• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाली कांग्रेसका नेता स्वर्गीय गिरीको पुण्य तिथीमा श्रद्धाञ्जली सभा

  • वीरगंज संजाल
  • १६ भाद्र २०७९, बिहीबार १९:१४
  • १८२१

    वीरगंज । नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको १३ औँ दिनको पुण्य तिथीमा बीरगन्जमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली कांग्रेस पर्साले आयोजना गरेको श्रद्धाञ्जली सभामा नेकपा एमाले, जनता समाजवादी पार्टी लगायतका प्रतिनिधिको समेत सहभागिता थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले प्रदीप गिरी नेपाली कांग्रेसका मात्रै नभएर अन्य पार्टीका लागि पनि साझा नेता रहेको बताएका थिए । कांग्रेसको नेता हुँदाहुँदै उनी कम्युनिष्टलाई समाजवाद र माक्र्सबाद पढाउँदै हिँडेको स्मरण गर्दै वक्ताहरुले गिरीलाई कुनै पार्टीको मात्रै घेरामा राख्नु भन्दा पनि सबैका लागि साझा व्यक्तित्व रहेको बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि रमेश रिजालले स्वर्गीय प्रदीप गिरीले देखाएको बाटोमा हिँड्न सके मात्रै पनि उनीप्रति सच्चा श्रद्धाञ्जली अर्पण हुने बताए ।

    यो गर्छु त्यो गर्छु भनेर भन्नु भन्दा पनि हरेकले गाउँमा रहेका विपन्न, गरिब, दलितका एकएक जना सन्तानको शिक्षाको जिम्मा लिने हिम्मत गरे मात्रै स्वर्गीय गिरी प्रतिको सच्चा श्रद्धाञ्जली अर्पण हुने बताए । एक फरक प्रसंगमा नेता रिजालले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा अहिले रहेको गठबन्धनको विकल्प नरहेको बताए । स्थानीय तहको बेला कसले कहाँ घात अन्तर्घात गर्यो भन्दा पनि अहिले संविधान विरोधी, संघीयता विरोधी तत्वलाई परास्त गर्न पनि बलियो र विश्वासिलो गठबन्धन बनाएरै अघि बढ्नु पर्ने आवश्यकता रहेको औँल्याए । अहिले सिट बाँडफाँडका बारेमा छलफल भइरहेको भन्दै उनले कसको के हैसियत छ बुझेर बाँडफाँडको टुंगो लाग्ने पनि स्पष्ट पारे ।
    कांग्रेसले १ सय सिट माग गरिरहेको भए पनि ८०/८५ सिटमा कुरा मिल्न सक्ने भन्दै उनले त्यति जित्न सकिए पनि समानुपातिक जोडेर कांग्रेस ठूलो पार्टी बन्नेमा कसैले रोक्नै नसक्ने बताए ।

    कार्यक्रममा अर्का केन्द्रीय सदस्य अजय चौरसियाले स्वर्गीय गिरीको स्वभाव जस्तै सबैले लोभ, लालच, अभिमान त्यागे मात्रै राजनीतिले सच्चाई प्राप्त गर्ने बताए । नेता अजय द्विवेदीले गिरीको निधनले समग्र राजनीतिमा विचारको दियो निभेको भान भएको बताए । उनले स्वर्गीय गिरी माक्र्सबाद र गान्धिवादको मिश्रण गरेको भन्दै पार्टीमा उनी बैचारिक सिङ्गल पिस रहेको पनि बताए । उनी जस्तो नेता अब खोजेर नपाईने भन्दै स्वर्गीय गिरीका विचार अहिले पनि सामाजिक सञ्जालमा खोजि खोजी आफूले सुन्ने गरेको र अरुलाई पनि सुन्न आह्वान गरे । कार्यक्रममा नेकपा एमाले सुन्दर कुर्मी, जनता समाजवादी पार्टीका सचिव तबरेज अहमद लगायतले गिरीको विचारले आफूलाई पनि राजनीतिमा तानेको भन्दै उनी जस्तो सबैको प्रिय नेता अब भेट्न नसकिने विचार व्यक्त गरे । पार्टी पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वमन्त्री सुरेन्द्र चौधरी, पूर्व सभापति राजेन्द्र बहादुर अमात्य, वीरगञ्ज महानगरपालिकाका पूर्व उपमेयर शान्ति कार्की, सामाजिक कार्यमा सक्रिय युवा कञ्चन झा लगायतले प्रदीप गिरीको जीवनीका बारेमा चर्चा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑