• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धनगढीमा भ्रष्टाचार बिरुद्धको कार्टुन चित्र

  • वीरगंज संजाल
  • २६ भाद्र २०७९, आईतवार १२:३५
  • १७८५

    धनगढी । धनगढीस्थित कैलाली जनपुस्तकालय यतिबेला कार्टुन चित्रमय भएको छ । त्यहाँ ‘निसाना’ शिर्षकमा भ्रष्टाचारविरोधी कार्टुन शुक्रबारबाट प्रदर्शनी गरिएको छ । शुक्रबार सो प्रदर्शनीको उद्घाटन सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडालले गरिन् । कार्यक्रममा भ्रष्टाचारमुक्त समाज निर्माणका लागि कार्टुनले सकारात्मक सन्देश दिएको बडालले बताईन् । कार्यक्रमलाई सम्बोधन गर्दै शभामुख बडालले कार्टुनमा नेपाली समाजमा देखिएका विकृति विसंगति तथा खराब मनोवृत्तिलाई व्यंग्यात्मक रूपमा प्रहार गरिएको बताईन् । उनले राजनीतिक दल र नेता यसबाट सतर्क रहनु पर्ने सुझाब पनि दिईन् । ।

    आयोजक संस्था कार्टुनिष्ट क्लबका अध्यक्ष वासु क्षितिजले प्रदर्शनीमा नेपालका ३६ जना कार्टुनिस्टले तयार पारेका भ्रष्टाचारविरुद्ध सन्देश दिने ५० वटा कार्टुन राखिएको जानकारी दिए । उनले समाजमा व्याप्त विकृति–विसंगतिविरुद्ध रङ, रेखा र शब्दमार्फत अभियानको थालनी गरिएको विचार व्यक्त गरे । अध्यक्ष क्षितिजले भ्रष्टाचारविरुद्ध र सदाचारको पक्षमा सन्देश प्रवाह गर्न कार्टुनिस्टले ‘निसाना’ साँधेको बताए । कार्टुनिस्ट क्लब अफ नेपालको आयोजनामा दुई दिनसम्म चल्ने यो प्रदर्शनीमा दुर्गा बराल ‘वात्स्सायन’, मोहनश्याम महर्जन खोकना, गेहेन्द्रमान अमात्य, नारदमणि हार्तम्छाली, जीवन राजोपाध्याय, अशोकमान सिंह, रविन सायमी, अविन श्रेष्ठ, राजेश केसी, सुषमा राजभण्डारी, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, भानु भट्टराई, रविन्द्र मानन्धर, योगेशकुमार खपांगी, केशव राज खनाल, राजेश मानन्धरले बनाएको कार्टुन चित्र छन् । प्रदर्शनीमा कृष्णगोपाल श्रेष्ठ, सुजिता महर्जन, रामकृष्ण थापा, सागर शाह, सुदर्शन सिग्देल, उमेशचन्द्र अधिकारी, अनुप गुरुङ, सानुराज डंगोल, अकृन अधिकारी, विरोचन मल्ल, आशिष खनाल, विष्णु अथकमनु, विश्व थापा, देव कोइमी, वामन चालिसे, महेश बस्ताकोटी, पानसिंह तमोर, रामहरि रिमाल, लगायतका कार्टुनिस्टको कार्टुन चित्र पनि राखिएको छ । प्रदर्शनी उद्घाटन समारोहमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लक्षिराम आचार्यले भ्रष्टाचार सामाजिक अपराध भएकाले यसको अन्त्यका लागि राजनीतिक दल, सञ्चार माध्यम, नागरिक समाज, साहित्यकार, कलाकार एवं जनताले खबरदारी गरिरहनु पर्ने बताए ।

    साहित्यकार एवं प्रलेस सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष तारामणि न्यौपानेले समाजमा मौलाउँदै गएको भ्रष्टाचारलाई अन्त्य गर्न प्रदर्शनी सकारात्मक सन्देश प्रवाह गरेको सुनाउँदै उनले सबै स्रष्टा तथा नागरिकले खबरदारी गरिरहनु पर्ने सो कार्यक्रममा बताए । कार्टुनिस्ट क्लबको भ्रष्टाचारविरोधी अभियानमा सबैले साथ दिनुपर्ने भन्दै उनले यो प्रदर्शनीको खुलेर प्रसँसा गरे । नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले निसाना भ्रष्टाचारविरोधी अभियानले समाजमा व्याप्त भ्रष्टाचारको तह र त्यसका आयामलाई बुझ्न सहज भएको बताए । उनले भ्रष्टाचार अन्त्यका लागि कार्टुनिस्टको अभियानले समाजमा सकारात्मक सन्देश दिएको जनाए । अग्रज पत्रकार चित्रांग थापाले निसानाले समाजको यथार्थलाई उत्कृष्ट रूपमा प्रहार गरेको बताए । सो कार्यक्रममा अग्रज कार्टुनिस्ट अविन श्रेष्ठले पहिलो पटक काठमाडौं बाहिर सातै प्रदेशमा यस प्रकारको प्रदर्शनी गरिएको बताए । धनगढीमा पहिलो पटक कार्टुन प्रदर्शनी भएको जनाउँदै यो अभियानले खराब प्रवृत्तिका विरुद्ध सशक्त आवाज उठाएको सो कार्यक्रममा सिर्जनशील मञ्चका अध्यक्ष जनक रसिकले कार्यक्रममा बताए । उनले समाज रुपान्तरणका लागि कलाको शक्ति निकै प्रभावकारी हुने भएकाले प्रदर्शनीमार्फत कार्टुनिस्टले शक्तिशाली आवाज उठाएको विचार व्यक्त गरे । गत वैशाख ४ गते काठमाडौंबाट सुरु भएको प्रदर्शनीको अन्तिम प्रदर्शनी शुक्रबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पुगेर समापन गरिएको छ । क्लबले यसअघि बागमती प्रदेशको काठमाडांै, गण्डकी प्रदेशको पोखरा, मधेश प्रदेशको जनकपुर, लुम्बिनीको बुटवल र कर्णालीको सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शनी गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑