• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    टी-२० एसिया कप: श्रीलंकाको दबदबालाई पन्छाउने लक्ष्यमा पाकिस्तान

  • वीरगंज संजाल
  • २६ भाद्र २०७९, आईतवार १८:१६
  • २५८९

    वीरगंज । यूएईमा जारी १५औं संस्करणको टी-२० एसिया कपको उपाधि भिडन्त आज आइतचार हुँदैछ। उपाधिका लागि पाकिस्तानले श्रीलंकाको सामना गर्नेछ। खेल नेपाली समयअनुसार आज साँझ ७:४५ बाट सुरु हुनेछ। प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तान कमजोर प्रदर्शन गर्दै श्रीलंकासँग आठ विकेटले पराजित भएको थियो। यो नतिजासँगै श्रीलंका समूह चरणबाटै बाहिरिने आशंका गर्न थालिएको थियो। तर त्यसपछि अप्रत्याशित रुपमा अपराजित श्रीलंकाले फाइनलसम्मको यात्रा तय गर्यो। श्रीलंकाले भारत, पाकिस्तान, अफगानिस्थान र बांग्लादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनायो। सुपर फोरमा पाकिस्तान र भारतलाई पराजित गर्दै श्रीलंका अपराजित रह्यो। उता पाकिस्तानले भने प्रतियोगितामा सोचे नुसारको प्रदर्शन गर्न सकिरहेको छैन। पाकिस्तान पहिलो खेलमा भारतसँग र सुपर फोरमा श्रीलंकासँग समान पाँच विकेटले पराजित भएको थियो। विश्व वरीयतामा टि-२० तर्फ नम्बर १ खेलाडी अर्थात कप्तान बाबर आजमले पनि प्रतियोगितामा सम्झनलायक प्रदर्शन गर्न सकिरहेका छैनन्। पाकिस्तानी टिममा बाबर र रिजवानको प्रदर्शनले ठूलो प्रभाव पार्ने गर्छ तर यी दुवै खेलाडीले राम्रो खेल्न सकिरहेका छैनन्। फाइनलमा यी दुई खेलाडीको प्रदर्शनले पाकिस्तानको भविष्य निर्धारण गर्नेछ। यी दुई टोलीले अकआपसमा सन् १९८६, २००० र सन् २०१४ मा फाइनल खेलेका छन्।

    जसमध्ये श्रीलंकाले दुई फाइनल पाकिस्तान विरुद्ध जितेको छ भने पाकिस्तानले एकपटकमात्र जितेको छ। उपाधिलाई लिएर पाकिस्तानका कप्तान बाबर आजम आफ्नो टिम राम्रो रहेको र सबैले टिमलाई उपाधि जिताउन राम्रो प्रदर्शन गर्ने बताए। ‘हामी फाइनल पुगेको विषयले हामीलाई धेरै उत्साहित बनाएको छ। फाइनलमा स्थान बनाएकोमा हामी सबै धेरै खुशी छौं। सबै खेलाडीको आ-आफ्नै भूमिका छ, उनीहरुले त्यसलाई पूरा पनि गरिरहेका छन्। टिमले कहिले उच्च प्रदर्शन गर्छ त कहिले सोचे जस्तो गर्न सक्दैन। खेलमा यस्तो हुनु सामान्य हो। तर हामीले राम्रो टिम बनाएका छौं। टिमका सबै खेलाडीले टिमलाई जिताउनका लागि संघर्ष गर्नेछन्। हाम्रा सबै खेलाडी फिट छन्, जसले गर्दा हाम्रो टिम राम्रो र बलियो पनि छ। म टिमको कप्तानको नाताले यो फाइनल मेरा लागि झनै विशेष र महत्वपूर्ण पनि छ। मेरो मात्रै नभई टिमको सफलताका लागि म सधैं सहयोग गर्ने छु,’ बाबरले भने। उनले अब आफूहरु फाइनल भन्दा एक कदम मात्रै टाढा रहेको र आफ्नो सपना पनि एसिया कपको उपाधि जित्ने रहेको बताएका छन्। श्रीलंकाका कप्तान दासुन शानाकाले पनि पाकिस्तान राम्रो टिम रहेको र आफ्नो टिम उनीहरुविरुद्ध खेल्न उत्साहित रहेको बताए। फाइनल खेलअघिको प्रेस कन्फ्रेन्समा उनले भने, ‘एउटा टिमको रुपमा हामी फाइनल खेल्न धेरै उत्साहित र आतुर छौं। पाकिस्तान धेरै राम्रो टिम हो। प्रतियोगितामा सबै खेलहरु कडा प्रतिस्पर्धात्मक थिए, फाइनल अझ विशेष हुनेछ। यो प्रतियोगितालाई हेर्दा हाम्रो इतिहासकै महत्वपूर्ण प्रतियोगिता रह्यो। किनकी हामीले यहाँ राम्रो टिमलाई पराजित गरिसकेका छौं। विगतलाई हेर्दा हामीसँग यसअघि नै धेरै उपाधिहरु छन्, हामी यसलाई निरन्तरता दिन चाहन्छौं र हामी त्यही अनुसार अगाडि बढ्नेछौं।’

    प्रतियोगितामा दुई टोलीको इतिहास
    सन् १९८४ बाट सुरु भएको एसिया कप क्रिकेटको यो १५औं संस्करण हो। यी दुईटिमको एसिया कपमा इतिहास हेर्ने हो भने पाकिस्तानभन्दा श्रीलंका धेरै बलियो देखिन्छ। एसिया कपको सर्वाधिक सफल टिम भारतपछिको अर्को श्रीलंका हो। १४ वटा संस्करणमध्ये सन् २०१२, १६ र १८ बाहेक ११ वटा प्रतियोगिताको फाइनल खेलेको श्रीलंका एसिया कपमा सबैभन्दा धेरे फाइनल खेल्ने टिम समेत हो। ११ पटक फाइनल खेलेको उसले अहिलेसम्म पाँच पटक प्रतियोगिताको उपाधि जितिसकेको छ सन् १९८६ मा पहिलो पटक आफ्नै मैदानमा भएको खेलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। अन्तिमपटक सन् २०१४ पाकिस्तानलाई नै पाँच विकेटले पराजित गर्दै उपाधि जितेको श्रीलंका त्यसपछिका दुई संस्करणमा फाइनलमा पनि पुग्न सकेन। आइतबार बेलुकीको फाइनल खेल जित्दै श्रीलंका छैटौं पटक उपाधि रक्षा गर्ने योजनामा छ।

    पाकिस्तान भने प्रतियोगितामा तेस्रो उपाधिको खोजीमा मैदान उत्रिँदै छ। पछिल्लो समय उच्च प्रदर्शन गर्दै आएको पाकिस्तानले अहिलेसम्म दुईपटक मात्र उपाधि जितेको छ। सन् २००० र २०१२ जित्नुबाहेक पाकिस्तानले अन्य संस्करणमा उपाधि जित्न सकेन। दोस्रो संस्करणमा फाइनल पुगे पनि पाकिस्तान श्रीलंकासँग पराजित भएर उपाधि जित्न सकेन। अहिलेसम्म चारपटक मात्र फाइनल खेलेको पाकिस्तान दुईमा विजयी र दुईमा पराजित भएको छ। सन् २०१२ मा बांग्लादेशलाई उसकै मैदानमा दुई रनको झिनो अन्तरले पराजित गर्दै उपाधि जितेको पाकिस्तानले त्यसपछि उपाधि जित्न सकेको छैन। यी दुई टोलीले अकआपसमा सन् १९८६, २००० र सन् २०१४ मा फाइनल खेलेका छन्। जसमध्ये श्रीलंकाले दुई फाइनल पाकिस्तान विरुद्ध जितेको छ भने पाकिस्तानले एकपटकमात्र जितेको छ। यसरी विगतलाई हेर्दा प्रतियोगितामा श्रीलंका धेरैपटक पाकिस्तान विरुद्ध हावी भएको देखिन्छ। तर पाकिस्तान श्रीलंकाको दबदबालाई पन्छाउँदै उपाधि जितेर अघिल्ला प्रतियोगितामा व्यहोरेको हारको बदला लिने लक्ष्यमा रहेको छ भने श्रीलंका आफ्नो दबदबालाई कायमै राख्दै भारतसँगको उपाधि अन्तरलाई घटाउने लक्ष्यामा रहेको छ। भारतले सर्वाधिक सात पटक एसिया कपको उपाधि जितिसकेको छ।

    पाकिस्तानको सम्भावित प्लेइङ-११
    बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेट किपर), फखर जमान, इफ्तिखार अहमद, खुशदिल शाह, शादाब खान, आसिफ अली, मोहम्मद नवाज, नसीम शाह, हरिस रउफ र मोहम्मद हसनैन

    श्रीलंकाको सम्भावित प्लेइङ-११
    कुशल मेन्डिस (विकेट किपर), पाथुम निसान्का, धनन्जया डि सिल्भा, दनुष्का गुनाथिलका, दासुन शानाका (कप्तान), भानुका राजपाक्षे, चमिका करुणारत्ने, वानिन्दु हसरंगा, महेश थिकशाना, प्रमोद मदुशन र दिलशान मदुशंका

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑