वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा नेपाल शिक्षक संघमा आबद्ध शिक्षक शिक्षिकाहरुकाे भेला सम्पन्न भएकाे छ । नेपाल शिक्षक संघको आयोजनामा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ पथरैया स्थित जनता आधारभुत विद्यालयमा बिहीबार सम्पन्न भेलामा शिक्षक संघमा आबद्ध शिक्षकको सदस्यता नविकरण र नया सदस्यता थप गर्ने ,शिक्षक र शैक्षिक संस्था माथि हुने विभेद अन्त गर्न सरोकारवालाहरुकाे ध्यानाकर्षण गराउने विषयमा छलफल गरिएकाे शिक्षक संघ पटेर्वा सुगौली पालिका अध्यक्ष हरिराज प्रसाद यादवले जानकारी दिए ।
भेलाले कुनै पनि शिक्षक वा शैक्षिक संस्थालाई विभेद पर्न निदने प्रतिबद्धता पनि जनाएको यादवले बताए । यसका साथैआगामी दिनमा शिक्षकको जायज गुनासो र माग सम्बाेधन गराउन शिक्षक संघले अगुवाई गर्ने निर्णय पनि गरेकाे उनले बताए । यसैगिर शिक्षक संघको त्रैमासिक बैठ गर्ने र गुनासो सकल गर्ने निर्णय पनि गरिएको शिक्षक संघका सचीव लक्षमिनारायण ओझैया थारुले बताए ।
भेलामा शिक्षक संघकी उपाध्यक्ष सुनिता देवी,सदस्यहरु निरमाया आले,ईन्द्र गौतम,राजेश्वर प्रसाद,सोनामती देवी,मन्तुरा देवी,रामनारायण पजियार लगायतको उपस्थित रहेको थियो ।