वीरगंज । पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा न.२ निवासी शेख मुन्ना भारतको राजधानी दिल्ली सम्म २२ दिनमा पैदल यात्रा गरेर बिश्व रेकर्ड राख्न सफल भएका छन् ।
शेख मुन्नालाइ आज एक कार्यक्रमको आयोजना गरि यु डि बाइ सेफ कम्प्युटर एजुकेशनका प्रशिक्षक बंशीधर गुप्ताको अध्यक्षतामा तथा एजुकेशन संस्थाका बिद्यार्थी तथा प्रशिक्षकहरुको उपस्थितीमा स्वागत सम्मान गरियो ।
शेख मुन्नाले आफ्नो पैदल यात्राको क्रममा भोगेको अनुभव उपल्बधिबारे बिद्यार्थीहरु समक्ष आफ्नो मन्तब्य तथा अन्तरकृयामा सहभागी भएर सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ।