• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा सुकुम्बासीलाई जग्गा वितरण गर्न नापनक्साको काम सुरु

  • वीरगंज संजाल
  • १६ भाद्र २०७९, बिहीबार १२:१७
  • ३००९

    वीरगन्ज | पर्सामा सुकुम्बासीलाई जग्गा वितरणका लागि जग्गाको नापनक्साको काम सुरु भएको छ। पर्साका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने उद्देश्यले बुधबारदेखि नापनक्साको काम सुरु गरिएको हो। पर्साको पर्सागढी नगरपालिका-२ को कटानीमा बुधबार डिजिटल प्रविधिबाट मेसिनको स्विच थिचेर राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले नापनक्सा कार्यको शुभारम्भ गरेका हुन्।

    जिल्लाका १४ वटै पालिकामा लगत संकलनको काम जारी रहेको बताउँदै भूमि आयोग पर्साका अध्यक्ष अहमदले त्यही अनुसार बुधबार कटानीबाट यसको सुभारम्भ गरेको जानकारी दिए।भूमि आयोग पर्साका सदस्य सचिव एवं प्रमुख नापी अधिकृत नारायणकुमार श्रेष्ठले पर्साका सबै पालिकामा रहेका भूमिहीन सुकुम्बासीका लागि नापी कार्यालयले भूमि आयोगसँगको सहकार्यमा नापनक्साको कार्य अगाडि बढाएको र चाँडै भूमि सम्बन्धी समस्यामा परेका सबै नागरिकको जग्गाधनी पुर्जाको लागि प्रकृया सुरु हुने जानकारी दिए।श्रेष्ठका अनुसार सहरी क्षेत्रमा करिव ७ धुर घडेरी, ग्रामीण भेगमा करिव एक कठ्ठा घडेरी र कृषि प्रयोगका लागि करिव एक कठ्ठा १८ धुर खेत जनही उपलब्ध गराइनेछ।

    कार्यक्रममा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले पर्सागढी नगरपालिकामा रहेका भूमिहीन, भूमिहीन सुकुम्बासी लगायत भूमि सम्बन्धी समस्यामा रहेका हरेक जनताका लागि भूमि आयोगसँगको सहकार्यमा कार्य अगाडि बढाइएको र यसका लागि कर्मचारी नियुक्ति गर्नेदेखि गाउँमा आफू खटिएर भए पनि समयमै कार्य सम्पन्न गर्ने बताउँदै आवश्यक सहयोग समन्वय तथा सहकार्यका लागि आग्रह गरे।

    कटानीका स्थानीय बालकृष्ण श्रेष्ठले करिब ४३ वर्षदेखि भूमिहीन अव्यवस्थित भूमिमा बाउबाजेको पालादेखि बस्न बाध्यलाई भूमि आयोगले थालेको यो कार्यले राहत मिल्ने भन्दै खुशी व्यक्त गरे। यस्तै स्थानी सुस्मा श्रेष्ठले वर्षौंदेखि बस्दै आएको जग्गाजमिनको लालपुर्जा नहुँदा सुकुम्बासी जीवन बिताउनुपरेको गुनासो गरिन्। हालसम्म आश्वासनबाहेक केही पनि प्राप्त नभएको अवस्थामा बारम्बार यसरी लगत संकलन गरेर लैजाने गरिए पनि काम भने कसैले नगरेको गुनासो गर्दै उनले तर अहिले भूमी आयोगको सक्रियता र कामले जग्गाको लापूर्जा पाउने आशा पलाएको बताइन्।

    अध्यक्ष अहमदका अनुसार यसपटक करिव १५ हजार घरपरिवारको हाराहारीमा जिल्लामा जग्गा प्राप्तिका लागि लगत संकलन हुने प्रारम्भिक अनुमान छ। भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा भएको नापनक्सा उद्घाटन कार्यक्रममा पर्सागढी नगरपालिकाकी उपमेयर पूजा चौधरी, भूमि आयोगका कर्मचारी, स्थानीयवासी लगायत संचारकर्मीको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑