• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निर्वाचन आयोगले गरे निर्वाचन आचारसंहिता लागु

  • वीरगंज संजाल
  • १२ आश्विन २०७९, बुधबार ११:२८
  • १८२१

    वीरगंज । निर्वाचन आयोगले मंगलबार मध्यरात देखि निर्वाचन आचारसंहिता लागू गरेको छ । आचारसंहिता लागू भएसँगै सरकारी निकाय वा सार्वजनिक संस्था वा अर्धसरकारी संस्था, सुरक्षा निकाय, सञ्चारमाध्यमलगायतले निष्पक्ष ढंगले प्रस्तुत हुनुपर्ने भएको छ ।मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि जारी आचारसंहिताले नयाँ नीति, योजना र कार्यक्रम घोषणा गर्न सरकारलाई पनि रोक लगाएको छ । आचारसंहिता लागू भएपछि वार्षिक बजेट तथा कार्यक्रममा उल्लेख भएका बाहेक कार्यक्रम घोषणा, स्वीकृत र सञ्चालन गर्न पाइने छैन ।यस्तै आचारसंहिता लागू भएसँगै अब शिलान्यास, उद्घाटन, सर्वेक्षण, सम्भाव्यता अध्ययन र अनुदानका कार्यक्रम पनि गर्न पाइँदैन । राजनीतिक नियुक्ति, नयाँ पद सिर्जना, पदपूर्ति, भत्ता वृद्धिलगायतको आर्थिक सुविधा र पुरस्कार प्रदान गर्न पनि आचारसंहिताले रोक लगाएको छ ।आचारसंहितामा प्रधानमन्त्री, मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री तथा स्थानीय तहका कार्यपालिका सदस्यलाई चुनाव प्रचार प्रसारमा कडाइ गरिएको छ । प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै गर्न प्रचारप्रसार गर्न पाउने भनिएको छ । राजनीतिक दलहरूले यस प्रावधानको विरोध जनाउँदै आएका छन् ।

    दलको मागअनुसार उनीहरूलाई आयोगको अनुमति लिएर चुनाव प्रचारमा जान दिने तर सरकारी स्रोतसाधन प्रयोगमा रोक लगाउने गरी यो प्रावधान संशोधनको तयारी भइरहेको आयोग स्रोतले जनाएको छ । चुनाव प्रचारप्रसारमा २५ जनाभन्दा बढी जान पाइने छैन । उम्मेदवारी दिन जाँदा पनि समर्थक र प्रस्तावकसहित बढीमा २५ जना मात्र लान पाइनेछ । उम्मेदवारी दर्ता र प्रचारप्रसारमा जुलुस लान नहुने, बाजा–झाँकी प्रयोग गर्न नहुने आचारसंहितामा उल्लेख छ । दल र उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा कुनै पनि प्रकारको ¥याली गर्दा पार्टीको झन्डा बढीमा १० वटा मात्रै प्रयोग गर्न पाउनेछन्  । राष्ट्रिय झन्डा प्रयोगमा रोक लगाइएको छ । राजनीतिक दलले हेलिकोप्टर प्रयोग गर्नुपर्दा आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणालीअनुसार बन्दसूचीका उम्मेदवारको संख्याका आधारमा गर्न पाउने खर्चको सीमाभित्र रहनुपर्नेछ । राजनीतिक दलको खर्चको सीमा बढीमा ३३ लाख रुपैयाँसम्म तोक्ने प्रस्ताव छ । राजनीतिक दलले प्रचारप्रसारमा आफ्नोतर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगबाट बुझाउनुपर्नेछ ।आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने आयोगले जनाएको छ । निर्वाचन अधिकृतको अनुमति लिएर उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुई पाङ्ग्रे वा चारपाङ्ग्रे सवारीसाधन निर्वाचन प्रचारमा प्रयोग गर्न सकिनेछ । सवारी नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने प्रावधान छ । आयोगले विदेशी नम्बर प्लेटको सवारीसाधनलाई प्रचारप्रसार गर्न रोक लगाएको छ ।

    बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै चुनाव प्रचार गर्न पाइनेछ । उम्मेदवारले वैयक्तिक विवरण र सम्पत्ति विवरण खामबन्दी पेस गर्नुपर्ने प्रावधान छ । व्यक्तिगत विवरण अन्तिम नामावली प्रकाशन भएपछि निर्वाचन अधिकृतले आफ्नो कार्यालयमा प्रकाशन गरी आयोगमा पठाउनेछ । आयोगले यसलाई सार्वजनिक गर्नेछ ।उम्मेदवार बन्न स्थानीय तह निर्वाचनमा जस्तै पेस्की, बेरुजु फर्स्योट गर्नुपर्नेछ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकाहरूले खर्च विवरण समयमै बुझाएका छैनन् भने ५० हजारदेखि साढे सात लाखसम्म जरिवाना तिरेर उम्मेदवार बन्नुपर्नेछ । जरिवाना नतिरे आउँदो ६ वर्षसम्म उम्मेदवार हुन नपाउने कानुनी व्यवस्थालाई आयोगले कडाइ गरेको छ । निर्वाचनमा विजयी उम्मेदवारले पनि कुनै प्रकारको भोज, भतेर गर्न वा नगद वा जिन्सी बाँड्न नहुने व्यवस्था पनि आचारसंहितामा उल्लेख छ ।आचारसंहितामा मन्त्री, संवैधानिक निकाय, कर्मचारी, सुरक्षाकर्मी, विद्यालय, विश्वविद्यालय, राजनीतिक दल, सञ्चारमाध्यम लगायतले पालना गर्नुपर्ने नियम समेटिएको छ । निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई मंगलबार ६० बुँदे निर्देशन जारी गरेको छ ।केन्द्रमा आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्लामा मुख्य निर्वाच अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति गठन हुनेछ । प्रमुख जिल्ला अधिकारी सहसंयोजक र निर्वाचन अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिइएको छ । ‘आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु,’ प्रमुख निर्वाच आयुक्त दिनेश थपलियाले भने । साभार : कान्तिपुर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑