• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आज -विश्व मधूमेह दिवस

  • वीरगंज संजाल
  • Nov 14, 2019, 5:19 am
  • १०४१७

    नेपाली खानाको परम्पराको जरामा जाने हो भनें मकै या कोदोको ढिँडो वाट भान्सा अनि अँगेना को कथाहरु शुरु हुन्छ । ढिँडो लाई पकाउने भनिँदैन्, ढिँडोलाई ओराल्ने या ओडाल्ने भनिन्छ । हुन त चामल पनि दैनिक खानामा समावेश नभएको हैन तर चामल भन्दा मकै अनि कोदाको परिकारहरु अत्यन्त प्रयोग हुन्थ्यो । त्यतीबेला खेती किसानी गरेर जिवनयावन धान्ने नेपालीहरु को उकाली ओराली गर्दै प्रशस्त शारीरीक अभ्यास हुने गर्दथ्यो । नयाँ पुस्तालाई सुन्दा अचम्म लाग्न सक्दछ तर भात अर्थात चामल त चाडपर्व या बिशेष भोजभत्तेरमा मात्र नेपाली समाजमा प्रयोग हुन्थ्यो ।

    आजभोली फेरि धेरै नेपालीको भान्सामा आलु पाक्न छाडेको छ, चामलबाट बनेको भातको साटो मकै या गहूँको पिठोको रोटी पाक्दछ । विहानै उठेर योग साधना र मर्निङ्ग वाक गर्ने जमात बढ्दो छ किनकि सबैलाई मधूमेह (सुगर)बाट जोगिनु छ, स्वास्थ्य रहनु छ अनि आफ्नो तौल थोरै कायम गर्ने चुनाैति छ ।

    नेपालमा मात्र हैन बिश्व मै बढ्दो बिकास क्रमले जिवन अनि स्वास्थमा नकारात्मक असरहरु पुर्याइरहेको पाइन्छ । मानव स्वभाव ले नै सरल अनि प्रकृतीसंग निकट रहेर बाँच्नु पर्ने प्राणी त हो । जती जती मानव जिवन बिकासको क्रम संगै प्रकती संग पर हुँदै गएको छ त्यती नै बिभिन्न रोग, संक्रमण अनि समस्या ले मानव लाई असर गरिरहेको छ ।बिश्व स्वास्थ संगठनका अनुसार सन् २०१४ मा भएको सर्वेक्षण अनुसार बिश्वभरि ४२ करोड वयस्क हरु मधुमेह रोग संग बाँचिरहेका छन् भनें यही तथ्याकं सन् १९८० मा १० करोड हाराहारीमा मात्र थियो ।

    आज बिश्व भरिका १० मध्य १ महिला मधुमेह को शिकार हुने गर्दछन् भनें हरेक ७ नवजात शिशुमध्य १ ग्यास्टेशनल डायबेटिज का साथ धर्तीमा आउने गर्दछन् । आजको दिन मानवले मधुमेह बिरुद्ध आवाज अनि क्रियाहरु बुलन्द गर्न नसकेमा भोलीको दिन हरेक मानव रक्त थोपामा मधुमेह नहोला भन्न सकिन्न ।

    मानव सभ्यताको विकाससंगै स्वास्थ्यसंग सम्बन्धित प्राचिन दस्तावेजहरूमा रेविज, हैजा, झाडापाखाला, कुष्ठरोग, क्षयरोग आदिले सभ्यता र मानवस्वास्थ्यमा धेरै नकारात्मक असर गर्नुको साथै मृत्यूको संख्यालार्इ समेत बढाएका प्रमाणहरु छन् । पछिल्ला समयमा एच आई भी एड्स, हेपाटाइटीस, मधूमेह, ईवोला तथा एकफेर उन्मुलन भइसकेको औंलो र इन्सेफ्लाइटीसजस्ता रोगहरुको पूर्नप्रकोपले पनि मानवजनलाई अकालमै मृत्यूवरण गराइरहेको छ ।

    डायवेटिज अर्थात मधूमेह, सुन्दा मधू अर्थात अमृत र महजस्तो सुनिएतापनि आजको विश्वमा मधूमेहले धेरै मानिसलाई सताएको छ ।

    विश्व मधूमेह दिवस्, हरेक वर्षको नोभेम्वर १४ लाई विश्वभर विश्व मधूमेह दिवसकारुपमा मनाईने गरिन्छ । संसारभरिका १६० भन्दा वढी देशहरु, लाखौँ सस्थाँहरु, संयूक्त राष्ट्रसँघ सदस्यहरु, स्वास्थ्कर्मी अनि सेवाग्राहीहरुले मधूमेह दिवसलाई मधूमेहको विषयमा चेतना दिने हेतुले मनाउने गर्दछन् । नेपालमा भने शुरुशुरुमा मधुमेह अर्थात चिनीरोगलाई धनीहरुको रोगका रुपमा लिइन्थ्यो, थोरै शारीरीक व्यायाम अनि सम्भ्रान्त जीवनशैलीका कारण यसो भनिएको हुन सक्छ तर विस्तारै डायवेटिज अब हरेक उमेर, हैसियत र अवस्थाका मान्छेहरुमा देखापर्न थालेको छ । शरीरको रगतमा सुगरको मात्रा धेरै गराउने मेटाबोलिक रोगहरुलाई डायवेटिज अर्थात मधूमेह भनिन्छ । यस्तो हुनुमा शरीरमा पर्याप्त ईन्सुलिनको मात्रा उत्पादन नहुनु या शरीरका कोषले ईन्सुलिनप्रति उचित प्रतिक्रिया नदेखाउनु या दुबै कारण हुनसक्छ । यसरी मधुमेहका विरामीहरुमा शिघ्र पिसाब आउने, छिट्टै भोक लागीरहने, अत्याधिक तिर्खा लाग्ने, अपत्यारिलो रूपमा तौल बढ्ने या घट्ने, अत्याधिक थकान महसुस हुने समस्या हुन्छ ।

    सामान्य अर्थमा पाचनप्रणलीको एउटा अभिन्न अङ्ग पित्तथैलीले पर्याप्तमात्रामा ईन्सुलिन नामक तत्व छान्न नसक्नु या शरीरले ईन्सुलितप्रति उचित प्रतिक्रिया जनाउन नसक्नुनै डायवेटिज हो । यो एउटा ग्रन्थिजन्य रोग या संक्रमण हो र यसको उपचार ग्रन्थीविशेषज्ञ या भनौ ईन्डोक्राईनोलोजिस्टहरुले गर्दछन् ।

    सामान्यतया डायवेटिजलाई दुई प्रकारमा विभाजन गरिएको छ ।
    प्रथम प्रकारको डायवेटिजमा शरीरले ईन्सुलिन उत्पादन गर्नै सक्दैन, कुल डायवेटिज रोगीहरुमा १० प्रतिशतहरु प्रथमप्रकारको डायवेटिजवाट पिडित हुन्छन् । दोश्रो प्रकारको डायवेटिजमा शरीरले उचित र पर्याप्त मात्रामा ईन्सुलिन उत्पादन गर्न नसक्ने हुन्छ । अर्को एकप्रकारको डायवेटिज चाँही महिलाहरुमा गर्भवतीभएको समयमा आंशीकरुपमा देखापर्न सक्दछ ।

    प्रथम प्रकारका डायवेटिजका विरामीहरुले स्वस्थ्यवर्धक खानपिनमा ध्यान दिने, नियमित शारीरीक व्यायाम गर्ने अनि ईन्सुलिन लिने गरेमा सामान्य जीवन यापन गर्न सकिन्छ भने दोश्रो प्रकारको डायवेटिज भएकाहरुले भने स्वस्थ्यवर्धक खानपीन, नियमित शारीरीक व्यायाम, समय समयमा रक्त परीक्षण र आवश्यक परेमा मुखले खाने ओखती या ईन्सुलिनजन्य सुईहरु लगाएर ग्लुकोज नियन्त्रण गर्नुपर्ने हुन्छ । मधूमेहले रक्तचाप, कोलेस्टेरोल लगायत मुटुरोग लाग्नसक्ने संभावना एकदमै बढाउनेभएकाले मधूमेह भएका बिरामीहरुले नियमित रक्त परीक्षण तथा रक्तचाप परीक्षण अनिवार्य गराउनु पर्दछ ।

    तर सही खानपान, रहनसहन, सकारात्मक सोंच, नियमित शारीरीक व्यायामले समयमै मधूमेहलाई नियन्त्रण गर्न सकिन्छ । मधूमेह भएका मानिसले धुम्रपान र मद्यपान भने गर्न हुँदैन । यदि कसैको परिवारमा अघिल्लो पुस्तामा मधूमेह छभने अर्को पुस्ताहरुले पनि मधूमेह प्रति सचेत रहन जरुरी छ । बेलैमा सजग रहेमा मधूमेहलाई हामी आफ्नो जीवनवाट धेरै पर धकेल्न सक्छौं । आजभोली धेरैजसो बजारी खानेकुरा अनि प्याकेटमा तयारी खाजाहरु खानेक्रम बढ्दै गएको छ तर मधूमेहका दृष्टिले यस्ता जकंफूडहरु एकदमै नराम्रो मानिन्छ । यसरी अत्याधिक प्रशोधन गरिएको कार्वोहाईड्रेटको साटो अन्नहरु खान सुझाव दिइन्छ साथै हामीले दैनिक जीवनमा प्रयोग गर्दै आएका गुलिया र प्रशोधित पेय पदार्थको साटो कालो चिया, कफी या सादा पानी खान उचित हुन्छ । रातो मासुको सेवन कम गर्दै बदाम, गेंडागुडी अनि माछाको पर्याप्त सेवन फाईदाकारी हुन्छ ।

    व्यस्त जीवनशैलीले गर्दा हामीहरु शारीरीक व्यायामगर्न समय निकाल्न सकिरहेका हुँदैनौ तर स्वस्थ्य रहनकालागि दैनिक व्यायाम अत्यन्त जरुरी छ । हामीले आँउदा पुस्ताहरुलाई पनि दैनिक रुपमा घर बाहिर खेलिने खेल खेल्न अनि व्यायम गर्ने बानी सिकाउन जरुरी छ । संक्षेपमा सन्तुलित भोजन, नियमित व्यायाम, तौलको नियन्त्रण, धुम्रपान मद्यपान या सुर्ति सेवन नगर्ने, समयमा खाने, थोरै खाने, संभव भएसम्म छोटा दूरीहरू पार गर्न पैदल हिंड्ने, पर्याप्त सुत्ने अनि समयमा सुत्ने बानी बसाल्नाले मधूमेहबाट जोगिन सकिन्छ ।

    अनि मुख्य कुरा के भनें यसपाली वाट आवधिक रुपमा हामी सबै जना आफ्नो रक्त परिक्षण गराउने र मधुमेह अवस्थाको जानकारी लिने, समय समयमा रक्तचाप परिक्षण गराउने गर्ने हैन त ?
    स्मरण रहोस् हामी सबै मधुमेह को जोखिममा छौं तर स्वस्थ जिवनशैली अनि सोच ले हामी मधुमेह वाट बच्न सक्दछौं ।

    रोग लागेपछी उपचार गर्नु एउटा उपाय होला तर रोग लाग्न नदिनुचाँही उत्तम उपाय हो, मधूमेहकाबारेमा हामीसबैजना जागरुक हुन जरुरी छ । नैरोग्यताको शुभकामना

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑