• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा जिल्ला क्षेत्र नं.३ (क) प्रदेश सभा सदस्यमा जसपा युवा नेता शिव कुमार साहको नाम सिफारिस

  • वीरगंज संजाल
  • १७ भाद्र २०७९, शुक्रबार १७:१०
  • ३५४९

    वीरगंज । आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने, कस्तालाई भोट दिने ? लगायतका सवालमा अहिले जताततै चर्चा परिचर्चाको विषय बनेको छ । खास गरी कुन पार्टीले कस्ता व्यक्तिलाई उम्मेदवार बनाउलान् भन्ने विषयमा सबैकालागि चासोको विषय बनेको छ । पर्सा जिल्ला निर्वाचन क्षेत्र नं.३ (क) प्रदेश सभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश परिषद सदस्य एवं युवा नेता शिव कुमार साहको नाम प्रत्येक्ष तर्फ प्रदेश सभा क्षेत्रीय समन्वय समितिले सिफारिस गरेको छ । आम निर्वाचन २०७९ मङ्सिर ०४ गते गर्ने घोषणा सँगै चुनावी चहल पहल अन्तर्गत पर्सा जिल्ला निर्वाचन क्षेत्र नं.३ (क) प्रदेश सभा सदस्यमा जनता समाजवादी पार्टी, नेपालको तर्फबाट युवा नेता शिव कुमार साहले प्रत्यक्ष तर्फको उम्मेदवारीको दावेदारी दिनु पर्ने स्थानीय नेता कार्यकर्ता एवं स्थानीय नागरिकहरुले सुझएका थियो भने आफ्नो नेतृत्वमा जनताको विचमा भेटधाट, ब्यापक छलफल, संगठन निर्माण तथा चुनावी चहलपहलमा व्यस्त रहेका छौ साहले भने ।

    वर्षौ देखि मधेशी समुदाय उपर हुँदै आएको विभेदबाट आजित भईसकेका मधेशीलाई भेद्भावबाट उन्मुक्ति दिलाउने सोचका साथ मधेश र मधेशीको हक अधिकारका लागि आवाज उठाउनु पर्ने उनको मनमा लागि रहेको थियो । तत्कालिन सदभावना पार्टीबाट सदस्यता लिई सदभावना निकट बिधार्थी मंचको जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य हुदै क्षेत्रीय अध्यक्षको भूमिका निर्वाह गर्दै राजपा नेपाल, समाजवादी पार्टी हुदै जसपा नेपाल सम्म सक्रिय राजनीतिमा भूमिका निर्वाह गरिरहेका छन् । पार्टीमा सक्रियता र योगदानकै आधारमा उनलाई समाजवादी युवा संघको मधेश प्रदेश समिति सदस्य हुदै केन्द्रिय सदस्य एवं जसपा नेपालको मधेस प्रदेश परिषद सदस्यकि जिम्मेवारी दिईएको छ । विभेदकारी संविधान ल्याईएको भन्दै विभिन्न मधेशवादी दलहरुद्वारा गरिएको ६ महिने आन्दोलनमा समेत युवाहरुलाई एकत्रित गरेर आन्दोलनमा होमिएका थिए र प्रहरीको लाठीचार्ज एवं गिर्फतारिको सिकार पनि भएका थिए । मधेशीहरुको अधिकार सुनिश्चतताका लागि विभेदकारी संविधान संशोधन हुनुपर्ने माग गर्दै सडकमा युवाहरुको नेतृत्व गर्दै सक्रिय रुपमा सडकमा उत्रिएका थिए ।

    वि. सं. २०५१ बैशाख २७ गते जन्मिनु भएका शिव कुमार साहको बुवा साबिक गा.बि.स. लखनपुर वडा नं. २ हाल परिवर्तित सखुवा प्रसौनी गाउँपालिका ६ नं. वडा लखनपुर बस्ने रघुनाथ साह तेली र आमा शुशिला देभी तेलिन हुन् । साहको जन्म एउटा किसानको घरमा भएको थियो । बाल्यकाल देखि नै समाजसेवाको संगसंगै पढाईमा समेत ध्यान केन्द्रिय गरेका साहले जीवनमा धेरै उतार चढावलाई पार गर्दै बि. ए. मानविकी एवं समाज शास्त्रमा अध्ययन गर्न सफल भएका छन् । असल व्यक्तित्व, चरित्रवान तथा इमान्दारीताकै कारण जिल्ला कृषि सहकारी संघ लि. पर्साका अध्यक्षको रुपमा कार्यरत रहेका छन भने उनी जिल्ला किसान समन्वय समिति पर्साका अध्यक्ष पदमा समेत कार्य गरिरहेका छन् । सामाजिक सेवाको भावले आफनो निजि लगानीबाट कोभिड-१९ प्रभावित अति बिपन्न १५४ परिवारलाई खाध्यान, तरकारी र सरसफाईको लागि साबुन, मास्क आदि बितरण संगै कुलो सरसफाई, बाटो मर्मत, बिधुत मर्मत, गरिब असहायलाई आर्थिक सहयोग, शिक्षा क्षेत्रमा आर्थिक सहयोग, रक्तदान कार्यक्रम एवं बिभिन्न जनचेतनामुलक कार्यक्रम गरेका तथा भबिस्यमा गरिरहने बताए ।

    असल नेतृत्व तथा स्वच्छ छबि भएका नेताको रुपमा आफ्नो व्यक्तित्व बनाउन सफल भएका साहले भने “पार्टीले मलाई चुनावको लागि टिकट दियो भने म जिम्मेवारी बहन गर्न त्यार छु, जनताको माया, स्नेह र आशिर्वादले आफु इमान्दारी पूर्वक चुनावी प्रतिस्पर्धामा लागेर जितको साथै जन सेवकको रुपमा काम गर्न तयार रहेको छु ।” युवा नेता साह भन्छन लामो समयदेखी पार्टी र समाजका लागी संघर्ष गर्दै आइरहेको छु । म गाउँ बनाउन चाहन्छु र कुनै पनि हालतमा चुनाव लड्ने बताए । पार्टीले मुल्यांकन गर्दै जिम्मेवारी दिएपछि त्यसलाई निस्वार्थ भावले निर्वाह गर्ने उनको अठोट छ । सालिन एवं सहयोगी सेवाभावका व्यक्ति साह संघ संगठन बाहेक आफ्नो राजनीतिक जिम्मेवारी पनि पुर्ण रुपमा पछिल्लो निर्वाचनमा सफल पारेका छन । पछिल्लो पटक २०७२ सालको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा आफ्नो पदीय दायित्व पुरा गर्दै तात्कालिन राजपा नेपाल, संघीय समाजवादी फोरम नेपालबाट गठबन्धनका उम्मेदवारहरुलाई भारी मतले जिताउने साह सफल व्यक्तित्व हुन । उनी भन्छन दिनरातको अथक मेहनत र लगनशीलताले पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तह निर्वाचन २०७९ मा सखुवा प्रसौनी गाउँपालिकाको उप-प्रमुख, आफनो वडाध्यक्ष र वडा सदस्य पुरै प्यानल सहित भारी मतले जिताउन सफल भयौं ।
    जसपाले तपाईलाई पर्सा जिल्ला निर्वाचन क्षेत्र नं.३ (क) प्रदेश सभा सदस्यमा टिकट दिन्छन भन्ने कतिको विश्वस हुनु हुन्छ भन्ने जिज्ञासामा साह भन्छन: बिभिन्न बैठक एवं सम्मेलनमा पार्टीका नेताहरु भन्ने गर्नु हुन्छ कि आउदो चूनावमा जनप्रतिनिधिहरुको कार्य सम्पादन मुल्यांकन गरि टिकट दिईने छ | जो मुल्यांकनमा फेल हुन्छ त्यसलाई पार्टीको संगठनमा काम गर्ने अवसर प्रदान गरिन्छ र जो हामि जस्ता पढेलेखेका, पार्टीका नीतिनियम बुझेका, सहिदको बलिदानीका कदर गर्ने र जन भावना बुझेका, मधेस आनदोलन, राजनीतक, संगठनिक एवं सामाजिक कार्यमा सक्रिय छ त्यस्ता नेता कार्यकर्ताहरुलाई आगामी मङ्सिर ४ गतेको आम निर्वाचनमा टिकट दिनेछ, उम्मेदवार बनाउनेछ र जिताउने पार्टीको धारणा रहेको युवा नेता साहले बताए । एकपटक जिम्मेवारी पाई सकेका साथीले अब वहा संगठनमा काम गर्नु हुन्छ र पार्टी भित्र खासै त्यस्तो अन्य उम्मेदवारको प्रत्यक्ष रुपमा दाबेदारी नभएकोले मलाई नै टिकट भेटछ भन्ने विश्वस्त छु । टिकट भेटेपनि निर्वाचन जित्न सक्नु हुन्छ भन्ने प्रसंगमा उनी भन्छन : जसले आफ्नो बलबूता र लगनशीलताले अरु उम्मेदवारलाई जिताउन सक्छ भने आफू जित्न अझै मेहनत गर्नेछु ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑