वीरगंज । विराटनगर महानगरपालिका-१४ नहरमा १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। मोरङ प्रहरीका अनुसार साथीको जन्मदिन मनाएर घर फर्किँदै गरेकी किशोरीलाई बिहीबार राति राति ९:४५ बजे पाँच जना युवाको समूहले सामूहिक बला’त्कार गरेको हो। मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार साथीको बर्थडे मनाएर घर फर्किँदै गरेकी ती किशोरीलाई ब’लात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
बला’त्कारमा संलग्न भएको आरोपमा विराटनगर-४ इकराइका २९ वर्षीय सन्तोष मण्डललाई नियन्त्रणमा लिइएको डिएसपी श्रेष्ठले बताए। उनका अनुसार अरू चार जना फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र बनाइएको छ। जन्मदिन मनाएर प्रेमीसँग मोटरसाइकलमा घर फर्किएकी थिइन्। घर पुग्नुअघी नहरको डिलमा बसेर गफ गरिरहेको अवस्थामा पाँच जनाको समूहले युवतीमाथि बला’त्कार गरेको प्रहरीले जनाएको छ।
दुई युवाले केटाले नियन्त्रणमा लिएपछि तीन जनाले पालैपालो बला’ त्कार गरेका थिए। पछि ती किशोरीका प्रेमी त्यहाँबाट उम्किएर भागेका थिए। उनले गाउँ पुगेर हो-हल्ला गरेपछि स्थानीयहरू घ’टनास्थल आइपुगेका थिए। त्यसपछि भने बला’त्कारमा संलग्नहरू युवतीलाई छाडेर घटनास्थलबाट भागेका हुन्।ती किशोरी र उनका प्रेमी घाइते भएकाले उनीहरूको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको डिएसपी श्रेष्ठले जनाए।