी संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए । जसले गर्दा डुंगा व्यावसायी र चालक खुसी भएका उनको भनाई छ । अहिले फेवतालमा डुंगा सञ्चालन हुने फेवातालका ८ वटा घाटमा यात्रीहरूको पुगेका छन् । बाराही, फिस्टेल, अम्बोट, गौरी, पहारी, स्वीमिङपुल, फेवा र बङ्लादी गरी आठ घाटमा कोरोनाकालको तुलनामा यात्रु पुग्ने गरेको अध्यक्ष गिरीले सुनाए । सबै घाटमा चल्ने डुंगाको संख्या सात सय २६ वटा छ ।

    ती डुंगा चलाउने २५ जना महिला छन्, भने बाँकी सबै पुरुष हुन् । महिलाहरूले चलाउन सक्दैन भनेर चढ्न नमान्ने गरेकाले उनीहरूले पनि सुरक्षित रुपमा डुंगा खियाउन सक्ने उनको भनाई थियो । ‘हामी कहाँ सात सय २६ डुंगा छन् त्यसमा धेरै पुरुष चालक छन्, महिलाको संख्या कम छ,’ उनले भने, ‘महिलाले चलाउन सक्दैनन् भनेर पनि चढ्न खोज्दैनन् तर त्यसो होईन डुंगा चलाउन महिला पुरुष बराबर छन् ।’ पर्यटकहरूको संख्या बढेसँगै चालक तथा व्यावसायीहरूको यो पटकको दसैँ केही भएपनि सहज हुने गिरीको भनाइ छ । ‘लगभग सबै घाटमा चालकहरू व्यस्त नै छन्,’ उनले भने, ‘यो पटक उनीहरूलाई ऋण खोजेर दसैँ मनाउन नपर्ला की ।’बाराहीघाट देखि बाराही मन्दिरसम्म पुगेर फर्केको ६० रुपैयाँ भाडा हो तर, यहाँ चालकहरूले मनोमानी रुपले पैसा लियो भन्ने यात्रुहरूबाट गुनासो आउँछ । जसका फेवा डुंगा व्यावसायी संगठनले अनुगमन समिति पनि बनाएको छ । समितिले निरिक्षण गर्न थालेपछि पर्यटकहरूको गुनासोमा कमी आएको अनुगमन टोलीको संयोजक प्रितम कुँवरले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑