• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लमजुङ अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित

  • वीरगंज संजाल
  • २९ भाद्र २०७९, बुधबार १३:०१
  • १५२१

    लमजुङ । गण्डकी प्रदेश सरकारको साउन १६ मा बसेको मन्त्रिपरिषद्को बैठकले जिल्ला अस्पताल लमजुङको व्यवस्थापन गरिरहेको मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) सँगको ५ वर्षे सम्झौता खारेज गर्‍यो । ३ महिनाभित्र अस्पताल हस्तान्तरण गर्न निर्देशन नै दियो । प्रदेश सरकारले अस्पताल आफैं सञ्चालन गर्ने भन्दै यस वर्षको बजेट वक्तव्यमार्फत ७ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यसपछि अस्पतालमा करारमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी अन्योलमा परे । स्वास्थ्यकर्मी र कर्मचारीले रोजगारीको ग्यारेन्टी गर्न प्रमुख जिल्ला अधिकारी सुशील वैद्यमार्फत २ पटकसम्म प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्यमन्त्री मधु अधिकारी गुरुङलाई ज्ञापनपत्र पठाए । उनीहरूको माग सम्बोधन गर्नुको सट्टा प्रदेश सरकारले भदौ पहिलो साता अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी भर्ना गर्‍यो । कर्मचारीका अनुसार उनीहरूलाई आन्दोलन नगर्न आश्वासन दिइएको थियो । आन्दोलन गर्नेलाई पछि अस्पतालमा नराख्नेसम्मको चेतावनी दिइएको उनीहरूको दाबी छ ।

    तर, आफ्ना माग सम्बोधन गर्न माग गर्दै स्वास्थ्यकर्मी र कर्मचारीले आन्दोलन थालेका छन् । उनीहरूले सोमबार र मंगलबार हातमा कालोपट्टी बाँधेर रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै अस्पताल गेटअघि एक घण्टा धर्ना दिए । अस्पताल हस्तान्तरण गर्नुभन्दा पहिला प्रदेश सरकारले आफूहरूको उचित व्यवस्थापन गर्नुपर्ने माग राख्दै धर्ना दिइएको संघर्ष समितिका संयोजक गणेश गुरुङले बताए । ‘स्थापन समितिमार्फत प्रदेश सरकारले अस्पतालमा हाल कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारीको पूर्ण रोजगारीको सुनिश्चित गर्नुपर्छ,’ उनले भने, ‘माग पूरा नहुँदासम्म आन्दोलन जारी रहन्छ ।’ ज्ञापनपत्र बुझाउँदा पनि माग सम्बोधन नभएको भन्दै आन्दोलनमा उत्रिनु परेको उनले बताए । अस्पतालमा १ सय १२ जना करारका स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन् । २०३२ सालमा स्थापित १५ शय्याको जिल्ला अस्पताल २०५८ सालमा समुदायलाई हस्तान्तरण गरिएको थियो । सरकारको पब्लिक प्राइभेट पार्टनरसिप नीतिअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, एचडीसीएस र लमजुङ एकीकृत स्वास्थ्य केन्द्रबीचको सम्झौताअनुसार सुरुमा ५ वर्ष सञ्चालन गरिएको थियो । सरकारले त्यसपछि एचडीएससँग मात्रै सम्झौता गरेको थियो ।

    सम्झौताअनुसार २०८२ सालसम्मका लागि अस्पताल व्यवस्थापनको जिम्मा एचडीएसले लिएको थियो । प्रदेशको तत्कालीन सामाजिक विकास मन्त्रालय र एचडीसीएसबीच अस्पताल व्यवस्थापन सम्बन्धमा २०७७ कात्तिक २७ मा ५ वर्षे सम्झौता भएको थियो । सञ्चालन अवधि पूरा नहुँदै प्रदेश सरकारले यसै वर्ष सम्झौता खारेज गर्ने निर्णय गरेको हो । त्यसयता नागरिक समाजले सरकारी निर्णयविरुद्ध आन्दोलन गरिरहेका छन् । अहिले स्वास्थ्यकर्मी र कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन् । अस्पताल सञ्चालनमा वार्षिक १५ करोड रुपैयाँभन्दा बढी खर्च हुँदै आएको छ । प्रदेश सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय मातहतमा रहने गरी ५० शय्याको जिल्ला अस्पतालका रूपमा सञ्चालन गर्ने बताएको छ । एचडीसीएसले भने विशेषज्ञ सेवासहित ६० शय्याको अस्पताल सञ्चालन गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑