वीरगंज । वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैया स्थित ताराचन्द किशनलाल आधारभूत विधालयमा अध्ययनरत विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ ले विद्यार्थीहरुलाई कापी , पेन्सिल , ईलेजर र कटर बितरण गरेको सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजि ग्यासुदिन ठकुराईले जानकारी दिए।
ठकुराईकै अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर २ का वडा सदस्य वशिर मिया हजामले सामुदायिक सेवा केन्द्रले गरेको कामको प्रसंशा गर्दै समुदायमा हुने हरेक काममा जनप्रतिनिधि , सामुदायिक सेवा केन्द्र , विभिन्न क्लब , संघसस्था र बुद्धिजीवीहरु संगै मिलेर जाने हो भने समाजका हरेक समस्या सजिलै समाप्त हुने बताए ।
कार्यक्रममा पर्साका प्रहरी नायव उपरीक्षक दिपक गिरि , नेपाल आराधना समाजका कार्यक्रम व्यवस्थापन अवधेस प्रसाद साह , ताराचन्द किशनलाल आधारभूत विधालयका प्रधानाध्यापक सुरेश राउत गद्दी , पुर्व प्रधानाध्यापक राजन जोशी , विधालयका दाता दिपक कुमार अग्रवालल लगायतको उपस्थिति रहेको थियो ।