वीरगंज । राजन कुमार बानिया । पर्साकाे जगरनाथपुर गााउँपालिका वडा नं.३ का वडाध्यक्ष सुभाष कुमार यादव र वीरगंज माहानगरपालिकाको एडिबी परियोजना व्यवस्थापक इन्जिनियर नगिना यादवकी आमा स्व. शारदा देवीको १३ औं दिनकाे पुन्य तिथिमा बिहिबार श्रद्धाञ्जली सभा र बृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे छ ।
जगरनाथपुर गाउँपालिकाकाे वडा नं.३ गढैयास्थित निजनिवासमा भएकाे श्रद्धान्जली सभामा सहभागिहरुले स्व. आमाकाे तस्बिरमा फुल माला र अविरकाे टिका लगाएर श्रद्धान्जली अर्पण गरेका थिए । श्री बाबा बैजनाथ आधारभुत बिद्यालय गढैयामा बृक्षाराेपण गरिएकाे नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव बलिष्टर अहमदले वताए ।
साथै आमाकाे सम्झनामा छाेराद्वय सुभाष र नगिनाले श्री बाबा बैजनाथ आधारभुत बिद्यालय गढैयालाई व्हाट बोर्ड समेत सहयाेग गरेकाे क्षेत्रिय सचिव अहमदले जानकारी दिए ।
नेपाली काङ्ग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीकाे प्रमुख आतिथ्यतामा भएकाे श्रद्धान्जली सभा तथा बृक्षाराेपण कार्यक्रममा प्रदेश सभा सदस्य शंकार प्रसाद चौधरी, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, नेपाली कांग्रेस पर्साका जिल्ला कोषाध्यक्ष प्रेमबहादुर थापा, नेता सहरुम राउत गद्दी, क्षेत्रीय सचिव बलिष्टर अहमद, क्षेत्रीय कोषाध्यक्ष बिनय भूषण द्विवेदी, सुरेन्द्र सिंह क्षेत्री, वडाध्यक्ष बिहारी महताे नुनिया, नेपाली प्रसाद कुशवाहा लगायतको उपस्थिती रहेकाे थियाे ।