• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्व छ : वनमन्त्री यादव

  • वीरगंज संजाल
  • १३ आश्विन २०७९, बिहीबार १९:३९
  • १७०९

    वीरगंज । वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्व रहेको बताएका छन् । अमेरिकामा जारी ‘ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरम’ २०२२ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण विभिन्न खालका घटना बढ्दै गइरहेकामा चिन्ता व्यक्त गरे । उनले भने, “जलवायु परिवर्तनले विभिन्न समस्या उत्पन्न गराइरहेको छ, जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको आवश्यकता छ ।” मन्त्री यादवले कार्यक्रममा सहभागी हुन पाउनु नेपालका लागि सम्मानको विषय भएको जानकारी गराए । उनले नेपालले जलवायु परिवर्तन नीति २०१९ लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जलवायु परिवर्तन एजेन्डाको लागि नेपालको प्राथमिक मार्गदर्शक दस्तावेजको रुपमा कार्यान्वयन गरिरहेको जानकारी दिए । उनले सन् २०२१ मा नेपालले नेट शून्य उत्सर्जनका लागि दीर्घकालीन रणनीति विकास गरेको हुँदा यसको माध्यमबाट २०३० सम्ममा अत्यन्त न्यून उत्सर्जन र २०४५ सम्ममा पूर्ण शून्य उत्सर्जन हासिल गर्ने प्रयास गरेको जानकारी गराए ।

    मन्त्री यादवले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र पहिले नै तापमान र वर्षामा विश्वव्यापी औसत भन्दा धेरै छिटो दरमा परिवर्तन अनुभव गरिसकेकाले भौगोलिक रुपमा नेपालका हिमालमा द्रुत हिउँ र बरफ पग्लने र मनसुनको समयमा पहाडी क्षेत्रमा मुसलधारे वर्षाका कारण उत्पन्न हुने जलवायु जोखिमको दायरामा परेको बताए । सन् २०२० मा नेपालले पेरिस जलवायु सम्झौतालाई अनुमोदन गर्नुका साथै र उत्सर्जन घटाउने देशको प्रतिबद्धतालाई सुदृढ पार्ने उद्देश्यले दोस्रो एनडिसी पेस गरेको जानकारी गराए । उनले नेपालले वित्तीय स्रोत, उन्नत प्रविधि र उच्च दक्ष जनशक्तिको माग गर्दै आएको र नेपालका साझेदारहरू लगायत अन्तर्राष्ट्रिय समुदायको सहयोगबिना नेपालले मात्रै निर्धारित लक्ष्य हासिल गर्न नसक्ने समेत स्पष्ट पारे । नेपालको दीर्घकालीन रणनीतिले कार्बन तटस्थ, समावेशी र जलवायु अनुकूल भविष्यतर्फ साहसी नीति निर्माण, सामाजिक रुपान्तरण र प्राविधिक विकासको परिकल्पना गरेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जलवायु परिवर्तन नीति र ‘एजेन्डा’मा काम गर्न आवश्यक संस्थागत क्षमता तयार गरिरहेको उनले जिकिर गरे ।

    नेपालको जलवायु परिवर्तन परिषद् अन्तर्राष्ट्रिय जलवायु परिवर्तन एजेन्डा समन्वय गर्ने संस्थागत निकाय भएको र नेपाल सरकारले जलवायु परिवर्तन सम्बन्धी आवश्यक नीति र सङ्गठनात्मक क्षमता राखेको भए पनि स्रोत र प्रविधिको सीमितताका कारण कार्यान्वयनमा चुनौती हुँदै आएको बताए । नेपाल साझा तर फरक जिम्मेवारी र क्षमताको सिद्धान्तमा जलवायु कार्यलाई तीव्रता दिन प्रतिबद्ध रहेको मन्त्री यादवले उक्त कार्यक्रममा जानकारी गराए । नेपालले पनि स्वच्छ ऊर्जा व्यापारमार्फत आफ्नो सिमाना बाहिर न्यूनीकरण योगदानको लागि मान्यता खोज्दै आएको र जलवायु र स्वच्छ वायु गठबन्धनमा नेपालको सदस्यताले राष्ट्रिय रणनीति र अन्तर्राष्ट्रिय प्रतिबद्धता हासिल गर्न मद्दत गर्ने उनले जानकारी दिए । नेपाल जस्ता विकासोन्मुख देशका लागि अनुकूलन बढी महत्व पूर्ण भएको र जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्व रहेको उनले चर्चा गरे । नेपालले जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्याउने परियोजनाको ‘पाइलटिङ’ गरिरहेको जानकारी गराउँदै मन्त्री यादवले नेपालले नेपालमा बढ्दो समस्यालाई सम्बोधन गर्न मानिस, जनावर र वातावरणका लागि स्वास्थ्य नीति ल्याउन लागेको जानकारी दिए । नेपालमा अल्पकालीन जलवायु प्रदूषण र अन्य प्रयास तथा प्रतिबद्धता कम गर्न सिसिएसीसँग निरन्तर समन्वयको अपेक्षा गर्दै आएको मन्त्री यादवले सो कार्यक्रममा जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑