• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    घर जान हिँडेकी बालिका दिल्लीको कोठीमा

  • वीरगंज संजाल
  • २८ कार्तिक २०७६, बिहीबार ०९:१२
  • ५०६७

    काठमाडौं : आमाको मृत्युपछि बुबाले कान्छी श्रीमती ल्याए । बालिकाले बुबाबाट वात्सल्य पाइनन् । पेट पाल्ने आधार खोज्दै १५ वर्षीया बालिका काठमाडौं छिरिन् । एउटा घरमा घरेलु कामदार बनिन् । सामान्य जीवन चल्दै थियो । त्यहीवेला नाताले काकी पर्ने नुवाकोट सूर्यगढी–६ की कृष्णमाया उनको सम्पर्कमा आइन् । बालिकाले दुःख सुनाएपछि कृष्णमायाले जागिरको आश्वासन दिइन् । बालिका आफू बस्दै गरेको घर छाडेर कृष्णमायाको डेरामा पुगिन् ।

    घटना ०६८ माघको हो । आफ्नो गाउँ लैजाने भन्दै कृष्णमायाले बालिकालाई गाडी चढाइन् । बसमा बान्ता रोक्ने भन्दै औषधि खुवाइन् । तर, औषधि बेहोस गराउने थियो । ब्युँझिँदा बालिका दिल्ली पुगिसकेकी थिइन् । कृष्णमायाले १० हजार भारु लिएर बालिकालाई कोठीमा सुम्पिइन् । सुरुको एक महिना कोठामा बन्धक बनाएर उनलाई जवान बनाउने सुई र औषधि दिइयो । त्यसपछि वेश्यावृत्तिमा लगाइयो ।

    घटनाको आठ वर्षपछि बुधबार प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले बालिका बेच्ने कृष्णमायालाई पक्राउ गरेको छ । बालिकालाई झुक्याएर दिल्लीमा बेचेको प्रहरीले जनाएको छ । कृष्णमाया काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेकी हुन् । घटनामा कृष्णमायाका श्रीमान् शेरबहादुरको समेत संलग्नता देखिएको भन्दै खोजी भइरहेको ब्युरोका एसपी अनुपमशमशेर राणाले बताए । भारतमा बन्धक बनाएर बालिकालाई सुई लगाउने लक्ष्मी र हेमा नामका महिलाको पनि खोजी सुरु गरेको छ ।

    ग्राहकले गरेका थिए उद्धार
    कोठीमा पुगेका नेपाली ग्राहकले ०७५ जेठमा उद्धार गरेका थिए । बालिका हुँदा बेचिएकी उनी उद्धार हुँदा २२ वर्षकी भइसकेकी थिइन् । त्यसपछि उनी माइती नेपालको सहयोगमा देश फर्किन् । तर, एक वर्षपछि मात्रै प्रहरीमा उजुरी दिन तयार भएकी थिइन् । उनकै उजुरीपछि कृष्णमाया पक्राउ परेकी हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑