वीरगंज । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ। बुधबार ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले बढ्दै ९३ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ८ सय रुपैयाँले नै बढ्दै ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ।
चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले बढ्दै एक हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।