वीरगंज । नेकपा एमालेले पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा संविधानसभा सदस्य राजकुमार गुप्ताको एकल नाम सिफारिस गरेको छ ।
बिहीबार एमालेको पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रिय समन्वय समितीको बैठकले प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नम्बर ३ बाट न एमालेका केन्द्रिय सदस्य समेत रहेका गुप्ताको एकल नाम सर्वसहमतिले सिफारिसगरेको हो ।
गुप्ता २०७४ को निर्वाचनमा यहि क्षेत्रमा पराजित भएका थिए ।